मानबहादुर भण्डारी
खजुरा – ३ ,(बाँके)
आफ्नो प्रभुत्वको लागि अरुको चिरहरण गर्नेहरु
बन्द कोठा भित्र षड्यन्त्रका तानाबाना बुनिरहेका छ्न ्
आफुलाई सर्वसत्ता ठानेर हुकुमी फरमान सुनाउनेहरु
क्रूर तानाशाह बनी अनेकौ बहानामा अरु माथि झम्टिरहेछन्
आफ्नो घृणित चाल छिपाउन शब्द्जालको तिर हान्नेहरु
असहायपन लुकाउन दम्भको अश्त्र प्रयोग गरिरहेकाछन् ।
बर्तमान समयमाआँधी बोकि हिँड्नु पर्छ झुक्नुहुन्न भन्नेहरु
अबसरबादी कुपमन्डुकहरुको निशानामा परिरहेका छन्
लगातार आफ्नो क्याम्पमा पहिरो गएको देखि तर्सनेहरु
अनेकौं टालटुले छेकवार लगाएर रोक्न खोजी रहेका छ्न्
यद्यपि पहिरो लान रोकिएको छैन त्यो देखेर अतालिनेहरु
आफ्नो बिबेक गुमाएर हिँस्रक शिकारी बनेर झम्टिरहेछन् ।
कायरहरुको फौज जम्मा गरि आक्रमण गर्न तम्सिनेहरु
प्रत्येक लडाईको मोर्चामा क्रमशः लत्री रहेछ्न हारी रहेछन्
आफ्नो अस्तित्व रक्षाको खातिर ठूलो स्वरमा कुर्लनेहरु
निभ्न लागेको दियो झै धिपिक धिपिक गरि बलि रहेछ्न्
बिनाशकारी षड्यन्त्रको जालो च्याती अघि बढ्ने योद्धाहरु
निडर बनी हर प्रकारले सबै तिर खबरदारी गरि लडिरहेछन् ।
झुक्दैनझुक्ने पहाड,अबिरल बगिरहने नदी बनी हिँड्नेहरु
तोडेर अनेकौं बाधा ब्यबधानहरु निरन्तर अघि बधिरहेछन्
तिम्रा अहंकारि ,बिभेदकारी स्वार्थि सत्ता ढाल्न जुट्नेहरु
तिम्रा फरमानहरु च्यातेर तिमी बिरुद्द धावा बोलिरहेछन् ।
जति नै तिमिले षड्यन्त्रका जँजिरहरुले कसि रहेका छौ
त्यतिनै तिम्रा कलुसित अन्यायी जंजिरहरुलाई तोडिरहेछन्
अब तिम्रो चतुर्याइँ भित्रको जालझेल पर्दाफास भै सक्यो
जति सक्छौ भएभरको बल प्रयोग गरि अन्तिम प्रयास गर
अन्तिममा तिमी आफ्नै दम्भ र स्वार्थहरुको कारण ढल्नेछौ
जुरमुराउँ साथी हो मक्किएको शासन सत्ता ढाल्ने शाहसभर ।