वैशाख १२, २०७२ को भूकम्पको सम्झना

काठमाडौं । वि.सं. २०७२ वैशाख १२ गते शनिबार लगभग १२ बजे गोर्खा जिल्लाको बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो। विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठुलो भूकम्प थियो। भूकम्पले  नेपालमा मात्रै ९ हजार मानिसको ज्यान लिएको थियो। यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कैयौँ मानिसहरूको हताहात भएको थिए। यस महा भूकम्पका कारण काठमाडौँ उपत्यकाका युनेस्कोद्वारा विश्व सम्पदा सूचीका सूचीकृत स्थल तथा सयौँ वर्ष पुराना ऐतिहासिक धरोहरहरू आंशिक रूपमा र केही पूर्ण रूपमा ध्वस्त भएका थिए, जसमा काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, बौधनाथ स्तूप र स्वायम्भूनाथ स्तूप ध्वस्त भएका थिए । भिमसेन धरहरा ढलेको थियो ।

भूकम्पले लाङटाङ उपत्यकामा पनि विशाल हिमपहिरो निम्त्याएको थियो जसकारण २५० जना बेपत्ता भएका थिए। यस महा भूकम्पका कारण नेपालको कैयौँ जिल्लाका हजारौँ गाउँ तथा बस्तीका सर्वसाधारणहरूका घर नष्ट भएका थिए, जसका कारण कैयौंको मृत्यु भएको थियो भने, हजारौँ मानिसहरू घरबारविहीन बनेका थिए। विनाशकारी भूकम्पदशकौँसम्म अर्को विपत्तिमा परिणत बन्न गयो । भूकम्पपछिको प्रभावले मानव बेचबिखन, श्रम लागत, उपलब्धता, भाडा र सम्पत्तिको भार, सहरीकरण, निजी र सार्वजनिक ऋणको बोझ, मानसिक स्वास्थ्य, राजनीति, पर्यटन, रोग, स्वास्थ्य सेवा प्रणालीमा क्षति लगायतका असङ्ख्य कुराहरूमा असर गरेको थियो।

मानिसहरू त्रासमा खुला चौरमा रात बिताउन बाध्य भए। त्यो समय केवल प्राकृतिक विपत्ति मात्र थिएन, त्यो नेपालीहरूको धैर्य, एकता र मानवीय संवेदनाको परीक्षा पनि थियो। देशभित्र र विदेशबाट सहयोगको लहर आयो। नेपालीहरू एकअर्काको साथमा उभिए, उद्धार, राहत र पुनर्निर्माणमा जुटे। भूकम्पले जीवनको अनिश्चितता मात्र होइन, तयारी, सचेतना र संरचनागत सुरक्षाको महत्व पनि सिकायो। नेपालीहरूको साहस र पुनः उठ्ने शक्ति गर्व गर्न लायक छ।वैशाख १२ केवल दुःखको सम्झना होइन, यो एकता, सहानुभूति र पुनर्निर्माणको प्रतीक पनि हो।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित