काठमाण्डौ । कम्बोडिया र थाइल्याण्डकाबीच सीमामा डिसेम्बर ७ देखि युद्ध शुरु भएको छ । युद्धबाट दुवैतर्फ मारिने र घाइतेहरुको संख्या बढिरहेको छ ।
कम्बोडियाको रक्षा मन्त्रालयले डिसेम्बर ९ गते बिहानसम्म ९ सर्वसाधारणको मृत्यु भएको र २० जना घाइते भएको जनाएको छ । त्यस्तै थाइल्याण्डको सेनाले ३ जना सेना र २९ जना घाइते भएको जनाएको छ ।
युद्धका कारण हज्जारौं सर्वसाधारण विस्थापित भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । थाएल्याण्ड र कम्बोडियाको सीमानामा यो भन्दा पहिले २०२५को जुलाइमा ५ दिनसम्म युद्ध भएको थियो ।
दुवै पक्षले दुवै पक्षलाई आक्रमणको जिम्मेवार ठहराएका छन् । दुवैतिरबाट अहिले नै युद्ध रोकिने सम्भावनाहरु नरहेको बताइरहेको छन् । दुवैदेशको यो भनाइले युद्ध चर्किने सम्भावना अझै बढेको छ ।

