-टेकहरि न्यौपाने
एक देश थियो हस्तिनापुर सबै ध्वस्त भई बन्यो चकनाचुर
अन्धा धृतराष्ट्र र जाली सकुनी मामको थियो एउटै सुर
दूर्योधन राजा बन्न चाहन्थे यो मिले तीनैजना बने असुर
धृतराष्ट्र दूर्योधन सकुनी तिनै जना बने भष्मासुर।
हस्तिनापुरका सिधासाधा जनताको के थियो र कसुर
अपिल गरे सबैले किन बन्छौं नबन भास्मासुर
यस्तै ग¥यो भने ध्वस्त हुन्छ सबै हुन्छ चकनाचुर
गर्जिन थाले झन तीनैजना सम्झे आफैलाई मसुर ।
सकुनीको झुटा आशामा अनि जाली पाशामा फस्यो हस्तिनापुर
ध्वस्त भयो सबै राम्रै थियो देश तर के गर्नु बन्यो चकनाचुर
मेरो देशमा पनि धृतराष्ट्र, दूर्योधन मिलाएका छन् तालसुर
कतै मेरो देश पनि ध्वस्त बनाउने हुन कि बनाउने हुन चकनाचुर ।
रातारात सकुनी पासा फाली बनेका छन् अति चतुर
वत्तिस पैतिस वर्षसम्म ठग्नसम्म ठगे, अझै ठग्न छन आतुर
परिवर्तनको नाममा ठग्नु ठगे आफू र आफ्ना बनाउन मसुर
संरचना नै जलाए आतंकित बनाए देख्दैनन् आफ्नो कसुर ।
चुनावको डंका पिटिरहेका छन् सुनिरहेका छौ नि हजुर
वैमान र डाँका मिली रहेछन्, फाइदा उठाउन भरपुर
जनतालाई मूर्ख बनाउन फेरि गरिरहेछन् सारसुर
विदेशीसँग लम्पसार पर्छन दलाल हुन यी भ्रस्मासुर ।
देशभक्त हामी एकजुट भै बन्नु छ अझै अति चतुर
झुट्टा र बेइमानीको पर्खाल भत्काई बढ्नु छ अघि हजुर
निमुखा, दुःखी, महिला, पुरुष जुट्नु छ किसान मजदुर
शोषण र अन्याय निकै नै गरे बनाए हामीलाई मजबुर ।
अझै नि हामी जुटेनौं भने लिनेछन् मजा भरपुर
त्यसैले यीनको भण्डाफोर गर्न हामी निकै आतुर
जालझेलका ताना बुनिरहेका छन् घुमीरहेका छन् असुर
यो व्यवस्था उखेली फाल्न जुटौं है हामी हजुर ।
संसदीय चुनाव बहिष्कार गरौं नछोडौं कुनै कसुर
बदल्नु छ, व्यवस्था बदलौं अवस्था भगाउनु छ जाली असुर
राष्ट्रको ढुकुटी स्वाहा पारी सके ध्वस्त बनाए सब चकनाचुर
संसदीय चुनाव बहिष्कार गरौं भगाउँ जाली भस्मासुर ।

