जब नेपालीहरु एकजुट हुन्छौं

टेकहरि न्यौपाने
गिद्ध भनेको गिद्ध नै हो
मासुमा सधै झुक्छ
ताजा होस् या सडेको होस्
गन्ध आएपुग्छ
चाहे मान्छेको होस्
जनावरको होस्
मासु भए पुग्छ
ताजा गनाएको जेहोस्
मासुमै सधै झुक्छ
गिद्धको पहिचान यही नै हो
मासु मै यसको सुखद
जब मासु गिद्धले लुच्छ
गिद्धको शीर झुक्छ
छिमेकी हाम्रो गिद्ध नै रहेछ
छलकपट गरी लुक्छ
पाहुना बनेर बास माग्यो
दियौं बास बस्न तिमी ठिक छ
त्यही बास बसेको ठाउँलाई
अहिले मेरै हो भनी भुक्छ
चाइनाले जब लखेटेको बेला
बास देउ हुन्छ, पुग्छ
कालापानीमा बस्न देउ हामीलाई
विस मामाको लागि सुख छ
भनी विन्ती ग¥यौ तिमीले
दया नेपालीमा खुब छ
त्यो बेला चिन्न गाह्रो भयो
तिमीभित्र गिद्धको रुप छ
विचरा छिमेकीहरु हुन्
निकै नै यिनलाई दुःख छ
कालापानीमा मात्र बास मागेका छन्
बास बस तिमी हुन्छ
कसरी चिन्नु हामीले त्यहाँ
गिद्धहरुको रुप छ
गिद्धहरुको कुटील चाल भयो
लिपुलेक लिम्पियाधुरा खुब छ
यी त भ ए गुपचुप बसौं अहिले
घेर्छौं नेपालीलाई पुग्छ
जसरी सिक्किम खायौं
हैदरावाद खायौं
मौरिससलाई पनि दाउ लाउँदैछौं
गिद्धको भेष धारणा ग¥यौं
सबलाई भ्रममा पा¥यौं
कुमाउ गडवाल, देहरादुन खायौं
सबलाई भ्रममा पा¥यौं
दार्जिलिङ, हिमाचल, जम्मु खायौं
सबलाई तिन छाक पा¥यौं
गिद्धकै भेषमा भुटानतिर लाग्यो
बलुचिस्तान पनि ताक्यौं
श्रीलंकामा भेलुपिल्लेलाई राख्यौं
खालिस्तानलाई पनि ताक्यौं
माले, बंगलादेश, पाकिस्तान
मौका हेरेर राख्यौं
भारती गिद्धहरु
छिमेकी बनेर पुग्यौं
शरण माग्छौं प्रमाण गर्छौं
शरिर नुगाएर ढोग्यौं
छिमेकी बनेर जहाँ जहाँ पुग्छौं
गिद्धको रुप ढाक्छौं
जसको मासु भेटदछौं पहिला
त्यहीको खान लाग्छौं
ताजा सडेको जे भए पनि
भेटेको खान थाल्छौं
आखिर गिद्ध गिद्ध नै हो
मासु खान नै लाग्छौं
मासु जहाँ भेटिन्छ पहिला
त्यतैतिर नै भाग्छौं
मासु खाँदा जहिले पनि शिर झुकाउन थाल्छौं
झुकेको शिरलाई हैन भनी
ध्यान तानी अन्तै लान्छौं
जबसम्म तिमीलाई
चिन्दैन कसैले
छिमेकी बनेर जान्छौं
बास बस्न दिएको ठाउँ पनि
हाम्रै हो भनी लान्छौं
भारतीय गिद्धको भेषमा
जुन देशमा पनि जान्छौं
धम्क्याउँछौं बेलाबेला
नेपाललाई सिक्किम
खाए झंै खान्छौं
जब नेपालीहरु एकजुट हुन्छौं
हाम्रो जमिन तान्छौं
गिद्धको रुप चिन्यौं अब हामी
त्यसै कहाँ मान्छौं
छोड अब हाम्रो जमिन
गिद्धहरु हो हामीले ढुंगा हान्छौं
गिद्धलाई कहाँ छिमेकी मान्छौं
हामीहरु लखेट्छौं, भगाउँछौं जान्छौं ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित