हैदरावादमा ११६औंअन्तराष्ट्रिय श्रमिक नारी दिवस कार्यक्रम सम्पन

हैदरावाद । अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण समिति महिला विभागको आयोजनामा ११६औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस कार्यक्रम मिति मार्च ८,२०२६ का दिन सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्ष दिलमाया थापाले गर्नु भएको थियो । अतिथि आसन ग्रहणमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिवालय सदस्य राम प्रसाद पौडेल क्षेत्रीय अध्यक्ष कृष्ण पौडेल कोषाध्यक्ष गोविन्द के.सी ,रक्तिम सास्कृतिक अभियानबाट बल बहादुर थापाको अतिथि आसन ग्रहण पश्चात वीर शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा उपस्थित जनसमुदायहरुलाई शब्दद्वारा विभागकी सदस्य सपना चापागाईले स्वागत गर्नु भएको थियो भने रक्तिम कलाकारहरुले जनवादी गीत र संगीतद्वारा स्वागत गीत गाएर स्वागत गरेका थिए ।
११६ औंअन्तर्राष्ट्रिय श्रमिक नारी दिवस कार्यक्रममा शुभकामना दिनेहरुमा राम प्रसाद पौडेल, कृष्ण पौडेल गोविन्द केसी बल बहादुर थापा विष्णु गाह लगायतका वक्ताहरुले अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको उपलब्धि संरक्षण र औचित्यबारे प्रकाश पार्दै नारीहरुमाथिअझै पनि लिङगीय भेदभाव र त्यसबाट पुरुष समान समान अधिकार प्राप्तिका लागि अखिल भारत नेपाली एकता समाजको पाठशालामा आबद्ध भएर बौद्धिक र सामाजिक चेतनाको विकास गर्न पर्ने अवस्था अहिले अझै आवश्यक रहेको कुरा प्रष्टाउनु भएको थियो भने कार्यक्रमको संचालन अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका उपाअध्यक्ष राजेन्द्र धिमालले गर्नु भएको थियो अन्तमा कार्यक्रमका अध्यक्षले कार्यक्रम भव्य र सानदार रुपमा सुसम्पन्न भएको घोषणा गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित