काठमाण्डौ । अहिले सरकारको मुख्य ध्यान उर्जा बचतमा गएको देखिन्छ । ऊर्जा बचत गर्न आग्रह गर्दै सरकारले आवश्यक परे सवारीसाधनमा जोर–विजोर प्रणाली लागू गर्ने प्रस्ट पारेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आवश्यक परे जोर–बिजोर प्रणाली लागू हुने बताइन्। सरकारले वर्क फ्रम होम र विद्युतीय साधनको प्रयोग बढाउनसमेत आह्वान गरेको छ ।इरानमा जारी अमेरिकी –इजरायल आक्रमणको कारण इन्धन आपूर्तिमा आएको असहजता आएको छ । ग्याँसको असहजता भएको कारण आधा सिलिन्डर ग्यास वितरण भइरहेको महिना दिन पुग्न थालिसकेको छ । युद्ध लम्बिँदै जाने हो भने यो भन्दा ठूलो संकट आउने विश्लेषकहरुको भनाइ रहेको छ ।
Comments

