काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टि नेपालले सरकारको अन्यायपूर्ण कदमको विरोधमा उत्रिन सबैलाई आह्वान गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले वैशाख ११ गते एक वत्तःव्य जारी गर्दै सो आह्वान गर्नु भएको हो । सुकुम्बासी वस्तीमा सरकारले विना विकल्प अन्धाधुन्ध डोजर चलाउन लागिएको विरोधमा सूचना जारी भएकोमा पार्टीको ध्यानाकर्षण भएको जनाउँदै यस्तो कदमको विरोध गर्नु भएको हो ।वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ।–
मिति २०८३ वैशाख १० गते सहायक प्रमुख जिल्ला अधिकारी काठमाण्डौद्वारा हस्ताक्षर गरी नदी किनारमा बनाइएका घर टहरा ११ गते साँझ ७ः०० बजेसम्म खालि गरिसक्नु पर्ने र सो नगरे १२ गते विहान ६ः०० बजेदेखि डोजर लगाएर भत्काइने छ भनी प्रकाशित सुुचनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । वास्तविक सुकुम्बासीको पहिचान र तिनको बसोबासको वैकल्पिक व्यवस्था नगरी अन्धाधुन्ध डोजर लगाएर जनतालाई दुःखदिने बालेन सरकारको यो कदमको हाम्रो पार्टी घोर विरोध गर्दछ । साथै, सरकारको यो अन्यायपूर्ण कदमको विरोधमा उत्रिन सम्पूर्ण न्यायप्रेमी जनतामा हार्दिक आह्वान गर्दछ ।

