काठमाडौँ । नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थाहरूमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) लाई ‘अल्टरनेटिभ’ विमानस्थलको रूपमा प्रयोग गर्ने जनाएको छ ।
हालसम्म डाइभर्टका लागि भारतका विमानस्थलहरू प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा निगमको २०८२ मंसिर १ गतेको निर्णयअनुसार अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको हो । यसले डाइभर्टमा लाग्ने खर्च तथा समय दुवै बचत हुने नेपाल वायुसेवा निगमले जनाएको छ ।
देश मै अन्तर्राष्ट्रिय विमानस्थलहरु प्रयोग गर्न सकिने सम्भावनाहरु रहँदा रहँदै पनि भारतमा विमान डाइभर्ट भएको भन्दै आलोचना हुँदै आएको थियो ।
Comments

