– लक्ष्मण उप्रेती
वर्तमान राजनीतिक परिस्थितिलाई हामीले राज्य,सत्ता,जनता र विदेशी हस्तक्षेपको समग्र सम्बन्धको द्वन्द्वात्मक विश्लेषणका रूपमा बुझ्नु आवश्यक छ।
१. २०८२ भदौ २३–२४ का घटनाहरू
देशमा घटित त्यो घटना सतहमा‘अराजकता’, भित्री तहमा त्यो ‘राजनीतिक परियोजना’ थियो।२०८२ भदौ २३ गते नेपाली नवयुवा विद्यार्थीहरूमाथि भएको दमन, हत्या, र त्यसको भोलिपल्ट २४ गते देशव्यापी अगजनी तथा तोडफोडका घटनाहरूलाई सतही रूपमा हेर्दा यो ‘आकस्मिक विस्फोट’ जस्तो देखिन्छ। तर गहिरो विश्लेषण गर्दा यी घटनाहरू अचानक होइन, लामो समयदेखि संचित नियोजित योजनाका रूपमा भएको देखिन्छन्। नेपाली संसदीय दलहरूको संस्थागत भ्रष्टाचार, कुशासन,राष्ट्रिय हितविरुद्धका सम्झौता र निर्णय,जनताको जीवनसँग असम्बन्धित सत्ता(केन्द्रित राजनीति यी सबैले जनतामा गहिरो आक्रोश र असन्तोष सिर्जना गरिसकेको थियो। यही आक्रोश र असन्तोषलाई विदेशी शक्ति र तिनका आन्तरिक एजेन्टहरूले आफ्ना अधुरा राजनीतिक–भूराजनीतिक चाहनाहरू पूरा गर्न प्रयोग गरे भन्ने कुरा “सर्वत्र आमरूपमा जानकारी भएकै विषय” हो। यहाँ महत्वपूर्ण कुरा के हो भने,जनताको आक्रोश आफैंमा गलत थिएन, तर त्यस आन्दोलनको दिशा योजनावद्वअपहरण गरिएको देखियो।
२. वर्तमान राजनीतिक परिस्थिति
आज देशको राजनीतिक अवस्था ती घटनाक्रमकै वरिपरि घुमिरहेको छ।
सरकार, संसद, दलहरू,सबै समाधान खोज्ने हैन, संकट व्यवस्थापनमा अल्झिएका छन्। यो स्वयंमा असफल राज्यको लक्षण हो।यहाँ बिचारणीय कुरा के छ भने देशको राजनीतिक परिस्थिति संकट ग्रस्त छ,दिशाविहिन छ,अस्थिर छ भन्नाले विदेशी शक्तिहरूले चाहेको जस्तो हाम्रो देशको राज्य संरचना कमजोर बनाइएको छ।राष्ट्रिय स्वाधीन निर्णय क्षमताको क्षय भएको छ।जसले जनता र राज्यबीचको विश्वासको अन्तिम विच्छेदलाई जनाउँछ।
३. ‘ठूला’ संसदीय दलहरूको पतन
देशका ुठुलाु संसदीय पार्टीहरु साम्राज्यवादका सेवक हुदै निरीह कठपुतलीसम्म बनेका छ्न।हिजो जसलाई नेपाली राजनीतिमा ‘ठूला दल’ भनिन्थ्यो, ती दलहरू साम्राज्यवादी शक्ति केन्द्रहरूसँग निकटता बढाएर पद, सत्ता र स्रोतको सौदाबाजी गरेर जनतालाई “हामी बलिया छौँ” भन्ने खोक्रो भ्रम देखाएर राजनीति गर्दै आएका थिए। तर आज अवस्था के छ? उनीहरू विदेशी शक्तिको प्रत्यक्ष गुण्डाराजका सामु निरीह बनेका छन्। यो केवल राजनीतिक कमजोरी मात्र होइन, यो नैतिक र ऐतिहासिक पतन हो। नेपाली जनताले पहिलोपटक खुला रूपमा यो देखिरहेका छन्, कसको आदेशमा सुरक्षा संयन्त्र चल्छ,कसको हितका लागि राज्यको शक्ति प्रयोग हुन्छ ?
४.सुरक्षा घेराको भ्रम र त्यसको भण्डाफोर
यहाँ उल्लेख गर्न खोजिएको सबैभन्दा महत्त्वपूर्ण श्लेषणात्मक सार यही हो कि सेना र प्रहरीको सुरक्षा घेराभित्र टिकेको दलाल पूजीवादी शासकहरुको अहमता र घमण्ड चकनाचुर भएको छ।यसले दुई कुरा स्पष्ट गरिदिएको छस् सुरक्षा घेरा तटस्थ छैन,त्यो सुरक्षा घेरा नेपाली जनताको होइन, बाह्य प्रभाव र साम्राज्यवादी सत्ता स्वार्थको परिचालनमा छ।यस घटनाक्रमले ऐतिहासिक रूपमा प्रमाणित गर्यो कि नेपाली जनता बाहेक देशको सुरक्षा अरू कुनै परिचालित शक्तिले गर्न सक्दैन।यही कारण आज देशको सुरक्षा प्रणाली स्वयं प्रश्नको घेरामा परेको छ।
५. भविष्यको भयावह संकेत
अराजकताको राज्यनीतिक स्थिति बन्दै जाने खतरा देखिएको छ। भविष्यको चित्र अत्यन्त गम्भीर छ।अघिल्लो चरणमा घरहरु जले, सिंहदरबार, अदालत, संसद भवन जल्यो,स्थानीय निकायका कार्यालय जले तर त्यो चरणले पनि सम्बन्धित पक्षको उद्देश्य पूरा गर्न सकेन।यसको अर्थ के होरु अब हिंसाको स्तर संरचना ध्वस्तताबाट व्यक्ति तर्फ सर्ने सम्भावना अत्यन्त उच्च र प्रवल बन्दै गएको सम्भावनाला नकार्न सकिदैन। हामी अब यो अनुमान गर्न सक्छौ, अब ब्यक्ति हत्याको शृङ्खला बढ्नेछ।सुरुमा संसदिय पार्टीभित्रका “वाधक” पात्रहरू निशानामा पर्नेछन्।त्यसपछि क्रमशः अरू क्षेत्रमा फैलिनेछ, राज्यलाइ पूर्ण अस्थिरता तिर लैजाने छ।
६. समाधानको मार्ग राष्ट्रिय एकता
राजनीतिक शर्तसहितको राष्ट्रिय एकता आजको आवश्यकता हो।आजको परिस्थितिको जुन सबैभन्दा बलियो पक्ष हो। तर राष्ट्रिय एकता सम्भव हुन भ्रष्टाचार गरेका नेताहरूले सम्पत्ति राज्यलाई फिर्ता गर्नुपर्छ,राष्ट्रघातप्रति नेपाली जनतासमक्ष आत्मालोचना गर्नुपर्छ, देश बचाउन सच्चा राष्ट्रिय एकताको आव्हान गर्नुपर्छ यो बिनास्
राष्ट्रिय एकता नारामा सीमित हुन्छ, व्यवहारमा सम्भव हुँदैन।
७. निष्कर्ष
यो लेख चेतावनी मात्र होइन, ऐतिहासिक दस्तावेज प्रमाणित हुनेछ। यो लेख एउटा विश्लेषण मात्र होइन –यो चेतावनी हो।यो ऐतिहासिक अभिलेख हो,यो नेपाली राज्यलाई दिएको अन्तिम राजनीतिक चेतावनी र संकेत पनि हो। यदि अहिले पनि सत्ताधारी दलहरूले आत्मालोचना गर्दै अग्रगामी पक्षधर शक्तिको नेतृत्वमा सर्वदलीय स्वाधीन सरकार निर्माण गर्नेतिर ध्यान दिएनन भने स्थिति भयावह मात्र होइन, नियन्त्रण बाहिर जाने निश्चित छ र त्यो दिशामा परिस्थिति निर्माण हुँदै गएको स्पष्ट देखिन्छ।

