ट्रम्प माथि गोली प्रहार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प माथि गोली प्रहार भएको छ । ट्रम्पले पहिलो पटक सहभागिता जनाइरहेको अप्रिल २६को ह्वाइट हाउस करेसपोन्डेन्ट्स डिनरमाका बेला गोली प्रहार भएको अन्तर्राष्ट्रिय संचारमाध्यमकहरुले जनाएका छन् । रात्रिभोज जारी रहँदा नजिकै गोली चलेको आवाजपछि सुरक्षा अधिकारीहरूले घेरा हालेर ट्रम्पलाई हलबाहिर लगेका थिए।गोली प्रहारको आरोपमा पक्राउ परेका व्यक्ति क्यालिफोर्निआका ३१ वर्षीय युवक रहेको ो र उनी रात्रिभोज चलिरहेको होटेलमै बसिरहेको वाशिङ्टन डीसीका प्रहरी प्रमुखले बताएको बिबिसीले जनाएको छ ।

सी.एन.एन.ले लेखेको छ –“राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प बेलुका ८ ३० बजे पछि वाशिंगटन हिल्टन बलरूमको मञ्चमा बसेका थिए। शनिबार साँझ, साँझको मनोरन्जन चल्दै थियो । ठीक बाहिर, एक व्यक्ति हातमा बन्दुक लिएर छिरेका थिए,केही सेकेन्डमा, बन्दुकधारीलाई गोप्य सेवाले वशमा पारेको थियो – त्यो बलरूममा पुग्नु अघि राष्ट्रपति, ट्रम्प प्रशासनका अधिकारीहरू, कांग्रेसका सदस्यहरू र राष्ट्रका केही प्रमुख रिपोर्टरहरू र सम्पादकहरू सबै वार्षिक ह्वाइट हाउस संवाददाता संघको रात्रिभोजमा उपस्थित थिए।

बलरूम भित्र, पाहुनाहरू आआफ्नो सिटमा बसेका थिए र उनीहरु प्लेटका सलाद उठाउँदै थिए जब यो साँझले डरलाग्दो मोड लिएको स्पष्ट भयो। बलरूमको ढोका बाहिरबाट एकैछिनमा ड्रयाङ ड्रयाङ आवाजले गफगाफको ठूलो आवाज तुरुन्तै शान्त भयो। ………. उपराष्ट्रपति जेडी भान्सलाई टेबुलबाट फर्काएर स्टेजको बायाँतिर लगियो।…….

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित