वेङ्लोर । बैतडी जिल्ला पाटन नगरपालिका वडा नं ७ सन्तोली निवासी दल्ली रामको माईलो छोरा सेर बहादुर दयालको २२ अप्रेल २०२६ का दिन असामयिक दुःखद निधन भएको थियो। वहाँको असामयिक निधनले अपूरणीय क्षति पु¥याएको छ । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिका अध्यक्ष राम दत्त पाण्डेयको अध्यक्षतामा १७ मे २०२६ मा शोकसभा सम्पन्न भएको छ। कार्यक्रमको औपचारिक सुरुवात गर्दै सञ्चालक हरिश बि. क. रहनु भएको थियो ।कार्यक्रममा अतिथिहरु उपाध्यक्ष किसन बहादुर बि.क.,केन्द्रीय सचिव रामसिंह विक, केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव शेरसिंह विक, केन्द्रीय सदस्य मिना बि. क. ,क्षेत्रीय सदस्य शिब राम विक, क्षेत्रिय सदस्य बोम बहादुर परियार, क्षेत्रिय सदस्य स्याम बहादुर परियार, क्षेत्रिय सदस्य अरूणा बि.क.क्षेत्रीय सदस्य जनक बयानी, क्षेत्रीय सदस्य सुन्दरी कोली, नगर सदस्य भिमबहादुर परियार, महिला नग बिभाग सदस्य देवकला परियार,देवकी परियार,अथित्या रहेको थियो। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गर्न श्रद्धाञ्जली अर्पणस्मञ्चमा उपस्थित अतिथि, केन्द्रीय उपाध्यक्ष किसन बहादुर लगायत अन्य सहभागीहरू द्वारा दिवंगत व्यक्तिको तस्बिरमा माल्यार्पण, पुष्पगुच्छा अर्पण र दीप प्रज्वलन गरिएको थियो।
शोक मन्तव्य तथा विचार आदान–प्रदान दिवंगत व्यक्तिसँग आबद्ध व्यक्तिहरू, समाजका अगुवा, वा सदस्यहरूले उहाँको योगदान, व्यक्तित्व र जीवनका राम्रा पक्षहरूको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो।
शेर बहादुर बहादुर दयालका एक छोरा र एक छोरी रहेका छन्। छोरी नविना दयाल रक्तिम सांस्कृतिक अभियान क्षेत्रिय कलाकार हुन् भने उहाँको श्रीमती कलावती दयाल केन्द्रीय सदस्य हुनुहुन्छ ।


