काठमाडौ । जेन जी आन्दोलनबाट माडागासकरमा सरकारको विघटन भएको छ । राष्ट्रपति एनरी रजोय लिनाले हिजो सेप्टेम्बर २९ तारिखका दिन टेलिभिजन सम्बोधन मार्फत सरकार विघटन गरिएको घोषणा गरेका हुन् । टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपतिले सरकारलाई नागरिकले दिएको जिम्मेवारी पूरा भएको छैन भने हामी यसलाई स्वीकार गर्दै माफी माग्छौ भनेकाथिए । माडागास्करमा हप्ता दिन पहिलेदेखि नै युवाहरूले पानी र बिजुली कटौती विरुद्ध प्रदर्शन गरिरहेका थिए। उक्त क्रममा २२ जनाको मृत्यु भएको र १०० जना भन्दा बढी प्रदर्शनकारीहरूको घाइते भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा जनाइएको छ ।
माडागास्कर अफ्रिकी महादेशको दक्षिण पूर्वी क्षेत्रमा रहेको टापु हो। यो विश्वकै चौथो ठूलो टापु हो। यसको राजधानी अन्तनानारिभो हो । माडागासकार १९६० मा फ्रान्सेली साम्राज्यवादबाट मुक्त भएको थियो। यहाँको सबैभन्दा धेरै जनसङ्ख्या २६ प्रतिशत मेरिना,१५ प्रतिशत लियो समुदाय रहेको देखिन्छ । यसको क्षेत्रफल ५,९२,७९६ वर्ग किलोमिटर रहेको छ। यसरी यो नेपालभन्दा झण्डै चार गुणाले ठूलो देश हो। माडागास्करको कुल जनसङ्ख्या ३ करोड १९ लाख ६४ हजार रहेको छ। यहाँ गरिबीको रेखामुनि रहेको जनसङ्ख्या निकै ठूलो छ।