–चिन्तामणि पौडेल
(माओ दिवसका सन्दर्भमा २०८२ पौष ११ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ,पि.बि.एम. तथा ९ नम्बर व्युरो सचिव चिन्तामणि पौडेलको मन्तव्य )
आज २६ डिसेम्बर कामरेड माओसेतुङ जन्मिएको १३२ वर्ष पूरा भएर १३३ औँ वर्षमा प्रवेश गरेको छ। यस सन्दर्भमा विश्वभरि माओ दिवस मनाइँदैछ। माओले साम्राज्यवादीहरू कागजी बाघ हुन् भन्नुभएको थियो । चीनको समाजमा जापानी साम्राज्यवादले उत्पीडन थोपरेको थियो । माओको नेतृत्वमा चिनियाँ जनताले जापानी साम्राज्यवादलाई चीनबाट लखेटेर साम्राज्यवादीहरू कागजी बाघ हुन् भन्ने पुष्टि गरिएको थियो ।
यदि हामीले माओका योगदानहरूलाई, उहाँले दिनुभएको पदप्रदर्शनलाई आत्मसात गर्न सकेनौं भने आजको युगमा मार्क्सवाद , लेनिनवाद , माओवादको पनि विकास गर्न सक्ने छैनौ । त्यसैले आजको युगमा हरेक क्रान्तिकारी आन्दोलनमा माओका योगदानहरूलाई हामीले आत्मसात गर्न जरुरी छ। माओका सैद्धान्तिक पथदर्शनलाई अङ्गीकार नगरिकन सर्वहारा वर्गको मुक्ति पनि सम्भव छैन। आफूलाई माओवादी अनुयायी हौँ भन्नेहरुले माओ विचारधारा वा माओवादी सिद्धान्तलाई छोड्दै गइरहेको अवस्था छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललेमाओको सिद्धान्त बलियोसँग पक्रिनुपर्छ भन्ने मान्यता राख्दछ। माओले दिनुभएको शिक्षा, उहाँले प्रदान गर्नुभएको प्रेरणालाई हामीले नसम्झिने हो भने हामी सही दिशामा अगाडि बढ्न सक्ने छैनैौ ।
मावले विश्व परिस्थितिलाई ठीक ढंगले बुझ्नुभएको थियो। सर्वहारा क्रान्ति अगाडि बढाउने र साम्राज्यवादको विरुद्ध संघर्ष गर्ने प्रश्नमा माओले स्पष्ट वैचारिक अडान लिनुभएको थियो। हाम्रो पार्टीले जनसंघर्ष, प्रतिरोध सङ्घर्ष र सशस्त्र जनविद्रोहको कार्यदिशा तय गरेको छ। यो कार्यदिशालाई कार्यान्वयन गर्नका निमित्त माओका शिक्षाहरू अहिले पनि उत्तिकै सान्दर्भिक छन्। हामीले अहिले संसदीय निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छौं । हाम्रा यी कार्यनीतिहरुले हाम्रा एकता महाधिवेशनले पारित गरेका ती कार्यदिशालाई बल पुर्याउने छन् ।

