टुँडिखेलको घेराभित्र गणतन्त्र गुम्दै छन अधिकार र विरासत ?

नारायण प्रसाद भण्डारी
समय परिवर्तनशी छ । संसारमा बलवान छ भने त्यो समय हो । किनभने समय नत कसैको बसमा हुन्छ । नत कसैमाथि विभेद जाल झेल उचनीच ,धनी, गरिब राम्रो नराम्रो जात जाती केही नभएको समान एवम् आफ्नै गतिमा निरन्तर चलिरहने फेरी गोली बोली उस्तै गरि नफर्कने भनेकै समय हो । यसले कसैलाइ पर्खने गर्दैन । जो मानीस समयलाई सान्र्दभिक बनाएर समयलाई चिनेर सन्चालित हुन्छ । त्यसै अनुसार अघि बढ्छ सबैको त्याग बलिदान मेहेनत रगत पसिनाको कदर सम्मान गर्दै अविभावकत्व प्रदान गर्छ । त्यस्ताहरु कहिल्यै पश्चाताप एवम् अध्यारो कुनामा बसेर रुनु पर्दैन आफनो बसि रहेको स्थानबाट टाढा जानु पनि पर्दैन । समाजमा जहिले पनि सम्मान मूल्य मान्यता निरन्तर दिगो रहन्छ । त्यहि र त्यस्ता मानिस नै सफल हुन्छन । सफलता भनेको क्षणिक रक्सी खाएर मिनेट भरमै झमक्क पारे जस्तो होइन ।यो त जीवन भर कहिल्यै कसैले चाहेर समाप्त पारी हाल्ने प्रकारको हुँदैन । त्यो सफल्ता भन्नु नै जीवनको एउटा असल इमान्दार नैतिकता इज्जत प्रतिष्ठाको अमिट छाप हो । जीवनमा सबै लाई एक पटक कुनै न कुनै बाटो बाट शुभ सकेंत आउँछ । उक्त सकेंतको महत्व लाई चिनेर सदुपयोग गर्नेहरु नै समाजका बुद्धिमान इमान्दारको गणनामा रहि रहन्छन ।जसले अमूल्य समयसँगै आफुलाई बदल्दै अगाडि बढ्दै जान सक्छ । त्यो नै महान विद्वान अग्रज दार्शनिक वैज्ञानिक हो ।जसले जीवन भर दोष अर्कै माथि दुख अर्कै लाई तर जति पनि अवसर हुन्छ त्यो आफु आफना आसेपासे थोरै मुल्य सँग नैतिकता साटने फाइदा भन्दा अरु नदेख्ने रुपान्तरित हुन नसक्ने अवसरवादी हरु त्यहि बाटै उसको जीवनको ओरालो शुरु हँुदै जान्छ ।जादाँ जादाँ कहिल्यै खाडलबाट निस्कन नसक्ने गरी पतन हुन्छ । यो विज्ञान एवम् माकर््सवादी नियम हो । आज नेपालमा ठिक त्यहि अवस्था राजनीति वृतमा देखिएको छ । नेपालमा गणतन्त्र आएको १९ वर्ष बिते छ ।यो समय भनेको सानो बालक पनि लक्का जवान बनेर सुन्दर जीवनको कल्पना गर्ने । समय हो ।आजको अवस्था सम्म ल्याँउने आउनेहरुको सम्मान हुने गर्भका साथ आनन्दको अनुभूति लिएर सम्मानित जीवन बिताउन पाउने हुनु पर्ने तर यहाँ त्यस्तो भएन कोही हस्पीटल कोही अध्यारा कुनामा कसैले देख्छ कि भनेर घुम्टो ओढेर बस्दै विगतको आफनो विरासत गुमेको पीडासँगै रुदै बस्न बाध्य हुन पर्यो ।
प्रसंग २०८३ शालको जेठ १५को गणतन्त्र दिवस ?
देशमा परिवर्तन गर्नका लागि गणनामा मात्रै १७००० सत्र हजारको हिसाबमा शहिद भएको भनिन्छ तर अरु के हुन ?को हुन ?जेनजीका ७७ को हुन ?हजारौंको सख्यामा हाल सम्म मर्दो जीउँदो कुनै अत्तो पत्तो नभाका को हुन ? हजारौँ योद्धाहरु हाल सम्म अपागं बेसहारा औषधीको नाममा सिटामल सम्म नपाएर मर्नु न बाँच्नु भएर आफनै जीवनलाई धिर्कादै विगतको पश्चातापी जीवन मुढो पल्टे झै पल्टेर जीउँदै मरे सरह बसेका छन् । ती योद्धाका पारिवारिक जीवन कस्तो अवस्थामा छ ।कसैलाई जानकारी छ ?कोही कसैले तिनीहरुको बारेमा जानकारी लिन चाहन्छन ?२०८३ जेठ १५ गते गणतन्त्र दिवस कहाँ कसरी मनाइयो ?आज यो तरिकाको गणतन्त्र दिवस मनाइको कृयाकलापले विगतमा गणतन्त्र ल्याउँनका लागि जीवन बलिदानी गर्नेहरुलाई सम्बोधन हुन सक्छ ?अहिले बोल्ने सम्बोधन गर्ने हरुको शब्द चयनमा जेनजी आन्दोलनका शहिद भनेर भनिन्छ ।अरु को हुन ?विभिन्न समयमा देश र जनताको लागि रगत बगाउँनेहरु लाई राष्ट्रले बिर्से पछि कसले सम्झने हो ?देशको लागि रगत पसिना बगाउँने राष्ट्रका सिपाही माथि विभेद गर्न मिल्छ कि मिल्दैन ?दुःखको कुरा मनमा लागेका कुराहरु भित्रै कुन्ठित राख्नु पनि ठूलो अन्याय हो । तसर्थ जसले जुन चिज प्राप्तका लागि जीवन आहुती गर्छ ।त्यस्ताहरुलाई त्यहि बस्तुको माया ममता हुन्छ । यो कुनै कल्पना बहाबको कुरा होइन ।अहिले गणतन्त्र साँघुरो घेरा भित्र पार्कको गेट भित्र टँुडिखेको सिमाभित्र सिमित हुन पुग्यो किन जेठ १५को दिन नेपाली जनतामा हर्ष उमंग खुशी उल्लास हरायो ?किन एउटा सिमित स्थानमा मात्र नगरि नहुने भए जस्तो भयो ? कारण खोज्नु चाँसो राख्नु आम नेपालीको कर्तव्य हो ।
वास्तवमा नेपाली जनताले देशलाई समृद्ध बनाउँन आफना अधिकारको सुनिश्चित गर्न हरेक किसिमका देश र जनतासँग सम्बन्धित सरोकारका विषय वस्तु लाई पद्धतिमा ल्याई व्यवस्थित गर्न कुनै पनि नेपाली नागरिक विदेशमा जीवन र्बबादी अलपत्र पर्नु नपरोस देशमा शुसासनको अनुभूति जनताले गर्न पाउन रोग भोक शोक अर्थात गाँस बास कपासको ग्यारेण्टी होस ,महगीं, हत्या, हिंसा, न्याय कानुन सबैमा समान होस रोजगार कै लागि विदेशका गल्लीहरुमा भाँैतारिदै बाकसमा आउन नपरोस भन्ने लक्ष्यका साथ पटक पटक जीवन मरणको संघर्षमा नेपाली जनता टाउँकोमा कफन बाँधेर उत्रे ।सामन्तहरुका सपनामा सुनामी पनि आयो तर त्यति ठूलो सुनामी बाट प्राप्त अधिकारहरु अब बिस्तारै खोसिदै छन ।अधिकारको सुनीश्चत गर्ने गणतन्त्र नै आफैमा टिक्न सक्ने अवस्थामा रहेन । अबत क्रमश पहिलेको अवस्था भन्दा झनै विकराल बन्दै जाँदै छ किन ?नेपाली जनताले हजारौको बलिदानी बाट प्राप्त गरेका अधिकार गुम्दै छ किन ?साच्चिकै भन्नु पर्दा जुन समयमा चप्पलमा नारा हालेर बाटोमा चप्पलको आवाज पडकाउँदै हिडनेहरु कुनै इलम व्यापार बिजनेस बिना अरबांैको सम्पत्ति को मालिक बने कसरी ?

एउटा बहस विश्लेषण शंस्लेषण गर्ने समयले घचेट्दै ल्यायो । देश कालको वस्तु स्थिति अर्कै मोडमा जादै छ ।फेरि पनि अनुशासन इमान्दारिता पसिना पारदर्शी कर्तव्य पालकहरुको जीवनमा पुनः कालो बादलको घेराले कतै ढाक्दै छ की ?फेरी उस्तै झाँकी जुलुस नाराबाजी जयजयकारका नारा लगाउन नरुचाउँने हरु पनि झाकी जुलुसमा नदेखिए बापत कतै दर्जनौ वर्ष सम्म आहारा विहिन उडुस उपिया हरुको संगत गर्न पो पर्ने हो की ?सकेंत त्यस्तै देखि रहेको छ ।यी र यस्ता दुर्दिन स्वयं विगतका सत्ताधारी ठेकेदारहरुले ल्याएका हुन कसरी ?
१)सर्वप्रथम राज्यको ढुकुटीलाई आफनै पित्रीको अशं सम्झनु ।
२) एनजीओ आइएनजीओ मार्फत कुम्ल्याइएको सम्पत्तिले मत्त भएर देश जनता आन्दोलन युद्धका सम्पदाहरुको अपमान गर्दै सम्झना सम्म नगर्नु ।
३)इमान्दारीता विस्वास अनुशासन उत्पादन स्वाभिमानी परोपकार स्वावलम्बी विगतको इतिहास आफनो समाज रीतिथीति संस्कृति लगायतका अत्यावश्यक विषय वस्तुहरु पूर्णतया बिर्सनु ।
यी र यस्तै कुकृत्य विकृति स्वार्थ बेइमानी जालझेललाई प्रामिकता दिदै जाँदा आज १९ वर्ष अगाडि जनताले गरेको बलिदानीबाट प्राप्त गणतन्त्र अवस्था एउटा साघुरो घेरा भित्र कैद बन्न पुग्यो । १९ वर्ष अगाडि देखि हाली मुहाली गर्दै आएका गणतन्त्र प्रजातन्त्रका हामी मात्र ठेकेदार मालिक हौं भन्नेहरुका राइदाइ चहल पहल र ऐतिहासिक विरासत सबै गुम्यो । त्यति मात्रले नपुगेर विगतमा राज्यको ढुकुटी आफनै पेवा सम्झेर गरेका बेफजुल हिसाबको एकएक व्याज स्याज असुल उपर त्यसमा पनि जेलनेल धरपकड असुरक्षित २४सै घण्टा त्रासको जीवन ज्युँन पनि अनेक बाहना बाजी गर्दै औषधी उपचारका बाहना विदेश पलायन मातृभूमिदेखि विमुख भै बाँच्नु पर्यो । त्यसकारण अन्तिम घडिमा विगतमा भए गरेका गल्ती कमी कमजोरी पश्चाताप गरेर कमलो सिमलको भूवासरीको बिछौना अग्ला गगन चुम्बी धरहरा जस्ता घरबास सबै बिना शान्ति भालुका कम्पाट जस्तै बने । अब चेतना होस आएर के अर्थ ?बलैमा होस गरौं लक्ष्मीप्रसाद देबकोटाको मुना मदन नामक कवितालाई अगींकृत गर्दै (सागँ र सिस्नु खाएको बेश आनन्दी मनले)मन बचन कर्मले आत्म साथ गरौं ।धन्यवाद ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित