काठमाण्डौ । नेपालमा माघ २६ गते पहिलो पटक सालक सम्मेलन हुने भएको छ । चितवनको माडीमा सालक सम्मेलन हुन लागेको हो । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजना र डिभिजन वन कार्यालयको संयोजनमा सालक सम्मेलन हुन लागेको आयोजकले जनाएको छ ।
वागमती प्रदेश भित्रका डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, हरेक जिल्लाका सामुदायिक वनका प्रतिनिधि र संरक्षणकर्मीहरूको सक्रियतामा सालक सम्मेलन गर्न लागिएको हो । सालक संरक्षित वन्यजन्तुमा पर्दछ
सालक संरक्षणमा हातेमालो गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, विज्ञसहित २०० भन्दा बढीको सहभागितामा सालक सम्मेलन गर्न लागिएको छ । सम्मेलनमा सालकको अहिलेको अवस्था, संरक्षणमा देखिएका चुनौती र भावी कार्यदिशाका विषयमा छलफल गरिने छ । छलफलसँगै सालक संरक्षणका लागि माडी घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ ।
सालक सम्मेलन हुँदै
Comments

