– अमृत कुमार के. सी.
बस्यो दुनियाँ सारा ढुङ्गा हिर्काएर
कहाँ झर्थ्यो र तारा ढुङ्गा हिर्काएर।
तिमी बन्दुक चलाएर पनि निर्दोष
अनि म हत्यारा ढुङ्गा हिर्काएर ।
अचेल यो सहरमा सिसाले पनि
चलाउछ गुजारा ढुङ्गा हिर्काएर।
मनले मनलाई सुटुक्क भन्न सकिन्छ
गर्नै पर्छ र इशारा ढुङ्गा हिर्काएर।
म पारि गाउँबाट आएको
शहरले बनायो आवारा ढुङ्गा हिर्काएर।
Comments