नवलपरासी १६ बैशाख – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीले महङ्गी नियन्त्रण एवं सुकुम्बासीलाई ब्यवस्थापन गर्न माग गर्दै ७ बुदें ज्ञापनपत्र बुझाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय नवलपरासी मार्फत पार्टीले प्रधानमन्त्री समक्ष माग राखेको हो । ज्ञापनपत्रमा सरकारले फाँसीवादी कदम चालेको उल्लेख गर्दै भुमिहीन सुकुम्बासीलाई विना विकल्प हटाउन नहुने, दलित समुदायमा माथि भइरहेको भेदभाव एवं ज्यादती बन्द हुनुपर्ने माग समाबेश छन् । साथै उक्त ज्ञापनपत्रमा बिद्यार्थी सङ्गठन र ट्रेड युनियन खारेज गर्न नहुने, किसानलाई मल बिउ, सिंचाइ, युवालाई रोजगारलगायत समेत माग गरिएको छ । सो अवसरमा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले ज्ञापनपत्र बारे प्रष्ट पार्ने र बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले ज्ञापनपत्रवाचन गरेको सो पार्टीले जनाएको छ । ज्ञापनपत्र बुझेपछि नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले ज्ञापनपत्रलाई सम्बन्धित कार्यालय र मन्त्रालयमा पठाउने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा पार्टीका नेताहरु जिल्ला कार्यालय सदस्यद्व्य गणेश बहादुर ढकाल,दुर्गा नारायण चौधरी, जिल्ला सदस्य प्रेम रिमाललगायत सहभागी थिए ।
Comments

