ऊ (कविता)

प्रतिभा पौडेल

तिमीले जति धकेले पनि
ऊ खस्दैन
ऊअडिग छ
सत्यको बाटोमा छ
तिमीलाई डर छ
तिमीसङ्ग शक्ति छ
र पो पेल्न खोज्दै छौ
नहार्नेलाई हराउन नखोज
त्यो आत्मघाती हुनेछ।

मेकअप गरेको सुन्दरताले
क्षणिक सौन्दर्य देला
तर
अन्ततः तिमी तलै झर्ने हो
किनकि तिमी सत्यमा होइन
शक्तिमा मात्र सीमित छौ।
विजयको लागि
पहिला सत्य
अनि शक्ति हो चाहिने
दुनियाँ बदल्ने हिम्मत गरेको मानवलाई
गलाउन नखोज
नगल्ने धातुले बनेको छ ऊ।

हेर आफै उसलाई
त्यो चम्किएर आएको छ
रातो झण्डा बोकेका मात्र होइन
राइफल बोकेका पनि ऊ सङ्ग छन्
हेर त उसलाई
त्यो कर्णालीमा छ
महाकालीमा छ
कालीगण्डकिमा छ
राप्तीमा छ
भेरीमा छ
मधेशमा छ
पहाडमा छ
हिमालम छ
एउटा बन्द कोठामा बसेर उसलाई
धपाउन र हराउन नखोज
तिम्रो कोठा भित्रको षडयन्त्रले

न पछि हट्छ
न भाग्छ
ऊ त झन बलियो भएर
झन जुझारु भएर
मुक्तिको यात्रामा
लाल किल्ला घुम्दै
व्यारेकहरु बनाउदै
जनता जगाउदै
हिडिरहेको छ।

तिमीले बीस नै वमन गरे पनि
ऊ मरेको छैन
ऊ रोकिएको छैन
हेक्का गर तिमीले
शक्ति परिवर्तन हुन्छ
तिम्रो हातको शक्ति खोसिएर जानेछ
त्यो दिन तिमी उसको पछि नहिड्नु
किनकि
ऊ क्रान्तिको बाटोमा छ
कठिन बाटोमा छ
महान यात्रामा छ
श्रमजिवी जनताको साथमा छ ।

 

सेतेले
कालेले
हर्केले
साइलिले
चम्पाले
चमेलिले
जलजलाले उसलाई नै साथ दिएको छन्
किनकि ऊ उनीहरुको माझमा छ
जनताको बीचमा छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित