राहत होइन सम्मान जनक पुनःस्थापनाको जोडदार माग

काठमाण्डौ । नेपाल सरकारले होल्डिङ सेन्टरहरु खाली गर्न र होल्डिङ सेन्टरको खाना रोक्का गरेको अवस्थामा कीर्तिपुरस्थित राधास्वामि सत्संघ होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरुले आफुहरुलाई राहत होइन सम्मानजनक पुनःस्थापनाको जोडदार माग गरेका छन् । उनीहरुले असार २२ गते एक प्रेस विज्ञप्ति मार्फत आफुहरुको धारणा सार्वजनिक गर्दै सो माग गरेका हुन् । उीहरुले सम्मााजनक पुनस्र्थापना भएसम्म होल्ठिङ सेन्टरमा नै बस्ने पनि बताएका छन् । प्रस्तुत छ उनीहरुले सार्वजनिक गरेको धारणाको पूर्ण पाठ
नेपाल सरकार तथा अधिकार सम्पन्न वागमती सभ्याता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा बसिरहेका प्रभावित परिवारलाई असार २२ गतेभित्र निवेदन पेश गर्न सूचना जारी गरेको सन्दर्भमा कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बसोबास गरिरहेका हामी भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसाबासीहरुको धारणा सार्वजनिक गर्दछौं ।
कीर्तिपूरस्थित राधास्वामी होलिडङ सेन्टरमा हामी मध्ये करिब आधा परिवार समुहले उक्त राहतसम्बन्धी निवेदन भरेका छैन र भर्ने पनि छैनन्
किभने हाीले खोजेको राहत होइन राज्यले भत्काएको हाम्रो बासको सम्मानजनक व्यवस्थापन हो ।वैकल्पित आवासको व्यवस्था नगरी हाम्रै घर भत्काए।र अहिले केही रकमलाई समाधानको रुपमा प्रस्तुत गर्नुे हाम्रो समस्याको दीर्घकालीन समाधान होइन ।
हामी स्पष्ट रुपमा भन्न चाहन्छौं कि आवास नागरिकको मौलिक आवश्यकता हो । राज्यले आफ्नै निर्णयबाट हामीलाई विस्थापित गरिसकेपछि हाम्रो उचित पुनस्र्थापना गर्नु सरकारको सवैधानिक कानुनी र नेतिक दायित्व हो । त्यस दायित्वलाई केही रकम वितरण गरेर पुरा भएको मान्न सकिदैन त्यसैले राहतको निवेदन नभरिएको आधारमा कुनै पनि प्रभावित परिवारलाई धम्क्याउने ,दबाब दिने अधिकारबाट वञ्चित गर्ने वा भविष्यमा कुनै सेवा सुविधाबाट रोक्ने कार्य स्वीकार्य छैन ।
हामी नेपाल सरकारसँग पु्नः जोडदार माग गर्दछौं कि
१ राहतको सट्टा सम्मानजनक वैकल्पिक व्यवस्था गरियोस्
२.सबै प्रभावित परिवारसँग वार्ता गरी दीर्घकालिन पुनस्र्थापनाको योजना कार्यान्वयन गरियोस ।
३. सबै सुकुम्बासीले तोकिएको समयमा निवेदन नभरिएको आधारमा कुनै पनि नागरिक माथि विभेद वा दबाव नदिइयोस ।
हामी हाम्रो अधिकार सम्मान र न्यायपूर्ण पनस्र्थापनाकालागि शान्तिपूर्ण र लोकतान्त्रिक रुपमा निरन्तर संघर्षरत रहने साथै दिगो व्यवस्थापन नहुन्जेलसम्म होल्डिङ सेन्टरमा नै बस्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
कीर्तिपुस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्ीथत बसोाबसी परिवाक् तर्फबाट

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित