कविता : श्रीहरु

कृष्ण भक्त महर्जन

श्री तीन
उदायो
सुतायो
श्री पाँच
उदायो
सुतायो
श्री छ
उदाउन खोज्दै
सुतायो ।

प्राकृतिक
या
अप्राकृतिक
जङी ढोङ
श्री तीनको
एकाकी ढोङ
श्री पाँचको
बहुरङी ढोङ
श्री छ को

ख्याल ख्यालमा
स्याल पल्टिँदा
दल दलको
हिलोमा पसेका
श्रीहरु
कहिले लुसिफोरको
काँध जोड्छ
कहिले जेनजीको
काँध जोड्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित