दुर्घटनामा पर्नु भएका बिन्द्रा राना थारुलाई एकता समाजको सहयोग

पाण्डिचेरी ।  दुर्घटनामा पर्नु भएको विन्द्रा राना थारुलाई अखिल भारत नेपाली एकता समाजले सहयोग गरेको छ । पैदल यात्री बिन्द्रा राना थारुलाई गाडीले ठक्कर दिँदा टाउकोमा गम्भीर चोटलाग्न पुगेको छ । रानाको नेपाल घर जिल्ला कैलाली गोदावरी नगरपालिका ५ निवासी रङगिला राना थारुको श्रीमती बिन्द्रा राना थारु हाल पान्डिचेरीमा कार्यरत हुनुहुन्छ ।मिति २४ फेब्रुअरी २०२६ कादिन साझ ९ः १५ बजेको समयमा श्रीमान श्रीमती लालबहादुर शास्त्री सडक पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेको हो । श्रीमान साथमा भएको हुनेले ठक्कर दिने सवारीलाई समात्ने काम गर्नु भयो र प्रहरीहरु पनि उक्त घटना भएको स्थानमा आए पछि पहिलो प्रथामिक्ता घाइतेलाई हस्पिटल पुराउने काम गर्नु भएछ । राना एक रातको हस्पिटल बसाइँ पछि घर आउनु भयो । त्यस पछि कानुनी कार्यकोलागि प्रहरी चौकी जाने काम भयो । त्यहाँ गए पछि प्रहरीले र स्थानीयहरुले दुई हजार जतिमा मिलौं भन्ने काम गरेछन् । रङगिला राना थारुले अखिल भारत नेपाली एकता समाजलाई जानकारी दिनु भयो । जानकारी पाए पछि अखिल भारत नेपाली एकता समाजका नेताहरु ,पान्डिचेरी नगर समितिको सदस्य र केन्द्रीय सदस्य तुरुन्तै पुगेर एस रंगनादान एसाई सँग र ठक्कर दिने कलिलो युवाका साथ कुराकानी भयो र घाइते संग पनि कुराकानी गरे र अब हामी मुद्दामा जाने या सहमतिमा भन्ने कुराकानी दुवै टोली सँग कुराकानी भयो । अझै एक पटक चेकअपलागि रु पाँच हजार घाइतेलाई उपलब्ध गराउने काम भएको छ । आगामि दिनमा टाउको चोटको कारणले कुनै पनि समस्या आई परेको अवस्थामा सोको जिम्मेवारी गाडीले ठक्कर दिने व्यक्ति हुनुपर्ने छ भनी जीएच हस्पिटलको एमएलसी नम्बर एसेभेन वन थ्री सेभेन र ठक्कर दिने गाडी नम्बर पीवाइओ फाइभ ,क्यू थ्री जिरो एट एट राखि कागजपत्र गरि मिलापत्र गरिएको छ । यस खालका हरेक समस्यामा अखिल भारत नेपाली एकता समाज हरपल जनताको साथ पुग्ने गरेको यथार्थमा धेरै जसोलाई थाहा छ । यात्रा गर्दा सजग हुनुपर्छ कहीँ कतैबाट कुनै सवारी साधनले ठक्कर दिएको अवस्थामा गाडी नम्बर आउने गरि गाडिएको तस्बवर कैद गर्नु र हस्पिटलमा भर्ना भएको तस्वीर पनि हामी सँजग हुनु अति आवश्यक हुने छ किन कि कानुनी कार्यमा जानुपर्ने अवस्थामा हामीलाई प्रमाणको लागि सहज हुने जानकारी पनि संगठनले सबैमा दिँदै आएको छ । अखिल भारत नेपाली एकता समाज घाइते बिन्द्रा राना थारुको स्वास्थ पूर्ण रुपमा स्वास्थ लाभको कामना गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित