लोकनारायण सुवेदी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ्ग भ्रमणको लगत्तै पछि गएको मई महिनाको तेश्रो सातामा रुसका राष्ट्रपति पुटीनले चीनको राजकीय भ्रमण गरे । त्यसले गर्दा वर्तमान तनावपूर्ण विश्वमा चीन र रुस सम्बन्धले नयाँ उच्चाई लिएको विश्वले अनुभूत गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटीन चीनको तीन दिने राजकीय भ्रमणमा पुग्दा चीनका राष्ट्रपति शी जिनपिङ्गले जसरी भव्य स्वागत गरेका थिए । त्यसले मात्र होइन, दुइ देशका बीचमा जस्तो महत्वपू्रर्ण रणनीतिक सम्वन्धको खाका तयार भएको देखियो त्यसले बिश्व इतिहासिको यी दुइ देशको भूमिकाको ठूलो महत्व राख्दछ ।
यस सम्वन्धमा चीनका एकजना गहन राजनीतिक विश्लेषक प्रोफेसर जियाङ्ग सुएकिनका अनुसार चीन र रुस बीचको सम्वन्ध यतिबेला इतिहासकै सबैभन्दा निकटताको उच्च अवस्थामा पुगेको छ । अहिले यी विश्वका दुइ महाशक्ति राष्ट्रहरु आर्थिक, सैनिक र भू–राजनीतिक जस्ता महत्वपूर्ण स्तरमा समन्वय गर्दै र पश्चिमा प्रभूत्वका बिरुद्ध चूनौति खडा गर्दै बहु–ध्रुवीय विश्व ब्यवस्था निर्माण गर्ने दिशामा अघि बढिरहेका छन् ।
दुइ देश बीचको यो सम्वन्धले रणनीतिक साझेदारीलाई प्राथमिकताकासाथ अघि बढाउन खोजेको छ । दुइ देशले खडा भएका साझा चूनौतिहरुलाई मध्यनजर राखेर परस्परमा दीर्घकालीन साझा रणनीति अघि सार्दै र मिलाउदै जान थालेका छन् । यद्यपि यस सम्वन्धमा कुनै औपचारिक सैन्य गठबन्धन नै त उनीहरुले गरेका छैनन् ।तर उनीहरुको यो सैन्य सह–सम्वन्धले विश्व राजनीतिलाई पुनः नयाँ आकार दिन सक्ने शक्ति निर्माण गर्नसक्ने देखिएको छ । बदलिदो तरल आजको विश्व परिवेशमा यो कुरा निकै नै महत्वपूर्ण छ ।
यो रणनीतिक महत्वको सम्वन्धका अतिरिक्त चीन र रुसले ऊर्जा व्यापार, नयाँ व्यापार मार्ग तथा वित्तीय प्रणालीमा थप सहकार्य गर्दै पश्चिमा प्रतिबन्ध तथा डलरको विश्व प्रभूतवलाई कमजोर पार्ने प्रयत्नतर्फ पनि अग्रसर भएका छन्। यस आर्थिक सम्वन्धका अतिरिक्त दुइ देशले संयुक्त सैन्य अभ्यास गर्ने, रक्षा सहयोग बढाउने र कूटनीतिक समर्थन अझ विकसित तुल्याउने जस्ता गम्भीर महतवका कुराले पनि दुइ देश बीचको सम्वन्धको बढ्दो विश्वासलाई अझ गहिरो तु्ल्याएको छ ।
यस चीन–रुस उच्च स्तरीय भेट वार्ताका बेला अर्को त्यत्तिकै समानान्तर महत्वको कुरा भू–राजनीतिक पुनःसंरेखण पनि भएको छ । यो पश्चिमा शक्तिसँगको बढ्दो तनावका बीच चीन र रुसलाई अझ निकट ल्याएर खडा गरिदिएको छ । फलतः यसले ताइवान, यूmत्रेन र नाटो सम्वन्धमा नयाँ शक्ति समीकरणको स्थिति जन्माइदिएको छ । यसले गर्दा बहु–ध्रुवीय विश्व खडा गर्न आधार तयारका लागि मद्दत पु¥याइरहेको छ । त्यसैले आज के विश्लेषण गर्न थाललिएको छ भने एक ध्रुवीय अमेरिकी प्रभूत्व खस्किदै गएको छ र बहु–ध्रुवीय विश्व व्यवस्था उदाउन थालेको छ । उदाहरणकै रुपमा भन्ने हो भमने ब्रिक्सको विस्तार र अडलरिकरण अर्थात डिडलराइजेशन यसै प्रकृयाका अंगहरु हुन् भनेर औंल्याइदैछ ।
हालैका यी सबै घटनाक्रमहरुले चीन र रुस बीचको बढ्दो सम्वन्धलाई जुन उच्चाईमा पु¥याएका छन् । त्यसले गर्दा पश्चिमा राष्ट्रहरु खासगरेर संयुक्त राष्ट्र अमेरिकालाई निकै नै चिन्तित तुल्याएको विश्लेषण विश्व स्तरमै भइरहेको छ । किनभने यसले व्यापार, सुरक्षा र भू–राजनीतिक गठबन्धनका सम्वन्धमा ठूलो परिवर्तनको संकेत गर्दछ । अनि विश्व बजारमा ऊर्जाको मूल्य, व्यापार मार्ग र वित्तीय प्रणालीमा समेत परिवर्तन ल्याउदछ । यी सबै कारणले गर्दा समेत पश्चिमा गठबन्धन खासगरी नाटो जस्ता सैन्य संगठनमा पश्चिमा प्रभूत्व पनि कमजोर भए जाने सम्भाबना बढ्न जान्छ । अनि एशियाली भू–राजनीतिमा खाशगरी ताइवान र दक्षिण चीन सागरमा तनाब बढ्न सक्छ ।
यस प्रकार प्रष्टछ कि चीन र रुसका बीच बहु आयामिक बढ्दो सम्वन्ध केवल कूट –नीतिक हिसावको औपचारिकता मात्र पूरा गर्ने विश्व परिघटना होइन त्यो त विश्व शक्ति सन्तुलनलाइ नै पुनः निर्धारण गर्न सक्ने एउटा महत्वपूर्ण र दीर्घकालीन रणनीतिक गठबन्धन हो । यद्यपि अमेरिकालाई हेर्ने र व्यवहार गर्ने चीन र रुसको एउटै दृष्टिकोण छ भन्ने करा पनि होइन । त्यो फरक फरकछ । चीनको दृष्टिकोणमा आर्थिक कुरा प्रमुख प्राथमिकतामा रहेको छ भने रुसको दृष्टिकोणमा सैनिक र सुरक्षा प्रमुख प्राथमिकतामा रहेका छन् । त्यसैले चीनको मूख्य चिन्ता अमेरिकासँगको व्यापार, प्रविधि र वित्तीय प्रतिस्पर्धा बनेको छ । चीनले अमेरिकासँग सोझौ सैन्य टक्करको कुरा होइन, त्योभन्दा बढी आर्थिक तथा कूटनीतिक प्रतिस्पर्धामा ध्यान केन्द्रित गरिरहेको पाइन्छ । त्यसैले चीनले आफुलाई विश्वमा एउटा जिम्मेवार शक्ति भनेर नरम तरीकाले प्रस्तुत गर्ने गर्दछ र विकासशील देशहरुलाई वैकल्पिक नेतृत्व प्रदान गर्न सक्छ भन्ने छवि बनाइरहेको छ । त्यसैल अमेरिकासँग पनि सिधै टक्कर होइन प्रतिस्पर्धात्मक सहअस्तित्व र श्रेष्ठता हासिल गर्ने प्रयत्न गदै अघि बढिरहेको छ ।
तर रुसको दृष्टिकोणमा उसको प्राथमिकता सुरक्षा र सैन्य शक्ति रहेको छ । यस स्थितिमा अमेरिकासँगको आफ्नो सम्वन्धलाई रुसले प्रत्यक्ष शत्रुको रुपमा हेर्दछ । यसको आधारभूत कारण नाटो(एनएटीओ)को विस्तार र त्यसबाट उत्पन्न गरिएको यूक्रेन युद्ध हो । रुसले अमेरिकालाई यतिबेला आफ्नो अस्तित्व र प्रभावक्षेत्रमा प्रत्यक्ष चूनौति दिने शक्तिकोरुपमा हेरिराखेको छ । त्यसैले अमेरिका विरुद्ध रुसले कठोर र प्रत्यक्ष प्रतिरोधात्क नीति लिनु अस्वाभाविक होइन ।
यद्यपि यति बेला चीन र रुस दशकौदेखि यता विशेषगरी १९९०को समाजवादी सोभियत संघको विधटन र विखण्डन पछि यता पहिले कहिल्यैभन्दा घनिष्ठ र निकट बनेका छन् । अमेरिकी विश्व प्रभमूत्वका विरुद्ध उनीरु दुइ मोर्चाबाट लडिरहेका जस्ता देखिन्छन् ।, तर पछिल्लो मईको तेश्रो सातामा भएको पुटीनको बेइजिङ्गमा शीन जिनपिङ्गसँग भएको बृहत र बहुआयामिक गहन भेटवार्ता पछि दुवै देश अमेरिकी विश्व प्रभूत्वका विरुद्ध एकजुट भएका छन् र परस्पर सुसम्बन्धलाई सुदृढ र सहयोगलाई बहुआयामिक तुल्याउनुका साथै विस्तार गर्नका साथै ब्रिक्स, दक्षिण–दक्षिण सहयोग, शंघाई सहयोग संवगठन र अडलरीकरण(डिडलराइजेशन)का गतिविधिहलाई पनि जोडतोडले उठाउदै विस्तार गर्दै र बहुध्रुबीय विश्व निर्माण गर्न दृढतापूर्वक लाग्दै विश्व नेतृत्व गर्न अग्रसर देखिन्छन् । यो आजको विश्वको यथार्थ हो ।

