सुकुम्बासीको पहिचान र व्यवस्थापन गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तुको माग

 

कपिलवस्तु । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति कपिलवस्तुले सुकुम्बासीको पहिचान र व्यवस्थापन गर्न माग गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
जिल्ला समिति कपिलवस्तुका सचिव हिमलाल वाग्लेले २०८३ बैशाख २४ गते प्रेस विज्ञप्ति जारी गरी सो माग गर्नु भएको हो । वक्तव्य यस प्रकार छ –
“सरकारले बैकल्पिक व्यवस्था नगरीकन सुकुम्बासी बस्तीमा डोजर चलाएर बस्तीका जनताको आवासको अधिकारलाई मात्रै होइन , बाल अधिकार तथा मानवअधिकारलाई समेत गम्भीर बेवास्ता गरि अमानवीयता प्रदर्शन गरेको छ , जसप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलबस्तुको गम्भीर ध्यानाकर्षण भएको छ । वास्तविक सुकुम्बासीको पहिचान र उनीहरुलाई बैज्ञानिक व्यवस्थापान अहिलेको आवश्यकता हो । यस सन्दर्भमा सरकारले देखाएको रवैयाले समस्या समाधान होइन , समस्या झन थपिने देखिन्छ । हाम्रो पार्टीले सरकारको यसप्रकारको रबैयाको तीब्र शब्दमा विरोध गर्दछ ।
अहिले सरकारले देशका सबै पालिकाहरुका सुकुम्बासी बस्तिहरु खाली गर्न निर्देशन गरेको छ । कपिलवस्तु जिल्लामा रहेका पालिकाहरुले पनि सार्वजनिक जग्गा खाली गर्न सुचना जारी गरेका समाचारहरु प्राप्त भएका छन् । वास्तविक सुकुम्बासीको पहिचान र व्यवस्थापन नगरिकन घरहरू भत्काउने प्रयत्न नगर्न सम्बन्धित पालिका र जिल्ला प्रसासनलाई सुझाउन चाहन्छौं ्र साथै सम्पूर्ण सुकुम्बासी तथा अव्यवस्थित बसोबासी जनताहरु सरकाको ज्यादती बिरुद्ध एकजुट हुन हार्दिक अपिल गर्दछौं ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित