(माओ दिवसका सन्दर्भमा २०८२ पौष ११ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कँडेलको मन्तव्य)
विश्व सर्वहारा वर्गका महान नेता , मार्क्सवाद, लेनिनवाद , माओवादलाई विकसित तुल्याउने प्रतिभा कामरेड माओ त्सेतुुङलाई आज सम्झने दिन हो।
हाम्रो यो जनसभा भिन्न परिस्थितिमा हुन गइरहेको छ। र संसदवादी पार्टीहरूले हाम्रो यो जनसभालाई फरक ढंगले हेरेको हुनुपर्छ। हाम्रो पार्टी सर्वहारा वर्गको अग्रदस्ता पार्टी हो।
माओले चिनिया समाजका अन्तरविरोधहरू लाई बुझ्नुभयो। उहाँले जापानी साम्राज्यवादका विरुद्धमा संघर्ष गर्नुभयो । सैद्धान्तिक, राजनैतिक, वैचारिक र भौतिक रुपमा आफै अगुवाई गरेर चीनलाई मुक्त गर्ने आन्दोलनमा उहाँ लाग्नुभयो। मुक्ति सङ्घर्षको नेतृत्व गर्नुभयो र मार्क्सवादलाई विकसित तुल्याउनुभयो। माओका योगदानहरूलाई नमान्ने, माओवादलाई नमान्ने आजको युगमा कम्युनिस्ट हुन सक्दैन।
यहाँ कम्युनिस्टको नाममा ठग्न चाहनेहरू, कम्युनिस्टलाई बदनाम गर्नेहरू मार्क्सवाद –लेनिवादलाई भ्रष्टीकरण गर्नेहरूको बोलवाला छ । ती अवसरवादीहरू हुन्। ती संशोधनवादीहरू हुन् । तिनीहरूले वर्गीय चेतनाको विषयलाई छोडिसकेका छन्। साम्राज्यवादको चाकडीमा लागेका छन्। तर उनीहरुले नाम कम्युनिष्टदिएका छन् । साम्राज्यवादी तथा पुँजीपतिहरूले आफुले यहाँ राज गर्न पाउने सर्त राखेका छन् ,ती शर्तहरुलाई संशोधनवादीहरुले स्वीकारेका छन् ।
साम्राज्यवादीहरूले चुनावी नाटक गरेर जनतालाई ठग्ने प्रक्रिया अगाडि बढाएका छन्। तर यहाँका युवाहरूलाई श्रम गर्न विदेश पठाइएको छ । कल कारखानाहरू निजीकरण गरेर बिक्री वितरण गरिएको छ । भन्दाखेरि समाजवाद उन्मुख भनिएको छ तर व्यवहारमा न उदारवादलाई लागू गरिएको छ । पुराना साम्राज्यवादका दलालहरू जनताका बीचमा नाङ्गिएपछि साम्राज्यवादीहरूले नयाँ दलाल नियुक्त गर्ने प्रक्रिया थालेका छन् । हामी यो साम्राज्यवादी स्वार्थपूर्तिका निम्ति अगाडि सारिएको निर्वाचन बहिष्कार गर्न गइरहेका छौं । हामी आम जनतालाई हाम्रो यो बहिष्कारको आन्दोलनलाई मद्दत गर्न हुन आग्रह गर्दछौं ।

