नेपालका राजनैतिक दलहरु

– शालिकराम भण्डारी

राजनैतिक दलहरु भनेका समाजमा विद्यमान वर्गहरुको प्रतिनिधि संस्थाहरु हुन् । नेपालमा सामन्त , दलालपूँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टीहरु छन् । जसले पूँजीवादी प्रजातन्त्रको वकालत गर्दछन् । सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टीहरु हुन् जसको उद्देश्य वैज्ञानिक समाजवाद हुन्छ । नेपालमा सामन्तवादको अन्त्य भएको छैन । त्यसैले त्यो सामन्त वर्गको प्रतिनिधित्व गर्ने पार्टी पनि नेपालमा छन् । नेपालमा अहिले राजतन्त्र छैन । बेलायतमा छ । त्यसको आफ्नो मूल्य मान्यता केही छैन । जापान थाइल्याण्डको अवस्था पनि यस्तै हो । मध्य पूर्व र खाडी मुलुुकहरुमा वंशीय राजतन्त्र छ । ती शक्तिशाली छन् । सम्पूर्ण शक्तिहरु तिनैको हातमा छन् । तिनलाई पूँजीवादी राजतन्त्र भन्नुुपर्दछ । प्राकृतिक साधन स्रोतले गर्दा अमेरिका जस्ता धनी राष्ट्रहरु पनि त्यहाँबाट तेल ,ग्यास आदि आयात गर्न बाध्य छन् । पहिले देखि औद्योगिक क्रान्ति त्यहाँ भएको थिएन । पूँजीवादी उत्पादन प्रणाली शुरु भएको चार सय वर्ष पुुग्न लागि सकेको छ । तर समाजवादको उदय हुन थालेको २ सय वर्ष पनि पनि पुुगेको छैन । फेरि अर्को महत्वपूर्ण कुरा सामन्तवाद ,पूँजीवाद, समाजवाद र अन्त्यमा साम्यवादको विकासको मूल आधार अर्थतन्त्रको विकास हो । राजनीति मूल उपरिसंरचना हो अर्थतन्त्रको त्यसको आधार होंं । जनता र कम्युनिष्ट यी दुुइ शब्द साह्रै चलनमा छन् । जनता सबैलाई भनिदैन । बहुसंख्यक जनता मात्र ८५– ९० प्रतिशत अरु बाँकी जनताको रगत चुस्ने जुका हुन् ।गरखिाने जनताको स्वार्थ प्रतिनिधित्व गर्न नसक्ने कम्युनिष्ट हैनन् । वैज्ञानिक समाजवादमा जाने ठोस कार्यदिशा भएका माक्र्सवादीहरु मात्र कम्युनिष्ट हुन् । यी दुुई शब्दले जनतामा धेरै भ्रम पारेको छ । छुुट्टाउन अप्ठ्यारो भएको छ । पुँजीवादी सिद्धान्त र समाजवादी सिद्धान्त र ध्रुवका विषय हुुन् । एक अर्कामा कहिले मेलमिलाप हुन सक्दैन । एकले हुनेखाने र अर्कोले गरीखाने वर्गको प्रतिनिधित्व गर्दछ । आकास जमिनको फरक । यो बुुझन नसके माक्र्सवाद बुुझन सम्भव हुँदैन । माक्र्सवादी सिद्धान्त व्यवहारमा प्रयोग गर्ने पहिलो व्यक्ति रुसका भिाआइ लेनिन हुन् । त्यसपछि चीनका माओत्सेतुुङ हुन् । जसले सर्वहारा वर्गको हातमा सत्ता सौंपिन सफल भए ती महान व्यक्ति बाहेक आजसम्म त्यस्तो व्यक्ति पैदा भएको छैन । आफ्नो भूमिमा माक्र्सवाद प्रयोग गर्न सक्ने व्यक्ति पैदा भएमा त्यो व्यक्तिको नाम अंकित हुनेछ । अनुुकरणात्मक तरिकाले केही हात लाग्दैन । भावना र आवेगात्मकले काम तुरुन्त सेलाउँछन् ।

 

शुुरुमा नै भनिएको छ कि पुँजीवादी देशमा दुुई प्रकारका दल हुन्छन् । पुुँजीवादी र सर्वहारा नेपालमा तीन खालका दलहरु छन् । यहाँ पूूर्ण सामन्ती व्यवस्था नभए पनि अर्धसामन्ती व्यवस्था छँदैछ । पूर्ण अथवा अर्धसामन्ती जस्तो सुुकैव्यवस्था होस त्यसको रक्षक निरंकुश् राजतन्त्र हुन्छ ,यो संस्था राजनीतिक रुपले कमजोर भयो तर अर्थतन्त्रमा मजबुद छ । त्यसैले राजनीति गर्न सक्रिय छ । राप्रपा नामको पार्टी खोलेको छ । त्यसले राजा फर्काउन देशभर संगठन गर्न व्यस्त छ । अस्तव्यस्त उथलपुुथलको वातावरण बनाइरहन चाहान्छ ।जसले पहिलेको आनन्द झट्ट भुल्न सकिरहेका छैनन् ।
अर्को पार्टी त्यो समेत थपिनाले तीन दल भएको हो । देशको अर्थतन्त्र पुँजीवादमा प्रवेश गरेको छ तर विकसित अवस्थामा गैनसकेको र राष्ट्रिय पुुँजीपति वर्गले टाउको उठाउन नसकेको र दलाल नोकरशाही पूँजीपति वर्गको मात्र प्रभुत्व रहेको छ । यसले १० –१५ प्रतिशत जनताको मात्र रक्ष,ा सेवा र प्रतिनिधित्व गर्दछ । त्यो हो नेपाली कांग्रेस र त्यस्तै दिन प्रतिदिन खुल्दै गएका सम्पूर्ण पार्टीहरु । सामन्ती राजसंस्था भन्दा नेपाली कांग्रेस एउटा कुरामा फरक छ यसले केही उदारता देखाउँछ । जनतालाई केही मौलिक राजनैतिक अधिकार जस्तो लेख्ने बोल्ने सभा संगठन गर्ने अधिकार उपलब्ध गराउँछ । अन्य कुरामा शोषण दमन उत्पीडनमा केही अन्तर हुँदैन । त्यसैले यसलाई पुुँजीवादी लोकतन्त्र भनेको हो ।

 

विश्वको राजनीतिक आर्थिक अवस्थाको अत्यन्त गहिरो अध्ययन गरेर माक्र्स र ऐङगेल्सले विद्यमान समाजमा अत्यन्त विषमता अन्तरविरोध फेला पारेर यस्तो अपारदर्शी समाजलाई नयाँ समाजमा रुपान्रण गर्नु पर्ने परिकल्पना गरे । त्यो समाज समाजवाद हुँर्दै साम्यवादमा मात्र प्राप्त गर्न सकिने दृढ निश्चय गरे । त्यसैले नेपालमा पनि त्यही समाज प्राप्त गर्न २००६ सालमा कम्युनिष्ट पार्टी जन्मेको हो । शुरुवात सुन्दर तर बीचबीचमा कुरुपता थपिँदै गयो । यस्तो कुकर्मको कामलाई माक्र्स एङगेल्स ,लेनिन, स्टालिन, माओ सबैले भोग्नुप¥यो । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७६ वर्ष भयो । जन्मेको ११ दिनमा बच्चाको न्वारन गरिन्छ । नाम राख्ने काम गरिन्छ । न्वारनमा कम्युनिष्ट नाम राखेका छन् । नेपालका कम्युनिष्टहरु नाम बदलेर अर्को नाम राखेका छन् । जसले देशी प्र्तिक्रियावाद र विदेशीसाम्राज्यवादको मात्र सेवा गर्छ । प्रमाण –देशको अर्थतन्त्र ,भौगोलिक साँध सीमानाको रक्षा राजनीति र साँस्कृतिक हस्तक्षेप हुँदा पनि एक शब्द बोल्दैनन् । नेपालमा राप्रपा पार्टीका नेता राजाले देश लुट्न सम्म लुटे अन्धकारमा राखे परराष्ट्र नीति विदेशीको हातमा थमाइदिए । अहिले त्ययसपछि आएको सत्ताले त्यही काम गरेको छ । अलि विस्तृतमा जाम, ओली नेतृत्वको गठबन्धनको सरकारले सबै नगर्नुपर्ने काम ग¥यो । भ्रष्टाचारलाई खुला छुट दियो । संविधान कानुन नामका मात्र भए । दुुइ पार्टीको मौखिक आदेश नै कानुनी नियम हुन गए । भूमि समस्या भूमिपतिको पक्षमा उद्योग व्यापार ठूूला उद्योगपतिको हितमा व्यापारको स्थिति त्यस्तै रह्यो । रोजगारी विदेशमुखी भयो । शिक्षा स्वास्थ्य निजीलगानीकर्तालाई प्राथमिकता दिँदा सामान्य निम्नस्तरका व्यक्तिकाृ पहुँचमा रहेन । त्यसैले अहिलेको सरकार फालियो जनसाधारणको निमित्त। तर अब कता जाने हो ? नेपाली जनताको आधारभूत समस्याहरु समाधान हुन सक्छन् ? नोपलको राष्ट्रियतामाथि घुन पुत्लो लाग्दैन ? अब आउने सत्ताले अधिनायकवबादी शैली परित्याग गर्छ , जनताको जनतान्त्रिक अधिकारको रक्षा हुन्छ ? व्यापार सन्तुलन देशको पक्षमा हुन्छ ? कसैले देशलाई रणभूमि बनाउन सक्दैन ? अथवा आफ्नो देशमा गाभ्ने आँट गर्न सक्दैन ? २५० वर्ष सम्मको शासनले खोक्रो पारिसकेको देश यिनीहरुले उँभो लगाएनन् ,उँधोतिर झारे । ऋणमुखी बनाए । यी जनताका खुन चुसाहा जुका भए । भाद्र २३ र २४ गतेको आन्दोलन परिवर्तनकारी आन्दोलन हैन । यस्तो आन्दोलनबाट हुन पनि सक्दैन । जेनजीको नाममा विभिन्न स्वार्थ समुहले एकले अर्कोलाई गरेको प्रतिशोधपूर्ण आन्दोलन हो । यसमा युवाहरुलाई उकाशिएको उचालिएको छ । तीनकुनेमा दूूर्गा प्रसाइ ,अहिले राजावादी,वालेन शाह जस्तै अरु अरु । सध्य युवाहरुले आनन्दोलन गरेको भए सत्ता फाल्थे । विकल्प पेश गर्थे ।

 

अन्तमा कुन आन्दोलनले जनताको प्रतिनिधित्व गर्छ कसले गर्दैन ? युवाहरुको आन्दोलनले नै अमेरिका, भारत स्वतन्त्र भएका हुन् । नेपालमा २००७ देखि आजसम्म जस्तो सामाजिक परिवर्तन भएको छ । त्यसमा युवाहरुको महत्वपूर्ण भूमिका छ । युवाहरुले घोषित रुपमा प्रगतिको लागि आन्दोलन गरिरहेको नेतृत्वलाई ठूूलो ठूूलो वलिदानपूर्ण सहयोग गरेका छन् । जो गरेका छन् खुला दिलले गरेका छन् । त्यहाँ गोप्यता , रहस्यपूर्ण स्थिति कहिल्यै रहेन । संघर्ष भए प्रतिगमन विरुद्ध संघर्ष भए समर्थनमा होइन । नेपाल दुई ठूला देशको बीचमा अवस्थित एउटा सानो देश हो । यहाँ सामन्तवाद राजनैतिक रुपले मात्र समाप्त भएको हो । आर्थिक हिसाबले अझ पनि समाप्त भैसकेको छैन । पूजिवादी क्रान्ति पूरा भएको छैन ।अधकल्चो अवस्थामा छ । जे भएको छ राष्टिय पुुँजीमाा आधारित छैन । यसले टाउको उठाउन सकेको छैन । भारत लगायत अन्य मूलुकको प्रभाव हुँदा दलाल तथा नोकरशाही पूँजीपति वर्ग अग्रस्थानमा छ । अर्कोतिर तिनीहरु नेपालीको मनोबल खसाउने काम गर्छन् । भन्छन् – तिम्रो जस्तो सानो देश तिमीले के गर्न सक्छौ ? यस विषयमा भारत लगायत उसको एजेण्टको रुपमा काम गरिरहेका नेपाली पनि सक्रिय छन् । तर नेपालीको चेतनामा तीनले सोचेभन्दा धेरैवृद्धि हुन जाँदा असम्भव भएको छ । विश्व साम्राज्यवादका लागि बाधक शक्ति भन्नुनै माक्र्सवादी दर्शन, अर्थतन्त्र, राजनीति बाहेक अरु छैन । यो दर्शन भौतिवादी हो । अध्यात्मवादी दर्शनले सामन्तवाद र पूजिवादको मात्र प्रतिनिधित्व गर्दछ । भौतिकवादी दर्शन अन्तर्गत गठित सर्वहारा वर्गको पार्टी कम्युनिष्ट पार्टी हो । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएकोले नै राष्ट्रियता, देशभक्तिको भावना जागृत भएको छ । ७६वर्षको इतिहास साक्षीछ । राष्ट्रियताका निम्ति सँधै लडेको छ । यसलाई राष्ट्रियताको प्रतिक भने पनि हुन्छ ।पृथ्वी नारायण शाहलाई राष्ट्रिय एकताको प्रतिक भन्ने गरिन्छ तर उनका सन्तानले आत्म समर्पण गरे । तर यहाँ एउटाले कमजोरी देखायो ,अर्को उत्पन्न भइहाल्छ । २०४६ सालदेखि यता आजसम्म एकाथरी कम्युनिष्टहरु भन्नेले सम्पूर्ण त्याग र वलिदानकाृे इतिहासलाई भूले । अहिले सामन्तवादी पूजीवादी पार्टीसँग मिलेर सत्ताको स्वाद बाँडीचुँडी खानमा कम्मर कसेर लागेका छन् । बीचबीचमा हुने दूर्घटनाहरु यसैको परिणाम हो । नेपालमा कम्युनिष्ट तिनलाई मात्र भन्न सकिन्छ जसले माक्र्सवाद, लेनिनवाद ,माओवादलाई छोडेका छैनन् । त्यसैको विकास आफ्नो देशमा कसरी गर्न सकिन्छ भनेर लागेका छन् । जसले स्वच्छाले अथवा दबाबले यो बाटो परित्याग गर्छ उसको दसा पनि प्रतिक्रान्तिकारीको सूचिमा अंकित हुन्छ । क्रान्तिकारी आन्दोलनमा सबै अवस्थाका मानिस प्रवेश गर्छन् । बच्चा, युवा, मध्ययम वर्गका युवा र वृद्ध । त्यसैले सामाजिक क्रान्तिको निमित्त सर्वश्रेष्ठ दल सर्वहाराको पार्टी कम्युनिष्ट पार्टी मात्र हो । अरु छैन ।
२०८२ असोज १३ गते ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित