पीडितलाई तत्काल राहत र पुनस्र्थापना गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको माग

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले देशमा अविरल वर्षा पछि आएको बाढी पहिरो र डुुबानमा परी पीडित बनेका जनताहरुलाई तत्काल राहत र पुनस्र्थापना गर्न सरकारसँग जोडदार माग गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले असोज १९ गते एक प्रेस वक्तव्य प्रकाशित गर्दै सरकारसँग सो माग गर्नु भएको हो । वक्तव्यमा विपदमा परी मृत्युुभएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन र घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ ।वक्तव्यमा अगाडी भनिएको छ –

गत शुक्रबारदेखि देशभरि परेको अविरल वर्षा र बाढी पहिरोका कारण अहिलेसम्म ५२ जनाको ज्यान गएको छ र हजारौ व्यक्ति घाइते भएका छन् । सर्वप्रथम, हाम्रो पार्टी मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । प्राकृतिक विपदको यस क्षणमा लाखौ जनता घरबार विहीन भएका छन् भने अरवौ मूल्यको भौतिक पूर्वाधार (मुख्यतः सडक) ध्वस्त भएको छ । हाम्रो पार्टी मृतकका परिवारलाई उचित राहत प्रदान गर्न, घाइतेहरुको निशुल्क उपचार गर्न, बाढी पहिरोमा परी घरबार विहीन भएकाहरुलाई तत्काल खाने–बस्ने व्यवस्था गर्न र बिग्रे–भत्केका सडक मरम्मत वा विकल्प सडक प्रयोग गर्ने व्यवस्था मिलाई यातायातलाई सुचारु गर्न सरकारसँग जोडदार माग गर्दछ । साथै, प्राकृतिक विपदमा परेका जनताको सेवामा खट्न र राहत उपलब्ध गराउनका निमित्त सरकारलाई दवाव दिन आम पार्टी पंक्तिलाई निर्देशित गर्दछ ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित