अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कनेबारे सूचना

काठमाण्डौ । राष्ट्रिय विपद जोखिम न्यूूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन सूचना जारी गरेको छ । सो कार्यालयका प्रवक्ता शान्तिमहतले २०८२ असोज १८ गते एक वक्तव्य जारी गरी सूचना सम्प्रेषण गरेकी हुन् । वक्तव्यमा असोज १८,१९,२० गते यातायातका साधनहरु नचलाउन अनुरोध गरिएको छ ।वक्तव्यमा भनिएकोछ । “जलतथा मोसम विज्ञान विभागको पूर्वानुमान अनुसार यही असोज १८–२० गतेसम्म पूर्वमा कोशी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेश सम्म चट्याङसहित हल्कादेखि मध्यम वर्ष भइरहेको छ ।केही स्थानमा भारी वर्षादेखि अति धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । भारी वर्षा तथा अति धेरै भारी वर्षाको कारण आउन सक्ने बाढी ,पहिरो रडáान एवम् त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित विपद जोखिम न्यूनिकरण गर्न कोशी ,मधेश ,पागमती गण्डकी र लुम्बिनी प्रदेशका सबैजिल्लाबाट चल्ने लामो दूरीकार काठमाण्डौ उपत्यका भित्रिने बाहिरिने सवारी साधन आवत जावत मिति २०८२ असोज १८ ,१९ र२० गतेकका लािग बन्द गरिएको व्यहोरा निर्देशानुसार जानकारी गराइन्छ । उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहकेका लामो दूरीका र काठमाण्डौ उपत्यका भित्रिने बाहिरिने सवारी साधन नचलाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारी साधन आवत जावत बन्द गर्न तथा गराउन एवम् सोको निरन्तर अनुुगमन तथा निगरानी गर्नु हुन अनुरोध गरिन्छ ।


लामो दूरीका र काठमाण्डौ उपत्यका भित्रिने बाहिरिने सवारी डन चलाउन रोक लगाइएक कारण यात्रुमहानुुावहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै सो अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न सुरक्षित तरिकाले घरमै बस्न र विपद सम्बन्धी आधिकारिक र अध्यावधिक सूचना तथा जानकारीहरु रेडियो तथा टेलिभिजन अनलाइन संचार माध्यम ,सामाजिक संचार माध्यम बाट प्राप्त गर्न हुन समेत सूचित गरिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित