कविता ःचरीको गुँड

मनु वि.क.
गुँड बनाउन चरीले दुःख ग¥यो
गुँड बनाउन चरीले झिँजा ओसा¥यो
गुँड ठड्याउन रगत र पसिना बगायो
र गुँडमा अनेक कला भ¥यो ।
गुँडलाई सुरक्षित राख्न
अनेक त्यान्द्रा त्यान्द्रीको सहारा लियो
त्यान्द्रा त्यान्द्री पाइँदैन कङ्क्रिटको जंगलमा
परै पुगेर, कष्टै सहेर जम्मा पार्नु प¥यो
आफ्नो छैन केही
दुःखले जोर्नु प¥यो
चरीले दुःखले जोरेको गुँडमा
रमाए भविष्यका बचेराबचेरी
दुःखले जोरेको गुँडको ओतमा बसी
दुइछाक खानु थियो चरीको तिर्सना ।

चरीको गुँडलाई सक्न बेला बेला आए हावाहुरी
बेलाबेलामा आयो असिना र झरी
चरीले जोगायो जस्तै अवस्थामा पनि
तर अहिले चरीलाई आफ्नै गुँडबाट लखेटियो
गुँडलाई लथालिङ्ग पारियो ,
च्यातपात र कच्याककुचुक पारियो
सुनिएन बचेराहरुको रोदन
बचेराहरुको आँसु
पटक पटक चरीले अनुरोध ग¥यो
रोयो,अनुनय विनय ग¥यो
तर सुन्दै सुनिएन चरीको आवाज ।

गुँड भत्किएपछि चरी कहाँ जान्छ ?
चरीले के खान्छ ?उसलाई के मतलव ?
गुँडहरु जब भत्किन्छ ,
चरी रुन्छ ,कराउँछ
तर उ बुझ्दैन चरीको भाषा
दुःख र आँसुको कथा ।

उसको कालो चश्माले
गुँड र महल छुट्याउन सक्दैन
झिँजाको गुड पनि महल नै हो चरीलाई
महल, झिँजा र त्यान्द्राबाट नै उठेको बुझ्न
दर्शन कै खाँचो छ संसारमा
उसले पनि जन्मँदै महलको पूर्जा ल्याएको होर ?

खिसीट्युरी र हेलाहोचो छ चरीलाई
पूर्जा विहीन नै होस गुँड
चरीको गुँड महलै हो ।
गुँड भत्किए पछि चरी
ओल्लो घाट न पल्लो तिर भएको छ
रन्थनिँदै
के गरौं र कसो गरौंको अवस्थामा पुगेको छ
गुँड बनाउन सकेको जवानी,जोश र जीवन सम्झेको छ
गुँड क्रुरतापूर्वक भत्काएपछि चरी अर्धमुर्छित छ
चरीले आफ्नो गुँड भत्किनुलाई
क्रुरताको पूर्वाभ्यास ठानेको छ
यसको उच्चता आगामि दिनमा यातना,लखेटाइ,
मृत्युसम्म हुने मानेको छ ।
२०८३ बैशाख १३ ,काठमाण्डौ

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित