जेसी सिंजाली, सूर्यथापा
हाम्रो समाजमा सीधा र इमानदार जनताको साथले युद्धमा होमिएको थियो माओवादी नेतृत्व । नेतृत्वले दुःखी,गरिब युद्धकालमा लडेकाहरुलाई र सिन्कीको झोलसँगै आटो, पिठो, आफूसँग जे थियोे त्यही दिनेहरुलाई आज भुलेका छन् । जनताले आफ्नो घर युद्धको तयारीमा तालिम दिन उनीहरुलाई सुम्पेका थिए ।
अहिले सिन्कीलाई राम्रोसँग बुझ्ने आँट कसैले गरेको छैन । केवल युद्धमा आतुर हुँदा मात्रै सम्झने जस्तो भएको छ । हामी कसैको घर पुग्दा छिटो छिटो तयारी हुने खालको आहारा चाहिने हुन्थ्यो तर आज उहीँ सिन्की बिरानो भएको छ । युद्धका कामरेडहरुलाई तारे होटलका तयारीमा रहेका खाने भोजनले सजाएका खानाका परिकारहरुको स्वादले सिन्कीको स्वादलाई नै बिरानो बनाएको छ । सिन्कीसँगै हाम्रो युद्धको तयारी फेरि पनि आउने छ । युद्धकालको साथी सिन्कीको झोलसँग खाएको बासी आटो र पिठोको याद बिर्सिइएको छ । सुस्ता,कालापानी ,लिपुलेकलाई बिर्सेसरी भएको छ । उतिबेलाको “सच्चा देश भक्त हौं भने कालापानी जाऊँ ”भन्ने नारा आज सिन्कीलाई जस्तै बिर्सिएका छन् ।
जन सत्तामा आधारित जनताको राज्यसत्ता निर्माणकालागि हामी इमान्दार बनेर सिन्कीको साथ दःुखित जन भावनाका आधारहरु बटुलेर हिँड्न पर्ने भएको छ । जनताका वर्ग दूश्मनहरु हाम्रो युद्धकालको एकतालाई तहसनहस पार्न मोर्चा बन्दी भएको छ ।त्यसकारण हामी हाम्रो सिन्कीसँगको मजबुत एकता कायम राखेर अगाडि लम्किरहने छौँ । देशको राजनीतिमा भर्खरै जन्मेकाहरु देशमा वरिष्ठ बनिरहेका छन् । यस्तो परिवेशमा हाम्रो राजनीति यात्रालाई कुन ढङ्गबाट अगाडि बढाउने भन्ने चिन्तन सबै पार्टी पंक्तिमा उठान गर्नु आजको आवश्यकता रहेको छ । हामी सच्चा क्रान्तिकारीहरुको चिन्तन र व्यवहारमा पनि सुधारको आवश्यकता छन् नवयुवाहरुको आन्दोलनको माग थियोे संसदीय चुनावको ?कहाँ गयो सयौं सहिदहरुको सपना ? खै सहिद परिवारहरुको पीडा बुझ्ने गरी राज्यसत्ताको बागडोर समातेको ? हामी कुन राजनीति लाइनलाई अगालो मार्ने ?राजनीति गर्दा नीति सिद्धान्तलाई केलाउन आवश्यक छ । यो अवस्थामा हामी कुन किसिमको लडाइँ लड्ने ? हामी सबैलाई सही किसिमको राजनीति लाईनको आवश्यकता छ । दशकौंदेखि राजनीति यात्रामा होमिएका क्रान्तिकारी यात्रीहरु अहिले अलमलमा परेको जस्तो । यो नै सही बाटो हो भन्दै संसदीय राजनीतिमा हाम फालेको अवस्था छ ।
युद्धमा होमिएका क्रान्तिकारीहरु अहिले विगतका बाचाहरु भुलिरहेको अवस्था छ । अहिले जनताको मनोबल टुटेको छ । यो टुटेको मनोवललाई हामी हाम्रो सकृयताले उठाउन सक्नेछौं ।आज नयाँ भनौंदाहरुले लिएको नीतिले जनताको समस्याको समाधान र परिवर्तन आउने अवस्था छैन । जनचाहना अनुसारको राज्यव्यवस्था आजको आवश्यकता हो । हामी हाम्रो विचारलाई सही कार्यदिशाबाट बदलिँदो परिवेशमा जनभावनासँग मिलाएर जान सक्छौं यो नै आजको नयाँ वरिष्ठहरुलाई झापड हुनेछ । ताकि हाम्रो क्रान्तिकारी लाईन सफलताको बाटोमा हुनेछ ।
त्यसकारण हामी टुटफुटको बाटो होइन । एकजुटको बाटोमा एक हँुदै जनताको जनसत्ता प्राप्तिको दिशामा अघि बढौं । सच्चा क्रान्तिकारी विचारले भर्खरै जन्मेका वरिष्ठहरुको पर्दाफास गर्नेछ । पुँजीवादी राजनीतिको पर्खाल पुरिनेछ ।

