बुटवल । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति रुपन्देहीले समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । असोज १० गते सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्णराज पौडेल हुनुहन्थ्यो । कार्यक्रमका प्रमुख अतिथि पौडेलले कार्य पत्र बाचन गर्दै जेन्जी आन्दोलनबाट संसदीय तथा पँुजीवादी व्यवस्था असफल भएको प्रमाणित हुन्छ भन्नु भयो । उहाँले यो व्यवस्थाबाट जेन्जी आन्दोलनका माग पूरा नहुने बताउनु भयो । जेन्जी आन्दोलनमा घुसपैठ भएको भन्दै पौडेलले राष्ट्रिय स्वाधीनताका लागि वामपन्थी , देशभक्त र जनवादी शक्तिहरु एक भई संघर्ष गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
जिल्ला सचिव लक्ष्मिकान्त पौडेलको अध्यक्षता, पुर्ण बिक्रम नेपालीको सन्चालन गर्नु र दयाराम खनालको स्वागतबाट कार्यक्रम सम्पन्न भएको थियो । जन आन्दोलन, जनयुद्धका सहिदको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो ।
ने क पा (समाजबादी)का हिरा ध्वज शाह, नेकपा (एमाले) का भोज प्रसाद श्रेष्ठ, नेकपा (मसाल) का लालचन्द पन्थ, नयाँ शक्ति का नारायण नागिला, नेकपाका बिरेन्द्र बि.क.,बाम बुद्धिजीवी बिनबहादु कुँवर , लिला बहादुर के. सी., लगायतले कार्यपत्र माथि टिप्पणी गर्नु भएको थियो । अधिकांश वक्ताले सरकार प्रमुखको नालाकिपनले देशले गम्भीर क्षति बेहोर्नुपरेको बताउनु भयो । आगामी दिनमा क्रान्तिकारी शक्तिहरु आफ्ना मतभेद लाइ थाति राखि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले भने झै एकता बद्ध भयर जानु पर्ने आजको आवश्यकतामा नै धेरैको जोड थियो । जेन जि आन्दोलन सही थियो तर आन्दोलनमा राजाबादी, अमेरिकन साम्राज्यबाद र भारतीय बिस्तारबादका दलालहरुको घुसपैठ नै मुख्य बिनाशको कारण बन्यो भन्ने वक्ताहरुको भनाई थियो ।