क्रान्तिका लालबस्तीहरुमा पश्चाताप र पीडाका चाङ ?

नारायण प्रसाद भण्डारी
नेपालमा सदियौं वर्ष देखि जरा गाडेर बसेको जनता पीडक जन विरोधी कानुन एबं शासन निरङकुश एक दलीय तथा जहानीया सामन्ती शासनको विरुद्धमा नेपाली जनताले दर्जनौं पटक हजारौं हजार वीर योद्धाहरुले जीवन समाप्त पारे । हजारौं बेपत्ता घाइते अपागं भए ।त्यसको कुनै लेखा जोखा भएन । हुदाँ हुदाँ त कुनै कुनै राष्ट्रिय स्तरका कार्यक्रममा समेत सम्पूर्ण ज्ञात अज्ञात सहीद भन्ने शब्दले समेत स्थान नपाएका घटना छन ।सहीदहरु लाई पनि वर्गीकरण गरेको देख्न सुन्न पर्दा सहीद बेपत्ता योद्धाका परिवार जनलाइ कस्तो हुन्छ होला ? ती क्रान्तिका सम्पदा आधारभूत बस्ती र दुश्मन संग लडदा लडदै वीरता प्राप्त गर्ने महान योद्धाका रगतले भिजेर लतपतिएका भूमि र्अथात क्रान्तिका रात वस्तीले के भन्छ होला ? ती रगतले लतपतिएका रग्ताम्य भूमिहरुले देश र जनताको लागि जीवन आहुती गर्ने वीर योद्धाहरुलाई अवश्य पनि सोध्छ होला ? खै हाम्रा लाल सेना भन्छ होला ?खै हाम्रा देश जनताका इमान्दार रक्षक सीपाहीहरु ? सन्तान गुमाएका महान आमा बुवाको मनमा कस्तो पीडा हुन्छ होला ?के साच्चिकै र्बिसिएकै हो ?के को लागि ती महान भूमिहरु रगिंएका हुन ?जबाफ छ चप्पल पडकाउँदै शहर पस्ने एउटै ओछयान एउटै थाल एउटै ताउँलीमा खाएर एउटै ब्याटलमा हास्दै हास्दै दुश्मनका बिरुद्ध धावा बोल्नेहरु सबै अहिले सम्म समान स्तरमा छन ?तल बस्ने घरबार बिहिन क्रान्तिका लागि भए भरको पारिवारीक जीवन नै समाप्त पार्नेहरु संग सबैका दुःख सुख पीडा सगैं बाडौला सगैं जीवन बिताउँला भनेर खाएका कसमको याद आउछ ?के ती सगैं हिडने आफनै बर्गिय भनेर नाता गाँस्ने हरुको अबस्था कस्तो छ ?भनेर सम्झना आउँछ ?बिगतमा ढाँट छल कपट जाल झेल बेइमानी पूर्ण बदनीयतीहरु अवसरवादका भकारी हरु लुटेरा ठगहरुका मन भित्र त परै जावस जम्का भेट भै हाले पनि सडकबाट गरेका धनुषटकांरका सम्बोधन सम्म स्वीकार्य हुदैन भने कल्पना गरौ. ती र त्यस्ता वीर योद्धाका मनमा कति चोट पर्छ होला ?उनका पनि परिवार बाल बच्चा आफनै जीवन छ होला ?बाँच्नको लागि आधारभूत आबश्यक्ताको आबश्यक पर्छ होला ? देशमा गणतन्त्र दिवश लगायतका अन्य जनता संग सरोकार का नाटकीय तामधाम अब जनताका लागि सबै काग लाइ बेल पाके जस्तो विचार दृष्टिकोण सिकाउँने ती ढाँट हरु आफै कुइराको काग जस्ता बनेका कथा कहानी वास्तबमा जनताको लागि सबै हर्ष न बिस्मात बन्दै गयो ।ती लुटेरा ढाँट हरुकै कारण वास्तविक आधारभूत बस्तीमा बिगत देश र जनताको लागि रगतको खोलो बगाउँने ती वीर योद्धाका लाल बस्तीमा औसीको मध्य रात जस्तो अन्धकार भित्र कालो बादल मडारिएको छ ।अहिले ती बस्तीहरुको वास्तविक अवस्था कस्तो देखिन्छ ?जस्ताको तस्तै ।मैदान बाट के के देखिन्छ ?
विगत ३०,३५ बर्ष अगाडी त्यहाँका आधारभूत बस्तीमा बस्नेहरु नेपालको करिब ८० प्रतिसत भूभागमा राणा कालिनको अन्धकार देखि पन्चेहरुको एक दलीय सामन्ती शासन भित्रका जिम्माल मुख्य प्रधान घाटबुढा पटवारी तराइका जमीन्दारहरुको ज्यादती एबं तथा कथित बहुदलिय प्रजातान्त्रीक नामक बि पि को नाम बेचेर ब्रम्ह्लुट गर्ने तामसीहरुको कारण अशिक्षा अन्धविस्वास विकृित बिसंगति बिभिन्न खाले अपराध हत्या हिम्सा ठगी लुट सामन्तवादी संस्कार रीति रिवाज दमनसंग निरन्तर संर्घष गर्दै आएका गरिब निमुखा असाय निसायहरु न्यायको लागि छटपटाइ रहेको समयमा एउटा अनौठो आवाज कानमा गुन्जीयो देश स्वीजरल्याण्ड बन्ने जातिय भेदभावको अन्त्य हुने गरिबहरु जस सँग आफनो भन्ने केही नहुनेहरुको लागि भू स्वामित्व प्राप्त हुने रोग भोक अशिक्षा श्रम शोसण दमन कमैया हलि चरुवा लगाएतका समस्यामा पिल्सीएका हरुले मुक्ती पाउँने सबै एकनास को समाज बैज्ञानीक समाजवाद लागु हुने ।दलित महिला हिंसा को अन्त्य हुने ।काम गरि खाने मजदुर हरुलाइ ८घण्टा श्रम ८घण्टा आराम ८ घण्टा मनोरन्जन को व्यवस्था हुने रोजगारको लागि बिदेश पलाएन हुन नपर्ने ।अहिले क्रान्तिमा सहभागी हुने हरुको शैक्षिक योग्यता जति छ ।क्रान्ति सम्पन्न हुँदाको समय सम्म जति हुनु पर्ने हो त्यहि अनुसारको शैक्षिक योग्ताका प्रमाण पत्र स्वतह दिलाइने त्यति बेला पनि ग्रामिण जनता मालपोत देिखसरकारी राजस्व तिर्न शहर बजार जानु नपर्ने क्रान्तिको अन्तिममा सफल हुदाँ जनताले तिर्नु पर्ने करको हिसाब सबै मिनाह हुने ।समाजमा कुनै पनि धार्मिक कार्य पुराना आद्यात्मीक प्रकारका अन्त्य गर्दै प्रगतिशील भौतिकवादी ब्यबहारको अबलम्बन गरिने जस्ता थामी नसक्नु बुझी नसक्नुका सपनाले कुनै पनि उमेर समूहका मान्छे लाई अब यो भन्दा जीउँदो छदै को स्र्वग अनेत्र कहाँ खोज्ने ? भन्ने हुटहुटिले घरमा रहन बस्न दिएन ।त्यहाँका सबै खाले उमेर समूहका हरु पढदै गरेका झोला थन्किए ।जोत्दै गरेका किसानका हाल बल हलो जुवा थन्किए ।काम गरि खाने हरुका ज्यावल मा खियाँ लागे ।गाउँ घरका साँहु महाजनका तमसुकमा धमिराले गोलो लगाए बचेकुचेका हरुमा आगो लगाइए तर ती सामन्त हरुका मन मष्तिस्कबाट ऋणिहरुका नाम अन्त्य भएनन ।त्यतिबेलाका जनसरकारले गरेका मालपोत देखि सम्पूणर््ा सरकारी निकायका सम्बन्धित पक्षका कामहरु अझै बल्झिएर जनताको लागि पीडादायी एबं शास्ति बनेर बिजारोपण भए ।
आज त्यतिबेलाको क्रान्ति मात्र हुने खाने भ्रष्टाचारी ठग लुटेरा अबसरवादी बिगतका अपराधी भन्दा अझ अपराधी बिगतका सामन्त भन्दा अझ सामन्त लुटि खाने ठगिखाने हरुको मात्र हुदाँ जनताले अहिले के के भोग्दै छन ?
नत मरिजाने नत गरिखानेको नरकीय जीवन बिताउँन बाध्य छन ।बिगतमा क्रान्ति बिरोधीहरुले जसरी डर त्रास मा मौन भएर वास्तविक भन्दा अझ क्रान्तिकारी बनेर सवार्थ लुटेका थिए तिनी हरुबाट अपमानीत जीबन बिताउँन बाध्य छन ।गरिखानु ठाउँ छैन ।बिदेश जानु दलाल लाई खुसि पार्ने उपाय छैन जागिर खानु शैक्षिक योग्यता र उमेर केहि छैन ।ऋृण पैचो खोज्नु कसैले पताउँदैन कुनै पेशा ब्यबसाय गर्नु लगानी गर्ने बिकल्प छैन ।छोरा छोरी पढाउँनु बिद्यालयमा तिर्ने यती महगों फी को हैसियत छैन ।पुराना हला जुवा धमिराले माटो बनाए ।बिगतमा भएका पशु चौपाय हरु सबै मासिए ।आफनै घर गृहस्थमा बस्न खोज्दा आफनो भन्ने केहि छैन ।जता जाउँ राम्रो दृष्टिले हेर्ने कोही छैन ।सरकारी निकाय सगं रोइ धोइ गर्न जानु नत तिनी हरुलाई जिताइयो नत उनीहरु सगं दुख बिसाउँने ठाउँ राखियो ।नागों ढाक्ने कसरी ? अझ त्यसमा पनि बिरामी भै हाले सिटामोल किन्ने समेत को उपाए छैन ।बिगतका नेता खोजौ क्रान्तिको समयमा आफैले देखाएका सपना संग लडदा बनेका शहीद परिवार सगैं भाग खोस्न माथिकै शीर्षस्थ आउँछन ।बिगतका दुश्मन भन्नेसँग उनीहरुको मिठो सम्बन्ध छ ।जस्ले त्यो स्थानमा पुराउँन जीबन आहुति गरयो आज त्यहि बर्ग लाई दुश्मनको रुपमा हेरिन्छ ।त्यसै कारण आधारभूत क्रान्तिका लाल बस्तीहरुमा बिगतमा भए गरेका कृयाकलापको पश्चाताप र पिडा दायि जीबनका कथा कहानी को गहै भारी बोकेर बाँच्न बाध्य छन । क्रान्तिका लाल बस्तिका लाल योद्धाहरु ।
अन्तमा भन्नु पर्दा यस्ता कुरा सुन्ने लाई साधारण लाग्न सक्छ तर ती वीर एबं महान योद्धाहरुकै राता बस्तिहरुमै पुगेर भौतिक रुपमा देख्ने हरुलाई पनि साधारण लाग्न सक्ला तर वास्तविक त्यस्तो नरकिय जीवन बिताउँने लाई कस्तो होला ? आफैले भोगेर आएकाहरुले आज यो हरिबिजोग लथालिगं भताभुगं नत सपना जस्तो नत बिपना जस्तो कसरी दिमागलाइ स्थिर बनाएर मानव जीवनमा हुनु पर्ने कुनै पनि आधारभूत रहर इच्छा चाहना बिना हर पेट भए जसरी बाँच्नु पर्दा बिगतका गरिएका कृयाकलापले सेटब्याक खाए पछि अहिले पश्चाताप एबं पीडाका चाङै चाङको तिखारिएका काढाँ माथि बसे सरहको जीवन बिताउँन बाध्य छन ।हवस्त धन्यवाद ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित