भारतमा सवारी साधन आपसमा ठोक्किंदा १५ जनाको मृत्यु

काठमाण्डौ । उत्तरी भारतको मथुरास्थित यमुना एक्सप्रेसवेमा मङ्गलबार बाक्लो कुहिरो र हुस्सु लागेको बेला बस र कारहरु एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।युमना एक्सप्रेस वेअन्तर्गत आग्रा–नोयडा खण्डमा बिहान ४ बजेर ३० मिनेट जाँदा दुर्घटना भएको हो ।
दूर्घट्नामा परी ६० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरूलाई उपचारकोलागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सवारीसाधनहरु ठोक्किएर आगलागी भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित