माओवादको परित्याग या आत्मसमर्पण

– शान्ति

भारत र नेपालकै कथित माक्र्सवादी लेनिनवादी पार्टीहरुको स्वरुप सिद्धान्त र व्यवहारले प्रष्ट पारेको छ । तसर्थ आज जताततै माओवाद गलत माओवाद असफल भनेर जुन ढोल पिटिएको छ, त्यो पूर्णतः संशोधनवादको नाराबाट प्रभावबाट संचालित छ । र यसको केन्द्र आज सामाजिक साम्राज्यवादी रुस र संशोधनवादी चीन भएका छन् । जसको विरुद्ध आज संसारका सच्चा माक्र्सवादी लेनिनवादीहरु संघर्षरत छन् । खास गरेर चीनमा १९७६ मा पँुजीवादीहरुले कब्जा जमाउन सफल भएपछि तेङ–हुवा गुटले पनि विस्तारै माओका विरुद्ध षडयन्त्र गर्न थाल्यो ।

माओले गरेका क्रियाकलापलाई निरपेक्षरुपबाट गलत सावित गर्दै प्रतिक्रान्तिकारी गुटले माओको विरुद्ध कदम चाल्न थालेपछि संसारभरीका प्रतिक्रियावादीहरुले माक्र्सवाद–लेनिनवाद र माओविचारधारा विरुद्ध फेरि प्रहार गर्न थाले । संशोधनवादीहरुले माओवाद वेठिक भनेर उनीहरुलाई सघाए । यति मात्र होइन, चिनियाँ प्रतिक्रान्तिकारी गुटले विस्तारै विश्वका संशोधनवादी गुटहरुसित सम्पर्क बढाउँदै लग्यो । र सबै रुसप्रतिको उसको व्यवहारमा पनि नरमपना आउँदै गयो । तर जसरी रुसी संशोधनवादले माक्र्सवाद–लेनिनवाद परित्याग गरे पछि पनि आफूलाई माक्र्सवादी–लेनिनवादी भनिरह्यो । त्यसैगरी चिनियाँ संशोधनवादीहरुले पनि माक्र्सवाद–लेनिनवाद र माओविचारधारालाई परित्याग गरेपछि पनि आफूलाई क्रान्तिकारी नै भनिरहेका छन् । र माओको नाम लिन छोडेका छैनन् ।

रुसमा संशोधनवादको स्थापना भएपछि यसको प्रभाव जताततै पर्नु स्वभाविकै थियो । सजिलो बाटो खोज्नेहरु रुसी संशोधनवादको पक्षमा लागे । प्र.ने.क.पा. मा पनि यसको असर प¥यो । फलस्वरुप नेपालको संशोधनवादीहरुले पनि क्रान्तिकारी लाइन परित्याग गरेर संशोधनवादको पक्षमा आत्मसमर्पण गरे । रुसको संशोधनवादको स्थापना भएपछि देखावटी रुपमा रुसपन्थी र चीनपन्थी साम्राज्यवादीहरुको विभाजन भयो । वास्तवमा यो प्रतिक्रियावादीहरु र संशोधनवादीहरुको चाल थियो । एकातिर माक्र्सवाद–लेनिनवाद र माओविचारधारालाई अलग देखाउन, रुस पनि साम्यवादी, चीन पनि साम्यवादी देखाउन र साम्यवादीहरु कुनै देशका दलाल हुन्छन् भन्ने सावित गर्न प्रतिक्रियावादीहरु यो भ्रम फिजाए । फलस्वरुप नेपालका प्रतिक्रियावादी तत्वहरुले पनि यो भ्रम फिजाएर रुसी र चिनियाँ कम्युनिस्ट भनेर हल्ला फिजाए । फलस्वरुप एकातिर कम्युनिस्टहरु विभिन्न किसिमका छन् भन्ने भ्रम भयो भने अर्कातिर संशोधनवादीहरुलाई पनि कम्युनिस्ट ठहराउने उनीहरुको दाउ रह्यो र कम्युनिस्ट भनेका विदेशी दलाल हुन् भन्ने भ्रमलाई सावित गर्ने दुस्साह उनीहरुले गरे । आज पर्यान्त सच्चा क्रान्तिकारीहरुलाई विदेशी दलाल भनेर भनिन्छ । वास्तवमा माक्र्सवाद–लेनिनवाद र माओविचारधारा कुनै देशको राजनीति होइन, यो विश्वका सर्वहारावर्गको मुक्तिको सार्वभौमिक सिद्धान्त हो । कुनै देशका सत्तारुढ क्रान्तिकारी प्र्रति भाइचार संगठनका रुपमा हेरिए पनि जहाँसम्म मलाई लाग्छ माक्र्सवादी–लेनिनवादीहरु कुनै देशमुखी होइनन्, यो प्रतिक्रियावादी षडयन्त्र हो । यदि कसैले यसो भन्छ भने उ स्वयं भ्रममा छ । तर हालसालै आजकल प्रश्रितजीले आफूलाई विदेशी पक्षधर चीनमुखी भनेर सबैलाई आश्चर्यमा पारिदिनुभएको छ ।

मलाई जहाँसम्म थाहा छ, संसारका कुनै पनि क्रान्तिकारीहरुले आफूलाई कुनै देशको पक्षधर मान्दैनन् । हो, भाइचार संगठनको दृष्टिले हेर्नु भिन्नै कुरा हो । तर प्रश्रितजीले आफूलाई सोझै चीनमुखी भन्नुभएको छ । तर मदनमणिले रुसमुखी भनेर स्वीकारेका छैनन् । दोस्रो, उहाँले मदनमणिसँग एकताको कुरा गर्नु भएको छ । एकताका कुराहरु राम्रा छन् तर चीनमा प्रतिक्रान्ति भएपछि रुस र चीनको स्तरमा मात्र फरक रहेकाले आफूलाई चीनमुखी भन्ने प्रश्रितजीले रुस र चीनको फरक नदेख्नु स्वभाविकै हो । प्रश्रितजीका चिठ्ीहरुबारे अरु विद्वान लेखकहरुबाट चर्चा होस् र अब रुस प्रभूत्ववादी देखिनुमा आश्चर्य पनि भएन ।

जहाँसम्म मनमोहनजीको सम्बन्ध छ, उहाँले विगत १२÷१३ सालदेखि नै आफ्नो क्रान्तिकारी चरित्रलाई लोप गराइसक्नु भएको कुरा लिखित र व्यवहारिक रुपमा प्रमाणहरु छन् । अलिकति वातावरण पाइयो भने क्रान्तिकारी बन्ने अलि कति मन्दी भयो भने कुना पस्ने मनमोहनजीको अवसरवादी र अस्थिर चरित्र सबैका सामु प्रष्ट छ । क्रान्तिकारीहरुसित भन्दा दलाल पुँजीपतिवर्गहरुसित संयुक्त मोर्चा गर्न अघि सर्ने मनमोहनबाट व्यवहारिक रुपबाट माक्र्सवाद–लेनिनवाद र माओविचारधाराको परित्याग गरेको उहिल्यै हो । र त्यसभित्रका इमान्दार कार्यकर्ताहरुलाई पनि जालमा फसाउन चाहिं अब आएर उहाँ समर्थ हुनुभएको छ । र, पनि उहाँ एउटा देशभक्तको रुपमा बाँचिरहनुहुनेछ र त्यसभित्रका इमान्दार साथीहरु सत्यको पछि लाग्नुहुनेछ हामी आशा गर्दछौं । तसर्थ चिनियाँ प्रतिक्रान्तिकारी गुटको शक्ति पुजा गर्ने मनमोहनजीले चीनमा भएको परिवर्तनलाई ध्यान दिंदै रुस र चीन दुवैलाई नजिक्याउने नीति लिनुमा आश्चर्य छैन । तर यस कुरालाई प्रतिक्रियावादी तत्वहरु माओवादको परित्याग भनेर ढोल पिट्दैछन् । स्वयं चीनले माक्र्सवाद–लेनिनवाद र माओविचाराधारा त्यागी सकेकाले चीनलाई केन्द्र नमान्दैमा माओवाद परित्याग हुने होइन । जे होस् आज विश्वमा माक्र्सवाद–लेनिनवाद र माओविचारधारा र संशोधनवादबीचको अन्तर्विरोध झन चर्किंदै गएको छ । यो कुरा हालैको दोस्रो अन्तर्राष्ट्रियले प्रष्ट पारेको छ । फलस्वरुप प्रतिगामीहरुबाट मालेमा विरुद्ध भ्रम फैलाइनुमा आश्चर्य छैन । यस सन्दर्भमा मनमोहनजी लगायत संशोधनवादीहरुले आत्तिनु पर्ने छैन् । भर्खरै पु.चौथो महाधिवेशन, मशाल समूहबाट निस्काशित पंचायतपरस्त र कांग्रेसपरस्त तत्वहरुको हातेमालो उहाँले भेट्टाउनुहुनेछ । आखिर भेंडा भेंडासित बाख्रा बाख्रासित भन्ने उखानै त छ ।

(नोटः यो लेख हाँक साप्ताहिक, वर्ष १, अंक २९, २०४१ वैशाख ३० गतेमा प्रकाशित भएको थियो । )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित