असोज ३ संविधान दिवस

काठमाण्डौ । आज असोज ३ गते संविधान दिवश मनाइएको छ । बिहान ८ः३० बजे काठमाण्डौ सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सरकारले संविधान दिवसको आयोजना ग¥यो । समारोहलाई नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गरेकी थिइन् । समारोहमा जेन्जी जेन्जी नेता बालेन साहको समेत उपस्थिति थियो । देशको विषम परिस्थिति बताउँदै यस पटक कुनै झाँकी बिना अन्य तडकभडक बिना र आकाशमा हेलिकप्टर नउडाइकन सामान्य रुपमा संविधान दिवस मनाइएको छ ।
संविधान निर्माण भएको १० वर्ष पूरा भएर ११ वर्षमा प्रवेश गरेको छ । पहिलो संविधान सभाले संविधान निर्माण गर्न नसकेपछि दोस्रो संविधान सभाले २०७२ असोज ३ गते नेपालको संविधान घोषणा गरेको थियो । नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान सभामा संविधान निर्माण भएको घोषणा गरेका थिए ।
नेपालमा अहिलेसम्म ६ वटा संविधान कार्यान्वयनमा आएका छन् – २००७ ,२०१५ ,२०१९,२०४६,२०६३ र२०७२ को संविधान । २००७ र २०६३ को संविधान अन्तरिम संविधान थिए । त्यसबाहेक २००४ सालमा पद्य शमशेर जवराको पालामा नेपालको पहिला संविधान घोषणा गरिएको थियो । तर राणाहरुकोबीचमा भएको विवादले त्यो कार्यान्वयन हुन पाएन ।
२०७२ को संविधानले बहुदलीयता, संसदीय प्रणाली, गणतन्त्र,धर्मनिरपेक्षता समावेशिता, संघीयता,समाजवाद उन्मुख राज्यप्रणाली लगायतको विशेषता बोकेको छ । धर्म निरपेक्षता भनिए पनि एक धर्मलाई राज्यले पक्षपोषण गरेको आरोप लाग्ने गरेको छ । समावेशीता ,समानुपातिक प्रणाली पनि बदनामित भएको छ । पैसा हुने व्यक्तिहरुबाट मोटो रकम लिएर वा आफन्त नातापातालाई समावेशीकोटामा नियुक्त गरेर समावेशी र समानुपातिक प्रणालीलाई दूरोपयोग गरिएको भनेर दल र दलका नेताहरुको आलोचना हुने गरेको छ । संविधानमा समाजवाद उन्मूख राज्य प्रणाली लेखिएको भए पनि यो दश वर्षमा सँधैभरि शासकहरुले नवउदारवादको पक्षपोषण गर्ने काम गरे ।

संविधान घोषणा भएपछि यो १० वर्षकोबीचमा दुइपटक संविधान संशोधन भएको छ । पहिलो पटक २०७२ माघ ९ गते संविधान संशोधन गरिएको थियो । जसमा धारा २८६को उपधारा ५ लाई संशोधन गर्दै निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार मान्ने व्यवस्था गरिएको थियो र धारा ४२ को उपधारा १ मा व्यवस्था गरिएको सामाजिक न्यायको हकमा व्यवस्था गरिएको समावेशी शब्दमा समानुपातिक शब्द थप गरिएको थियो ।त्यसरी नै दोस्रो पटक २०७७ जेष्ठ ३१ गते संविधानको धारा ९ को उपधारा २ को अनुसूचि ३ को संशोधन गरी नेपालको नक्सामा चुच्चे नक्साको व्यवस्था गरिएको थियो । चुच्चे नक्सा संविधानमा राख्नेबेला प्रतिनिधि सभाका २७५ जना कुल सदस्य  संख्या मध्ये २५८ जनाको उपस्थितिमा २५८ जनाले नै चुच्चे नक्साको पक्षमा मतदान गरेका थिए । यस १० वर्षको बीचमा २०७४ र २०७९मा २ पटक संघीय ,प्रादेशिक र स्थानीय निर्वाचन सम्पन्न भएका छन् । ३५ भाग ,३०८ धारा र ९ अनुसूचि रहेको यस संविधानको धारा ७६ सबै भन्दा बढी चर्चामा रह्यो । किनभने यो धारा लाई टेकेर नै सरकार गठन विघटनका विभिन्न अस्वस्थ राजनीतिक क्रियकलापहरु देशमा रहे । अहिले पनि धारा ७६ चर्चा मा नै छ किनभने धारा ७६ को मन्त्री परिषद गठनको व्यवस्थालाई छोडेर धारा ६१ अनुसार वर्तमान कार्की नेतृत्वको सरकार गठन भएको छ ।

यो संविधानका सम्बन्धमा मूलतः तीन वटा धारणाहरु रहेका छन् । १ ) यो संविधानलाई बदलेर राजतन्त्र र हिन्दु राष्ट्रसहितको नयाँ संविधान निर्माण गर्नु पर्दछ । २) विद्यमान संविधानलाई संशोधन गरेर यसैलाई निरन्तरता दिनु पर्दछ
३) यो संविधानको सट्टा जनगणतान्त्रिक संविधान निर्माण गर्नु पर्दछ । पहिलो खालको धारणा पश्चगामीहरुको हो । दोस्रो खालको धारणा यथास्थितिवादीहरुको हो । र तेस्रो खालको धारणा क्रान्तिकारी शक्तिहरुको हो । जनगणतान्त्रिक संविधानको निर्माण नगरेसम्म देशको संकटको स्थायी समाधान नहुने क्रान्तिकारी शक्तिको विचार छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित