हामी व्यवस्थाको इन्जिन परिवर्तन गर्न चाहन्छौं

 

 

दीपक पौडेल

( क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तुका इन्चार्ज दीपक पौडेलले २०८२ पौष २८ गते कपिलवस्तु जिल्लाको ४ नम्बरमा मसाल जुलुसपछि सम्पन्न कोणसभामा राखेको मन्तव्य )

हामीले यो निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छौं। संसदीय व्यवस्थाले नेपाली जनताको समस्या समाधान गर्न सकेन । आज कुनै पनि क्षेत्र सन्तुष्ट छैन। किसान, मजदुर,व्यापारी, बुद्धिजीवी, व्यवसायी,शिक्षक, कर्मचारी कुनै पनि क्षेत्रका मानिसहरु सन्तुष्ट छैनन् । संसदीय व्यवस्थाले देश र जनताको समस्या समाधान गर्न सकेन यो संसदीय व्यवस्था दिनप्रतिदिन बदनामीित हुँदै गइरहेको छ । र यो जनविरोधी व्यवस्था झन् पछि झन् मक्किदै गएको छ।नेपाली जनताले अब यो व्यवस्थालाई आशा र भरोसा गर्न छाडेका छन्। त्यसैलाई छोपेर जनताको यही मनस्थितिलाई दुरुपयोग गरेर अमेरिकी साम्राज्यवादको इशारामा यहाँ जनजीविद्रोह गराइयो। प्रेमजी विद्रोह गराइसकेपछि यहाँ निर्वाचनको मिति तोकिएको छ। त्यसबाहेक यहाँ केही हुन सकेको छैन। गाडीको इन्जिन बिग्रियो भने त्यहाँ डेन्टिङ पेन्टिङ गरेर हुँदैन। व्यवस्थाको पनि भित्री इन्जिन पाठपुर्जाहरू बिग्रिए भने व्यवस्थालाई बाहिर रङ्गरोगन गरेर हुँदैन। त्यसको इन्जिन परिवर्तन गर्नुपर्दछ भ्रष्ट व्यवस्था परिवर्तन गर्न चाहन्छौं। 

यो संसदीय व्यवस्थाले तपाईं हाम्रा समस्या समाधान हुँदैनन्। एक थान मन्त्री फेर्दैमा, एक थान सांसद फेर्दैमा यो व्यवस्थाले नेपालको रोजगारीको समस्या समाधान गर्नेवाला छैन।दलित महिला सुकुम्बासी पिछडिएका समुदाय किसान मजदुर कसैको पनि यो व्यवस्थाले समस्या समाधान गर्नेवाला छैन। त्यसकारणले गर्दा हामीले भनिरहेका छौं कि यो कठपुतली सरकारको अन्त्य गरेर त्यसको ठाउँमा किसान मजदुर देशभक्त क्रान्तिकारी र वास्तविक जिएनजीहरूको नेतृत्वमा एउटा स्वाधीन संयुक्त सरकार गठन हुनुपर्दछ। त्यस दिशामा अगाडि बढेमा नै हामीले देश र जनताका आधारभूत समस्याहरुलाई समाधान गर्न सक्नेछौँ ।

चुनाव लडेर वा चुनावी प्रक्रियाबाट हामीले जनताको व्यवस्था स्थापना गर्न सक्दैनौँ। यो चुनावले सकारात्मक राजनीतिक निकास दिनेवाला पनि छैन। त्यसकारण हामीले यो संसदीय निर्वाचन बहिष्कार गर्ने कार्यक्रम लिएर तपाईंहरूको बीचमा हामी आएका छौं । 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित