बालानगर एरिया समितिको समिति गठन

हैदरावाद ।अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समिति अन्तर्गत पर्ने उत्तर हैदरावाद नगर समितिद्वारा संचालित बालानगर एरिया समितिको गठन ५ जुलाई २०२६ का दिन बलराम नेपालीको पहलमा र कुमार बुढा मगर तथा डम्बर नेपालीको सकृयतामा गरेको छ। उक्त भेलामा समाजका केन्द्रीय अध्यक्ष आनन्द थापा क्षेत्रिय अध्यक्ष कृष्ण पौडेल केन्द्रीय सचिवालय सदस्य राम प्रसाद पौडेलको विषेश उपस्थित रहेको थियो। भने राजेन्द्र धिमाल क्षेत्रिय समितीबाट र कुमार बुडा मगरले पनि नगर समितीबाट प्रतिनिधित्व गर्नु भएको थियो।
उपस्थित नेपाली श्रमिक मजदुरहरुलाई समाजका अध्यक्ष कृष्ण पौडेलले प्रशिक्षण दिने क्रममा आज भारत प्रवासमा नेपालीहरु माथि आई पर्ने विभिन्न समस्याहरुको समाधान गर्न अविभावकिय संगठन अखिल नेपाली एकता समाज कुनै पनि समय र परिस्थिति तयार रहदै आएको छ ।त्यसकारण यो संगठनलाई चौतर्फी विकास गरेर लैजानको लागि आम सर्वसाधारण नेपालीहरुलाई संगठनमा आबद्ध गर्दै सैदान्तिक चेतनाको विकास गर्दै तपाईं हामी सबै मिलेर सहयोग गर्नुपर्छ र मात्रै सामाजिक भावनाको विकास गर्न सकिन्छ । यस समाजको स्थापना यसको काम कर्तव्य र उद्देश्यको बारेमा प्रकाश पार्नु भएको थियो । त्यसपछि उपस्थित मजदुरहरुले आफ्ना मनमा खड्केका प्रश्नहरुको प्रश्न उत्तर कार्यक्रम पश्चात समाजका केन्द्रीय अध्यक्ष आनन्द थापाले कार्यक्रममा उपस्थित सबैजनालाई अखिल भारत नेपाली एकता समाजको सदस्यता हस्तान्तरण गर्नु भएको थियो। त्यस पश्चात प्रक्रियालाई अघि बढाउदै अखिल भारत नेपाली एकता समाज बालानगर एरिया समिति गठन गरिएको थियो जसमा अध्यक्ष बलराम नेपाली, उपाअध्यक्ष ,सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु क्रमशः पार्वती नेपाली ,डम्बर बहादुर नेपाली ,हरी बुढा मगर, कुमार बुढा मगर ,सुरेन्द्र घर्ती, विमला घर्ती ,सुशिला नेपाली र राजेन्द्र धिमाललाई चयन गरिएको थियो भने दुई स्थान पछि पदपूर्ति गर्ने गरि रिक्त रहेको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित