रामसिङ वि.क.
दलितका लागि दलित अभियान भनेर कहीले नेपाल र कहिले भारतका गल्ली गल्लीमा लोकप्रिय नरा दिँदै संसदमा छिरेका खगेन्द्र सुनार हिजो २०८३ असार २७ गते। मुगुका एक जना युवा गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागका अगाडि गरेको आत्मदाह प्रयासको घटनामा प्रत्यक्षदर्शीका अनुसार महानगर प्रहरीको चरम लापरबाही र संवेदनहीनता देखिएको छ। जसले गर्दा आफ्नै शरिर माथि आगो लगाएर आत्मा हत्या गर्न बाध्य बनायो। यो घटनाले आज सारा देश युवा, आम नेपाली र विध्यार्थी, पत्रकार मित्र आन्दोलनमा उतर्नु बाध्य बनाउन समेत साठीलाख दलित जातिको न्याय लागि म लड्छु भनेर खुट्टामा देखि टाउकोसम्म भारतको लोहा फिल्ममा विलेनलाई जंजिर बेरेझैं गरेर काठमाडौंको सडकमा हिडेका खगेन्द्र सुनार सरकारमा पुगेपछि चुपचाप बसेका छन्। मान्छेलाई चिन्न परेमा व्यावहारले चिन्नु पर्ने हुन्छ । त्यसकारण खगेन्द्र सुनार पनि हात्तीको खाने दाँत एउटा देखाउने दाँत अर्कै भनेझै हुन् । खगेन्द्र सुनार दलितको पक्षमा जुन कुरा गरिरहेका छन् उहाँ सरकारमा जानका लागि कुनै पार्टीले मलाई बोलाउने छन् । मेरो साथमा धेरै जनता छन् भन्ने कुरा राजनीति पार्टीले थाहा पाउन भन्ने हेतुले खगेन्द्र सुनार ल दलित जातिहरुलार्इ उपयोग गरेको हो ।
विगतमा जसरी राजा महाराजाहरुले दलित जातिहरुलार्इ छुवाछूत भेदभाव मेटाउने नाममा वर्षौ देखि शोषण गरे २०४६ सालको जनआन्दोलन पछि बहुदलीय व्यवस्था हुदै गणतन्त्र सम्म आउदा खेरि कहिले नेपाली काँग्रेसले प्रलोभन देखाए सत्तामा पुगे कहिले नामधारी कम्युनिस्टहरुले दलित जाति हरुलार्इ आफ्नो स्वार्थ पूरा गर्ने बन्दुक सम्म काँधमा बोकाएर सत्ता प्राप्त गरे । यसरी समग्रमा हेर्दा तुलनात्मक रुपले पञ्चायती व्यवस्था भन्दा बहुदलीय व्यवस्थामा केही सुधार भयो बहुदलीय व्यवस्था भन्दा गणतन्त्रमा कहिले परिवर्तन आएपनि दलित जातिको अवस्थामा सुधार आएको छैन जातीय भेदभाव कायमै छ ।
खासगरी यसैको फाइदा लिदै खगेन्द्र सुनारले दलित जाति हरुलार्र्इ प्रलोभन देखाएर आफू राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर अहिले दलित जातिको लागि चुईक पनि बोलेका छैन सबै दलित जाति हरुले खगेन्द्र सोनारलाइ बुझ्न पर्ने बेला आएको छ ।
गणेश नेपाली २५ वर्षे युवालाई अहिलेको सत्ताधारी सरकारले आफ्नै शरीर माथि आगो लगाएर आत्मा हत्या गर्न बाध्य पारियो यो सरकार नेपाली जनताको पक्षमा छैन खास गरि राष्ट्र स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभाको पहिलो संबोधन गर्दै गर्दा हात जोडेर दलित जातिसंग माफी मागेपनि दाईको लाहोर भैरहवा सम्म मात्र भन्ने नेपाली उखान जस्तै भयो । जसको ताजा उदाहरण गणेश नेपाली भार्इ आत्महत्या गर्न यो बालेन सरकारले गरेको छ। त्यसकारण यो फाँसीवादी सरकारको चौतर्फी विरोध गर्नु पर्दछ युवा विध्यार्थीहरु सडकमा उत्रिसकेका छन । त्यस कारण राष्ट्र विरोधी जनविरोधी दलित र सुकुम्बासी विरोधी नालायक सरकारको भन्डाफोर गर्नु अर्को विकल्प छैन ।

