भारत । अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष खिमानन्द न्यौपानेका ३० वर्षीय छोरा महेन्द्र न्यौपानेको २०२६ जुन २३ मा इलाहावादमा भएको दुःखद निधनमा अखिल भारत नेपाली एकता समाजले गहिरो दुःख प्रकट गर्दै शोक सन्तप्त परिवार जनमा समवेदना प्रकट गरेको छ । समाजका अध्यक्ष आनन्दबहादुर थापाले २३ जुनमा एक वक्तव्य जारी गर्दै दुःख प्रकट गर्नु भएको हो ।
वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –
अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष खिमानन्द न्यौपानेका ३० वर्षीय छोरा महेन्द्र न्यौपानेको २०२६ जु २३ मा भएको इलाहावादमा भएको दुःखद निधनको समाचारले मर्माहत तुल्याएको छ । वहाँ अखिल भारत नेपाली एकता समाजको सदस्य पनि हुनुहुन्थ्यो । वहाँको अल्पायु मै भएको निधन असामयिक निधनप्रति अखिल भारत नेपाली एकता समाज दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ ।
महेन्द्र न्यौपानेको निधनमा अखिल भारत नेपाली एकता समाजको गहिरो दुःख व्यक्त
Comments

