साम्राज्यवादी र विस्तारवादीहरुले नयाँ नयाँ दलाललाई अगाडि सारेका छन् : सीताराम तामाङ

 

 

(माओ दिवसका सन्दर्भमा २०८२ पौष ११ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सीताराम तामाङकोको मन्तव्य)

कामरेडहरू,

आज माओ दिवस हो। माओ दिवसको उपलक्ष्यमा हामीले सभा गरिरहेका छौं। माओ त्सेतुङ त्यस्ता वीर योद्धा हुनुहुन्थ्यो जसले अर्धसामन्ती तथा अर्ध उपनिवेशिक अवस्थामा रहिरहेको चीन र त्यहाँका जनतालाई दीर्घकालीन जनयुद्धको माध्यमबाट अर्धसामन्ती र अर्ध उपनिवेशिक अवस्थाको अन्त्य गर्दै नयाँ जनवादको स्थापना गर्दै समाजवादमा लैजाने कार्यको नेतृत्व गर्नु भयो ।  माओ त्सेतुङ  त्यस्ता व्यक्ति थिए जसले जहिले पनि माथि हेर्दथे । माओले एउटा उदाहरण दिएका थिए –चङ्गेज  खाँ । त्यो महान व्यक्ति चङ्गेज  खाँलाई हेर । जसले उडिरहेको बाजलाई तीरले कसरी खसाल्नु पर्दछ भन्ने जान्दथे। हो तिनै चङ्गेज खाँलाई हेर। माओले भनेका थिए , विगतलाई नहेर वरिपरिका बाजहरुलाई हेर । त्यस्ता वीर योद्धा माओका हामी अनुयायी हौँ। माओले मार्क्स, लेनिन, स्टालिनलाई हेरे ; छिमेकी मुलुक भारतमा साम्राज्यवाद विरुद्ध लडिरहेका गान्धीलाई हेरे ।  वरिपरिका युद्धरत जनतालाई हेरे र चीनलाई मुक्त  गर्ने नेतृत्व गरे। त्यो महान व्यक्ति माओका हामी अनुयायी हौँ। हामी झुक्न जान्दैनौ । हामी मास पार्टी होइनौँ।  हामी क्याडर्स पार्टी हौं।हामीलाई मासको धाग लगाउनु छैन, सिंहको बच्चा डमरु सिंह नै हुनु पर्दैन । ऊ बच्चैदेखि लड्न जानेको हुन्छ। भविष्यमा उसले लड्नुपर्छ भन्ने कुरा जानेको हुन्छ। हामी लड्नका निम्ति जन्मिएका हौँ। लड्नुपर्छ भन्ने कुरा हामीलाई थाहा छ।

लम्पसारवादीहरूले, स्वाधीनताको भावना हराएकाहरूले यो देशलाई र यहाँका जनतालाई धोका दिँदै आइरहेका छन्। हामी देश र जनतामाथि धोका दिन चाहँदैनौं। आज नेपाली जनताले हामीमाथि पनि औलो ठडाएको । अहिले पो तिमीहरु सत्तामा छैनौ र स्वाधीनताका कुरा, जनताका कुरा गरेका छौं । तिमीहरु पनि सत्तामा गयौ भने ओली र प्रचण्ड जस्तै त हुने होइनौं भन्ने आधार के छ भनेर हामीमाथि पनि जनताले औलो तेर्साएको छ । हो अहिले हामी त्यो आधार खोजिरहेका छौ । हामी बाघका डमरु हौं । हामी झुक्नेवाला छैनौ । नयाँ सिराबाट युद्ध उठाउँछौं।

आज हामी जनसंघर्षबाट उठ्दैछौँ। त्यसपछि हामी प्रतिरोध संघर्षमा जानेछौं। त्यसपछिका दिन वारपारका दिन हुनेछन्। त्यो संघर्षमा जनताको पक्षबाट नेतृत्व हाम्रो पार्टीले गर्नेछ।  अङ्ग्रेजले साम्राज्यवादी शासन विस्तार गर्दै गर्दा यहाँ नेपालमा पृथ्वीनारायण शाहले सामन्ती शासनको विस्तार गर्दै थिए। साम्राज्यवादी राज्यविस्तार र सामन्ती राज्य विस्तारको टक्करका बीचमा साम्राज्यवादी राज्यविस्तारका अगाडि सामन्ती राज्य विस्तारले हार खायो। त्यसपछि नेपाली सत्ता झुक्यो र त्यसपछि अहिलेसम्म उठेन। अर्ध उपनिवेश त्यहीबाट सुरु भयो। त्यही बेलादेखि नेपालीहरूलाई विदेशी भर्तीमा पठाइयो ।  अहिले पनि भारतमा ३७ हजार नेपालीहरु भारतीय सेनामा कार्यरत छन्। डेढ लाख नेपालीहरू त भूतपूर्व सेना नै छन्। काङ्ग्रेसले कोशी बेच्यो, गण्डकी बेच्यो ,शेरबहादुर देउवा र ओली मिलेर महाकाली बेचे। लिपुलेक दिए ,क्रान्ति गरेर आएका भनेका प्रचण्ड र बाबुरामले विपा राष्ट्रघाती सम्झौता गरे। 

उतातिर विदेशीका दलाल बनेर लम्पसारवादी त भए भए यतातिर देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाए। सबैले बुझ्ने कुरा छ  एमाले त्यसले तल्लो संसदबाट पारित गराएको थियो।सबैले बुझ्ने पर्नेकुरा छ, एमालेले तल्लो सदनबाट भूमि बैंक पारित गराएको थियो। अहिलेको यो जेन्जी सरकारले किसान विरोधी भूमि बैंक बारे कानुन पारित गर्यो। कर्पोरेट फार्मिङ मार्फत किसानहरूलाई जग्गाविहीन बनाउने र सर्वहारा बनाउने कानुन बनाएको छ। हामी कम्युनिस्टहरूको काम किसानहरूको अधिकारलाई सुरक्षित गर्ने हो। हामी नयाँ जनवाद हुँदै समाजवादमा जाने हो। हाम्रा नेपालीहरूले वर्षमा १४ खर्ब रुपैयाँ रेमिटेन्स पठाएका छन्। तिनै विदेशमा पसिना बगाउने नेपालीहरुले रेमिटेन्स पठाएर देश चलेको छ। थोरै यहाँका शासकहरुले देश चलाएका छन् ? यिनीहरु त भ्रष्टाचारमा लिप्त छन्। वाइडबडी काण्ड, गिरी बन्ध टिस्टेट काण्ड जस्ता भ्रष्टाचारका घटना घटाएका छन् । नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर बेचेका छन् । भ्रष्टाचारले देश आक्रान्त छ। ओली, प्रचण्ड र देउवाको सरकार इतिहासमा सबैभन्दा बढी धेरै गहनायो। बदनामित भयो। साम्राज्यवादी र विस्तारवादीहरुले विचार गरे कि अब यिनीहरुबाट हुँदैन। अब नयाँ दलाललाई ल्याउनुपर्छ भनेर उनीहरुले नयाँ दलाललाई अगाडि सारेका छन् । अब चुनाव भएपनि नभएपनि यो देशमा दलालहरुले नै शासन गर्न तम्सिएका छन् । अहिले हामी अघोषित विश्व युद्धमा छौं । युक्रेनको २० प्रतिशत भूभाग रूसले खायो र त्यहाँका प्राकृतिक स्रोत साधनहरू अमेरिकाले खायो। जेलेन्सकीले नौटंकी गरिरहेको छ । त्यस्तै यहाँ पनि साम्राज्यवादीहरुले जेलेन्सकीहरु जन्माउँदै छन् । जुन देशमा थिति हुँदैन त्यहाँ बेथिति हुन्छ जहाँ बेथिति हुन्छ त्यहाँ गुण्डाले राज गर्दछ। अहिले हाम्रो देशमा गुण्डाले राज गरिरहेको छ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित