नुन कि सुन ?

जेसी सिंजाली, सूर्य थापा
सहरमा सुन दिने भन्दा गाउँमा नुन दिनेलाई नै साथ दिनु आजको समयको माग हो भन्दा फरक नपर्ला । किन कि यतिबेलाको समय चुनावी माहोलमा तातिरहेको छ कि ठगहरुको लहर गाउँ गाउँमा कुदिरहेका छन् । सिधा साधा जनतालाई झुक्याउने मीठा सपना बोकेर निर्वाचनको लागि भन्दै गाउँ पसिरहेका छन् ।
विदेशी भूमिमा कठोर परिश्रम गरेर देशको अर्थतन्त्र उठाउनमा सहयोग पु¥याउने विदेशी भूमिमा रहेका सबै नेपालीहरुमा तपाईंको एउटा भोटको ठुलो महत्त्वपूर्ण अर्थ रहेको छ । तपाईंहरु देश फर्कनु भन्दै सन्देश प्रवाह र आफ्ना जनवर्गीय संगठनहरुको भेला र चुनावी सभा गरी देश भित्र्याउन लागिरहेका छन् । । सबै तिर बाट प्रश्न उठिरहेको अवस्थामा नेपाली जनता चुनावी लहरमा बगिरहेका छौँ । यतिबेला विगतमा जनता लाई बिर्सेर आफ्नो स्वार्थमा लागेकाहरुलाई सघाउनु राम्रो होइन । किन कि विगतले हामीलाई यथार्थमा बुझाइसकेको छ । यहाँ सहरको सुन र गाउँमा नुनको अर्थमा पनि यथार्थ हो । जहाँसम्म अहिले केही नयाँ अनुहारहरुको पनि आगमन भएको छ । उनीहरु पनि पुराना भन्दा केही फरक छैनन् । कोही करोडौंको गाडी त कोही हवाई उडानमा रहेका छन् र कोही महाको भ्रष्टाचारी रहेका छन् । उनीहरु आफुलाई नै राम्रो भन्दै चुनावी प्रचारप्रसारमा आएका छन् । यहीँ जमातले भन्दैछन्– देशमा सुशासन हाम्रो यात्राले गर्नेछ । यस्ता खालका झुठका नारा बोकेर गाउँ गाउँमा उत्रिएको अवस्था छ । नुन र सुनको गुनासो सुनाउदै शहर भन्दा गाउँमै रमाइलो वातावरण रहेको भनिरहेका छन् । हामी तपाईंहरुको गाउँलाई प्रमुखता दिनेछौं भन्दै गाउँ पसेकाहरुलाई हामी कुन तरिकाबाट विश्वास गर्ने ?
हिजोका युद्धका नकारात्मक नाइकेहरुका स्वार्थीहरु , हजारौंको बलिदानलाई घात गरी संसदीय दलदलमा फसेकाहरु हामी परिवर्तन खातिर लडेका हौं हामी न्यायकोलागि तपाईहरु कै साथमा छौँ ,जस्तोसुकै अवस्थामा पनि एकसाथ छौँ भन्न कत्ति पनि शर्म मानेका छैनन् । त्यसकारण हामी सचेत नागरिकको नाताले स्वाधीन संयुक्त सरकारको माग गर्दै आगामी संसदीय चुनावको बहिष्कार गर्नु विकल्प अरु केही हुनेछैन । गाउँमा नुन र सुनको कथाहरू बोकेर आउने हरुलार्इ, सहरको न्यानो र मिठो भाषालाई बहिष्कार गर्नु नै आजको आवश्यकता हुनेछ । विगतमा भ्रष्टाचारको बिल्ला भिरेका गद्दारहरुको टोलीलाई जनताले नचिने सम्म देश र जनताले सास्ती पाउने छन् । त्यसकारण हामी नुन र सुनको काहानीलाई बहिष्कार गरौं ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित