– नारायण प्रसाद भण्डारी
विश्व कम्युनिष्ट आन्दोलनको इतिहासलाई गहिरोसँग अध्ययन गर्दा यो कुरा थाहा हुन्छ कि विगतका ठूला ठूला भिषण सशस्त्र युद्ध एबं आन्दोलन दबाउन सामन्तवादका अपराधि र पश्चिमा (र) साम्राज्यवादका दलाल विचौलियाहरुले नर संहार गरे, लाखौं लाख जनता को बस्ती खालि गरेर देश निकालाका दर्दनाक घटनाहरु घटाए । ती दर्दनाक घटनाहरु अध्ययन गर्न खोजियो भने सर्बप्रथम विश्व कम्युनिष्ट आन्दोलनका पथप्रदर्शक,विश्व ख्याति प्राप्त वैज्ञानिक सर्बहारा बर्गका नेता कार्ल माक्र्सलाई नै स्मरण गर्नु पर्ने हुन्छ । माक्र्स राजनैतिक ,सामाजिक, आर्थिक, सास्कृतिक क्षेत्रका ज्ञाता हुनुहुन्थ्यो । दर्शनशास्त्र, अर्थशास्त्रमा गहिरो अध्ययन थियो । माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । उहाँ महान दार्शनिक, सर्बहारा वर्गको मुक्तिका खातिर जीवनको कुनै प्रवाह नगरि मात्र विश्वसर्बहारालाई केन्द्र विन्दुमा राख्ने अग्रज अभिभाबक एब वैज्ञानिक हुनुहुन्थ्यो । संसारका मजदुर एक हौ.भन्ने महान शब्दावलिलाई तत्थ्य सत्य अकाटय हुने गरी प्रमाणित गरेर देखाउन सक्ने विश्व इतिहासमा सुनौला अक्षरले कहिल्यै नमेटिने गरि लेख्न सफल ब्यक्तित्व क कार्लमाक्र्स नै हुनुहुन्थ्यो । उहाँको नाम सम्झन सके मात्र पनि विशेष अनुभूति हुन्छ ।
अहिले २१औं शताब्दीको कम्प्युटर युग समेत पार गर्दै अर्को नयाँ प्रविधि मूलकको खोजीगर्ने समय सम्म आइ पुग्दा पनि कुनै दार्शनिक वैज्ञानिक विद्धान हरुले समेत खण्डन गर्न र माक्र्सवादको विकल्पमा अर्को नयाँ विचार दिन समेत नसक्ने गरि प्रतिपादन गरिएको विज्ञान सम्मत दर्शन, सिद्धान्त, विचार, बुद्धि विबेकका खानी क माक्र्सको जन्म सन १८१८,मै (५) को दिन जर्मनको राइन प्रान्त दक्षिण प्रसियाको ट्रियर नामक शहरमा भएको थियो । उहाँले यो संसारमा कहिल्यै हराउन नसक्ने किसिमको योगदान दिएर सन १८८३(१४)मार्च को दिन संसारका सर्बहारा बर्गको लागि अति पीडादायि अनुभूति गराउँदै अभिभाबक विहिन बनाएर प्रकृतिको नियम पालना गर्दै भौतिक शरिर बाट विदा हुनुभयो । तर उहाँका युगौं युग सम्म सधै रहिरहने मार्ग दर्शक योगदानहरु सबै बर्गको लागि आबश्यक वैज्ञानिक शिक्षाको अमिट छाप झन पछि झन ताजा र जीवित छन । माक्र्सलाई नजिकबाट चिन्न सक्ने अति निकट हितैषि कहिल्यै कुनै विषयमा भेद भाव विना सफलता हासिल गर्नमा हरेक पक्षमा सहयोग पुराउने क एगेंल्स हुनुहुन्थ्यो , माक्र्सवादका अध्ययताहरु क लेनिन, स्टालिन र माओ अग्रस्थानमा पर्नु हुन्छ । अन्य कम्युनिष्ट आन्दोलनको बारेमा र माक्र्सवादलाई केही अशं मात्र बुझन खोज्नेकोे सख्या असख्य होलान तर अध्ययता बनेर ब्यबहारमा उतार्न सक्ने हरुको सख्या कमि नै रह्यो । कम्युनिष्ट आन्दोलनमा माक्र्स भन्दा अझ दार्शनिक बन्न दम्भ घमण्ड राख्ने तर बुझन नसकेर आफैलाइ बदल्न नसकेर जीवननै बर्वाद गरेका अन्तमा गन्तब्यमा पुग्न नसके पछि मन्दिरमा बसेर माला जप्न सम्म पुगेका घटना धेरै भेटिन्छन ।
्कल्पना गरौं माक्र्स कति दुरदर्शी कति तेजीलो दिमाग भएका अलौकिक शक्तिका महामानब को जन्म यो धर्तिमा हुनु विश्व सर्बहारा बर्गको लागि ठूलो संयोग हो । त्यस्ता महान ब्यक्तित्व माथि विश्व कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न साम्राज्यवाद र दलाल पुँजीवादले आफनो शक्ति पुरै लगाएर गर्नु पर्ने हर्कतमा कुनै कमि राखेन । माक्र्स यी दुश्मन संग हार्न जान्नुभएन । कहिल्यै विचलित हुनुभएन । उहाँको त्यो शाहस देखेर जेनि माक्र्स पनि निरन्तर हावा हुरी बतास अाँधि बेहरी तुफान संग निरन्तर लडि रहनु भयो । संर्घष गरि रहनु भयो , थुप्रै चुनौति आइलागे तर ति अदभूत क्षमताका धनि दुबैजना हार खाने त प्रसंगै भएन । थेोरै कमजोरीको महसुस सम्म गगर्नु भएन ।त्यसरी मात्र विश्व कम्युनिष्ट आन्दोलन उचाइको शिखरमा पुगेर सफल्ता हाँसिल गर्न सकेको थियो । सफल्ताको बाधक निजी स्वार्थ धनी हुने सोच अबसरवादी चरित्र बेइमानी छलकपट देखि उनीहरु सधै टाढा रहेर मात्र संभब भएको हो ।आफनो निजी सम्पत्ति केहि रहेन जीवन खुल्ला आकाशमै बिताएर विश्वका करोडौ अरबौ मान्छेको मन मस्तिष्कमा बस्न सफल भए । माक्र्सले आफनो बाँकीरहेको आन्दोलन एगेंल्सलाइ छोडेर संसारबाट विदा लिनुभयो । तर उहााका महान वैज्ञानिक विचार द्धन्दात्मक भौतिकवादी माक्र्सवादी दर्शन जस्ताको तस्तै जिबीत छन । ती महान विचारलाइ आत्म साथ गर्न नसक्नेहरुले आज कम्युनिष्ट आन्दोलनलाइ साम्राज्यवादका मतियार बनेर शंसोधनवादका चाटुकार बनेर दलाल संसदीय भ्रष्टचारको आहालमा डुब्दै सर्बहारा बर्गको मुक्ति विपरीत यात्रामा बाधक बनिरहेका छन ।
बास्तबमा कम्युनिष्ट विचार सिद्धान्तमा अडिग भएर राजनैतिक वैचारिक सहितको नेतृत्व एबं सर्बहारा बर्गको अभिभाबक्त्व प्रदान गर्न सक्ने क्षमता वाल बुद्धि बिवेकी राजनैतिक बैचारिक सैद्धान्तिक विषय बस्तुमा निपूर्ण ब्यक्तित्व अन्तिम क माओ भन्दा पछाडि विश्वका कुनै पनि देशमा जन्मन सकेनन ।यसकारण बर्तमान विश्व कम्युनिष्ट आन्दोलनको परिवेश र नेपालको कम्युनिष्ट आन्दोलन माथि साम्राज्यवाद दलाल पुँजीवाद (र) संशोधनवाद एनजीओ आइएनजीओ दक्षिण पन्थि अबसरवादले चारैतिरबाट घेराबन्दी गरेर आक्रमणको निसाना बनाइरहेका छन । जसको ज्वलन्त उदाहरण हालै भाद्र २३,२४को जेनजी विद्रोह माथि भएको कुठाराघात त्यहि आन्दोलनको जगमा टेकेर बनेको कठपुतली सरकारको रबैयामा पराधिन साम्राज्यवादको ग्राइनडिजाइनमा हुने भन्ने निर्वाचन रवि बालेनको एकता फेरि जेनजी आन्दोलन पछि भ्रष्टचारी हरुका नयाँ नयाँ तरिकाबाट जनताका आखाँमा छारो हालेर जुनकुनै हरकतबाट गुमेको विरासत र्फितागर्ने षडयन्त्रकारी हरकत, यिनी सबै कम्युनिष्ट आन्दोलनलाई जसरी पनि समाप्त पारेर साम्राज्यवादको पृष्ठपोषण गर्ने बाहेक अन्य हुन सक्दैन ।
नेपालको कम्युनिष्ट आन्दोलन माथि साम्राज्यवादले किन निशानाको तारो बनाउन सफल भएको छ ?
१) कम्युनिष्ट विचार सिद्धान्तबाट नेतृत्वको विचलन यसको प्रमुख कारण हो । कुनै पनि सस्थाको प्रमुख नेतृत्व भनेको सस्थाको मूल्य मान्यता संग जोडिएको हुन्छ ।नेतृत्वले सस्थालाइ जता डोराउँछ सस्था उतै उतै डोराइन्छ ।संस्था राम्रो नराम्रो दुबैको जस अबजस सस्थाको भविष्य सम्पूर्ण पक्ष नेतृत्वमै जान्छ । कम्युनिष्टको नेतृत्वको जीम्मेवारी बहन गर्नु भनेको फलामको चिउँरा चपाए सरी हुन्छ ।कम्युनिष्ट नेतृत्वले संसारलाइ बुझन र बदल्न को लागि सब भन्दा पहिले स्वयं आफै सच्चिने बदलिने भएन भने बाँकी सबै कुरा कल्पना मात्र हुन्छ । खोक्रो कुरा कसैले पत्याउने हुदैन सबै निरर्थक हुन्छ ।जस्का केही उदाहरण ।
क) सर्ब प्रथम म कम्युनिष्ट हुँ भन्ने कुरा समाजले विश्वास गर्ने आधार र कम्युनिष्ट विचारकमा हुनु पर्ने अनीबार्य सर्त त्यसमा पनि नेतृत्वमा हुनु पर्ने गुण हरु के के हुन ?
१)अनुशासन ।२)जुन सुकै पक्षमा पार्दसीता ।३)विद्धान सबै कुरामा दक्ष निपूर्ण ठोस बस्तुको ठोस विश्लेषण गर्न सक्ने ।४)दया माया स्नेह सहितको निडर ।५ ) त्यागी ६) इमान्दार ।७)निजी सम्पत्ति को लोभ मोह देखि टाढा रहन सक्ने ।८)विपक्षीलाइ पनि आकर्षण गरेर आफनो विचारमा सहमत गराउँन सक्ने क्षमता वाल ।९) कुटनीतिज्ञ ।१०) छलछाम देखि सावधान रहने ।११)साधा जीवन उच्च विचार भएको ।१२)परिश्रमी ।१३)भौतिकवादी विचारमा दृढ ।१४)कुनै पनि कुलत शब्द सम्म नअगाल्ने ।१५)विषय बस्तुको अध्ययता ।१६)सत्य मा अडिग अन्याय अत्याचारको विरोध गर्न सक्ने ।१७) समस्या आपत विपत मा धैर्य संयमता अपनाएर समस्याको माकर््सवादी तरिकाले हल गर्न सक्ने ।१८)भद्र स्वभाभाब कम बोलेर धेरै काम गर्न सक्ने ।१९ ) समाजमा आफनो पारिबारिक जीबन नमुना योग्य बनाउन सक्ने ।२०)स्वाभीमानी । आत्म रक्षाको प्रशिक्षक एबं स्वस्थ निस्वार्थ समाजसेवि लगायतका अन्य झिना मसिना कुराहरुमा कही कतै विरोधिले प्रश्न चिन्ह खडा गर्न नसकोस ।
जति विषय बस्तु माथि उल्लेखित भए । सम्पूर्ण कुराको रतिभर कमी नभएका शक्तिशाली ब्यक्तित्व भनेका विश्वका शक्तिशाली शाहसी वैेज्ञानिक विद्धान दार्शनिकहरु भनेकै अहिले सम्म पनि माक्र्स,एगेंल्स,स्टालिन लेनिन र माओ यिनै ५वटा हुन ।त्यसैले उनीहरुको कार्यकाल सफल भयो । सफलता हासिल गरेर मात्र मालेमावाद एबं विचारका खम्बाको रुपमा परिचित भए । कम्युनिष्ट आन्दोलन पुरानो इतिहास जसले सिगों युग लाइ बदल्न सक्ने शक्तिशालि हुन्छ तर विडम्बना अहिले नेपालको कम्युनिष्ट आन्दोलनमा माथि उल्लेखित कारण बाटै साम्राज्यवादले मौका पायो र समाप्त पार्नमा अहोरात्र लागि परेको छ । यदि यहि अबस्था रहेमा सायद नेपालको कम्युनिष्ट आन्दोलन र कम्युनिष्टको विचारमा निष्ठावान ब्यक्ति समेत राँको बालेर खोज्नु पर्ने हुनेछ । त्यसकारण समयमै सबैमा चेतना जागोस धन्यवाद ।

