विपिन जोशीको अन्तिम विदाई

कात्तिक – ४, काठमाडौं । अक्टोबर ७, २०२३  मा इजरायलमा प्यालेस्टाइनी हमास समूहद्वारा अपहरणमा परी बन्धक बनाइ मारिएका कञ्चनपुरको भीमदत्त नगरपालिका ३ बिचपुरीका विपिन जोशीको आज कञ्चनपुरको महाकाली नदीमा दाह संस्कार गरी अन्तिम विदाई गरिएको छ । हिजो जोशीको शव इजरायलबाट काठमाडौ ल्याइएको थियो ।
काठमाडौंमा हिजो विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी भएका थिए । आजको दाह संस्कारमा नेपालका लगि इजरायली राजदूत श्मुलिक आरी बास, बिपिनका परिवार ,राजनीतिक दलका प्रतिनिधि, आम जनताको विशाल उपस्थिति थियो ।

अध्ययनको सिलसिलामा जोशी हमासद्वारा इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो । उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् । महाकाली किनारमा सशस्त्र प्रहरीको टुकडीले शोक सलामी दिएपछि विपिनको चितामा दागबत्ती दिइएको थियो । बुवा महानन्द देखि ठुलो बुवा लगायतले दागबत्ती दिए ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ४९ जना विद्यार्थीहरु दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल पुगेका थिए । हमासको आक्रमणमा परेर १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । बन्धक बनाएकै अवस्थामा विपिनको मृत्यु भएको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित