कहिल्यै ननिभ्ने दीपक

घननाथ सापकोटा ‘विकास’

मानिसको भौतिक शरीर यस धर्तीमा जन्मन्छ, हुर्कन्छ, बढ्छ, वयस्क हुन्छ, बढो हुन्छ र एकदिन उ मरेर जान्छ यो ध्रुव सत्य कुरा हो । विषय यो हो कि उसले यस समाजमा कस्तो कर्मको छाप छोडेर गयो भन्ने कुरा प्रमुख विषय हो । कतिपय मानिस सामन्तवादको पक्षपोषण गर्दै देश दुनियाँ भन्दा पनि नितान्त आफ्नो स्वार्थको लागि बाँचेका हुन्छन् । यिनीहरुले देश जनताको कुनै चाँसो राख्दैनन् यस्ता मान्छेको मरण प्वाख भन्दा पनि हलुङ्गो हुन्छ । जो मानिस आफ्नो स्वार्थ भन्दा माथि उठेर देश र सिंगो मानव समाजको उन्नतिको लागि जीवन खर्चेर मरेर जान्छन् । त्यस्ता मान्छेको भौतिक शरीर मरेर गए पनि यो ब्रहमाण्ड रहँदासम्म उनका विचार र असल कर्मले गर्दा उनीहरु अमर हुन्छन् । यसो पनि भन्न सकिन्छ एकथरी मान्छे बाँचेर पनि ज्यूँदै मरेका हुन्छन् अर्काथरी मान्छे मरेर पनि बाँचिरहेका हुन्छन् ।

२०० वर्षको निरङ्कुस राजतन्त्र १०४ वर्षको राणा शासनले देश सामन्तवादको ठूलो चक्रव्यूहमा फाँसी रहेको थियो । देशमा मुठ्ठीभर शासकहरुलाई चयन थियो भने नेपाली जनताको अवस्था जर्जर र दयनीय अवस्थाबाट गुज्रिरहेको थियो । जनताहरु उकुसमुकुस अवस्थामा बाँचिरहेका थिए । देशमा परिवर्तनको खाँचो थियो । आमूल परिवर्तन वेगर नेपाली समाज उन्नत बन्न सक्दैन्थ्यो देशमा जनवादी क्रान्तिको जरुरी थियो । यस प्रकारको क्रान्तिको नेतृत्व कम्युनिष्ट पार्टीले मात्र गर्न सक्दछ ।
नेपालमा वि.स. २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले जन्मकालदेखि नै विभिन्न टुटफुट दक्षिणपन्थी अवसरवादका विरुद्ध वृहत अन्र्तसघर्षको विकास गर्दै चितवनको माडीमा भएको एकता महाधिवेशनबाट दीर्घकालिन जनयुद्धको लाइन पास गरे पछि वि.स. २०५१ सालमा पार्टी भित्रका दक्षिणपन्थ अवसरवादलाई पाखा लगाउँदै माक्र्सवाद–लेनिनवाद माओवादको पथप्रर्दशक निर्देशन विचार अनुसार पार्टीको नाम पनि ने.क.पा. (माओवादी) राख्ने काम भयो । सोही पार्टी ने.क.पा. (माओवादीले वि.स. २०५२ साल फागुन १ गते दशै भरी पुरानो राज्यसत्ताको अखडामा फौजी कारवाही गरेर दीर्घकालीन जनयुद्धको घोषणा ग¥यो जसको उद्देश्य समान्तवादको जगमा टिकेको प्रतिक्रियावादी राज्यसत्ताको समुल नष्ट गरी जनवादी राज्य व्यवस्था स्थापना गर्नु मुल उद्देश्य रहेको थियो । जनयुद्ध शदिऔंदेखिको नेपाली जनतामाथिको उत्पीडन, थिचोमिचो, अन्याय, अत्याचारको विरुद्धको विद्रोह थियो । नेपाली जनता माथिको शोषणबाट मुक्त हुने मुक्तिपथ थियो जनयुद्ध । नेपाली जनताले जनयुद्धमा आफ्नो मुक्तिको सपना देखेका थिए । जसका कारण नेपाली जनताहरु एकपछि अर्को गरेर महान् युद्धमा लामबद्ध हुने कम तीव्ररुपमा अगाडि बढिरहेको थियो । राजनैतिक रुपमा पार्टी सेलदेखि केन्द्रीय समितिसम्म संगठनलाई व्यवस्थित र मजबुत बनाउँदै विचार र बुझाइमा एकरुपता कायम गर्दै पार्टी हेडक्वाटरलाई मजबुत बनाइएको थियो । राजनैतिक सत्ताको क्षेत्रमा आफ्नै जनसरकार निर्माण गरेर जनताले परिवर्तनको अनुभूति गर्न पाउनुको साथै ठाउँको ठाउँको न्याय पाएका थिए । वि.स. २०६२ सालसम्म आइपुग्दा ८०% भू–भाग माओवादी पार्टीको कब्जामा आइसकेको थियो । नेपाली जनताले विस्तारै नयाँ सत्ताको अनुभूति गर्ने अवसर मिलेको थियो । जनयुद्धको विकासले जनजाति आदिवासी पिछडिएको वर्ग, महिला, दलित सम्पूर्णलाई संगठित गर्ने र आफ्नो मुक्तिको लागि संघर्ष गर्ने विचारको विकास ग¥यो । छोटो समयमा नेपाली जनताको चेतनास्तर हवात्तै माथि उठायो । सैन्य क्षेत्रमा स्क्वायड हुँदै डिभिजनस्तरको सैन्य फर्मेसन निर्माण भएको थियो । नेपाली आमाका छोरा छोरीहरु यस मुक्ति आन्दोलनमा सहभागी हुने र परिआए देशको लागि बलिदानको कोटा चुक्ता गर्ने कसम खाएका नेपाली आमा सर्वोत्कृष्ट छोराछोरीहरुले प्रतिक्रियावादी राज्यसत्तामा हेडक्वाटरमा धावा बोलिरहेका थिए । थुप्रै जिल्ला सदरमुकामहरु कब्जा भएका थिए । पुरानो सत्ताको पुलिस, सेनालाई हायलकायल पारिरहेका थिए । पुरानो सत्ताका शासकहरु राजनैतिक तथा वैचारिक प्रतिस्पर्धा गर्ने हैसियत गुमाएर फाँसीवादी ढङ्गले देशमा श्वेत आतङ्क मच्चाउन थाल्यो । शेर बहादुरको सरकारले संसारका अगाडि लाज लाग्ने गरी माओवादी आन्दोलनलाई आतङ्ककारी घोषणा गर्ने माओवादी नेताहरुको टाउकोको मुल्य तोक्ने काम ग¥यो । आफुलाई कम्प्युनिष्ट पार्टीको दावी गर्ने नेकपा एमालेले उक्त जनविरोधी कदमलाई सहर्ष अनुमोदन गरेर संसारको अगाडि फाँसीवादी अनुहार देखायो । छापामार युद्धबाट शुरु भएको युद्ध मोर्चावन्दीरुपमा आम्नेसाम्नेमा विकास भएको थियो ।

युद्धमा विजयसँगैं क्षति पनि आवश्यभावी थियो । देउवा सरकार रेवीज लागेको कुकुर झै माओवादको नाममा नेपाली जनतालाई मार्नु सामान्य थियो । अन्तर्राष्ट्रिय जेनेभा सन्धिको उल्लङ्घन गर्दै सर्वसाधारण जनतालाई वेपत्ता बनाउने कब्जामा लिएका जनता तथा माओवादी सेना तथा कार्यकर्तालाई दोहोरो मुठभेडको नाममा सामुहिक हत्या गरिरहेको थियो । माओवादी जनसेना एकबाट खसेको हतियार अर्को योद्धाले उठाउने र जसरी पनि दुश्मनमाथि विजय प्राप्त गर्ने पार्टीको नीति अनुरुप थुप्रै माओवादी नेता कार्यकर्ता सेनाको उच्च वलिदान भएकै थियो । यसै सिलसिलामा नेपाली जनताको मुक्तिको लागि रगतको कोटा बुझाउने कहिल्यै मर्न नपर्ने गरेर ब्राम्हाण्ड रहँदासम्म बाँचिरहने शहिद हुन क. दिपक पन्त (चन्द्र) को जन्म वि.स. २०३४ साल पौष १० गते बागलुङ्ग जिल्ला साविक मुलपानी पञ्चायत वडा नं. ५ नवाराचापाबाट भन्ने ठाउँमा बाबा सूर्यदत्त पन्त आमा चित्रकुमारी पन्तको कोखबाट पहिलो सन्तानको रुपमा भएको हो । उहाँ एकभाई कृष्णपन्त दुइ बहिनी देवी पाण्डे र लक्ष्मी पन्त छन् ।


उहाँको ५ वर्षको उमेरमा खेतमा खेली रहेको समयमामाथिबाट ढुङ्गा खसेर टाउकामा ठूलो चोट लाग्यो उहाँको बाबाले समयमै काठमाडौँ पु¥याएर उपचार गरेर बचाउनु भएको हो । उहाँको परिवार वि.स. २०४८ सालमा पहाड बागलुङबाट चितवन रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको वैरिया मा.वि. मा अध्ययनको सिलसिलामा माओवादी निकट विद्यार्थी सङ्गठन अ.ने.स्व.वि.यु (क्रान्तिकारी) मा सङ्गठित भएर माओवादी जनयुद्धलाइै साथ र समर्थन गर्नु भयो । देशमा जनयुद्धको आगो दनदनी बलिरहेको रहेको अवस्थामा एक क्रान्तिकारी चेत भएको युवा किन चुप लागेर बस्न सक्दथ्यो र उहाँ कक्षा ९ मा अध्ययन गरिरहेको अवस्थामा उहाँले आफ्नो सम्पूर्ण समय पार्टी क्रान्तिप्रति समर्पित गर्ने उद्देश्यका साथ २०५६ सालमा पूर्णकालीन भएर जनमुक्ति सेनामा सामेल हुनु भयो । यसरी १० वर्षे जनयुद्धले सुतेकालाई व्युँझायो, उठेकालाई हिंडायो हिडेकालाई दगुरायो र थुप्रै लडाइको मोर्चामा क. दिपकपन्तले भाग लिनु भयो पाइला पाइलाको जोखिमबाट पार्टीको योजना कुशलतापूर्वक पुरा गरिरहनु भएको थियो ।
थुप्रैपटक दुश्मनसँग घेरा तोड्दा घाइते पनि हुनु भयो । उहाँको जनमुक्ति सेनामा सेक्सन भोइस कमाण्डारको जिम्मेवारी थियो । आखिरी हामीले जे विषय चाहेका थिएनौं । त्यही विषयको सामाना गर्नु प¥यो जुम्ला सदरमुकाम खलङ्गाको सफल आक्रमण पछि जनमुक्ति सेनाको टे«निङ्ग सकेर पूर्वतिर फर्कदै गर्दा बाटोमा गुल्मी र प्युठानको बीच अर्खवाङ्गमा भिडन्त भयो । त्यस भिडन्तबाट घेरा तोडेर अगाडि बढदै गर्दा अर्को घेराको सामना गर्नु प¥यो । जसमा क. कामनालाई गिरफ्तार ग¥यो । क. अशोक र क. दिपक पन्त (चन्द्र) लाई २०५९ साल माघ १० गते दोहोरो भिडन्तको नाममा दुश्मनले गोली हानेर मार्ने काम ग¥यो । नेपाली आमाका सर्वोत्तम छोरा छोरीहरुले अमरत्व प्राप्त गरे ती महान् शहिद क. दिपकपन्त (चन्द्र) क. अशोक प्रति हार्दिक श्राद्धाञ्जली अर्पण गर्दछु । साथै ती राता मान्छे जन्माउने बाबाआमा प्रति उच्च सम्मान प्रकट गर्दछु ।
क. दिपक पन्त उहाँ अत्यन्त इमान्दार, सरल, कर्तव्यनिष्ट क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो आफुमाथि परेको जिम्मेवारी जसरी पनि पुरा गर्ने उहाँको प्रमुख विशेषता थियो । उहाँ धेरै नबोल्ने आवश्यक ठाउँमा आवश्यक विषयमा मात्र खुलेर आफ्ना विचार राख्नु हुन्थ्यो । उहाँ घर व्यवहारमा पनि कुनै काम गर्ने योजना बनेपछि ३ जनाले गर्ने काम एक्लै गर्नु हुन्थ्यो आज कर्मवीर योद्धाको बलिदानबाट संसदीय पार्टीको नेताहरु सत्तामा पुगेर भत्तामा डुबुल्की मारिरहेका छन् । रामवरण, विद्या भण्डारी, खड्गवली, शेरबहादुर र प्रचण्डहरुले सत्तामा राइँदाइँ गरिरहेका छन् । दश वर्षको जनयुद्धका अपाङ्ग, घाइतेहरुको गोलीका घाउहरु बल्झेर ओच्छयाना ऐ ऐ भनेर मृत्युको दोसाँधमा बाँचिरहेका छन् । त्यत्रो वलिदान गर्ने शहिदका परिवारहरुले घरमा एकसरो लगाउने कपडा र एक मानु पिठोको अभावमा बाँच्न परिरहेको छ । खबरदार! शहिदको रगत पक्का पनि खेर जाने छैन हामी बाँचेकाहरु उहाँहरुको विचारको जगमा टेकेर शहिदमा बाँकी सपना अवश्य पुरा गर्ने छौं । यो देशमा जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवाद स्थापना गरी सम्पूर्ण नेपाली जनतालाई अधिकार सम्पन्न गरी छाड्ने छौं । बाटो जतिसुकै कठिन भए पनि परिवर्तनको विकल्प छैन । अन्तमा पुन क. दिपक पन्तलाई हार्दिक श्राद्धाञ्जली अपर्ण गर्दै लालसलाम ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित