प्रधानमन्त्री सुशीला कार्कीको पुत्ला दहन

काठमाडौं । केन्द्रीय संयुक्त संघर्ष समिति अन्तर्गतको संयुक्त संघर्ष समिति काठमाडौं उपत्यका समन्वय समितिले प्रधानमन्त्री सुशीला कार्कीको पुत्ला दहन गरेको छ । समितिका नेता कार्यकर्ताहरुले आज दिउसो डिल्ली बजारको पिपलबोट चोकमा प्रधानमन्त्री कार्कीको पुत्ला दहन गरेको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता कार्यकर्ताहरुको अगुवाइमा भएको विरोध प्रदर्शनमा सुशीला कार्की नेतृत्वको कठ्पुलतली सरकार–मूर्दावाद, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिन्दावाद, संयुक्त संघर्ष समिति जिन्दावाद, गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहा गर, संविधान प्रदत्त विचार अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर, फागुन २१ को प्रयोजित निर्वाचन बहिस्कार गरौं, देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गरौं, साम्राज्यवादी दलालहरु होशियार लगायतका नारा लगाइएको थियो ।

विरोध प्रदर्शन तथा प्रधानमन्त्री सुशिला कार्कीको पुत्ला दहन कार्यक्रम संयुक्त सघर्ष समिति काठमाडौ उपत्यकाले आयोजना गरेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित