दुनियाँमा
मुर्दा लिडरहरु छन्
सार्वभौम उज्यालो
सार्वभौम मानवता
सार्वभौम अस्तित्व
किचिमिचि पारेर
एउटा बहुलाहा
विक्षिप्त सनकी
सिजोफ्रेनियाबाट ग्रस्त
कथित लोकतान्त्रिक
नाङ्गो नाचमा मस्त छ
तिमीहरू भने
चुपचाप चुपचाप
निरीहतामै
आफ्नोे उचाइ
नापिरहेछौ
इस !
तिमीहरू केही होइनौ
लाजका पसारो हौ
धिक्कार छ
तिमीहरूलाई
सभ्यताको दुनियाँमा
तिमीहरू
मात्र निर्जीव हौ
पसलमा राखिएका
प्राणहीन डमी हौ ।
Comments

