काठमाडौं । प्रविधि मार्फत नवप्रवर्तन र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले अर्किड इन्टरनेशनल कलेजद्वारा आयोजित ‘Orchid Hackx 2026’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। ४८ घण्टे राष्ट्रिय ह्याकाथनको पहिलो दिन सहभागी टोलीहरूको दर्ता, अभिमुखीकरण तथा परियोजना विकास (Devenopment Phase) को औपचारिक सुरुवात गरिएको कलेजले जनाएको छ।
देशभरबाट छनोट भएका युवा विद्यार्थी तथा प्रविधिप्रेमीहरू पहिलो दिनदेखि नै नवीन सोचलाई व्यवहारमा उतार्ने तयारीमा जुटेका छन्। सहभागीहरूले एकअर्कासँग विचार आदान–प्रदान गर्दै साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (AI), मेसिन लर्निङ (ML), ओपन इनोभेसन तथा सूचना प्रविधिसँग सम्बन्धित विविध समस्याको समाधान विकास गर्न थालेका छन्।
आयोजकका अनुसार आगामी ४८ घण्टासम्म निरन्तर सञ्चालन हुने ह्याकाथनमा सहभागीहरूले वास्तविक समस्याको समाधान खोज्ने डिजिटल उत्पादन तथा प्रविधिमा आधारित नवीन परियोजनाहरू तयार पार्नेछन्। यस अवधिमा उद्योग, शैक्षिक संस्था तथा प्रविधि समुदायबीच सहकार्य, सिकाइ र अनुसन्धानलाई पनि प्राथमिकता दिइनेछ।
कलेजले पहिलो दिनको वातावरणलाई अत्यन्त ऊर्जाशील, सिर्जनात्मक र प्रतिस्पर्धात्मक रहेको जनाएको छ। सहभागीहरूको उत्साह र नवीन सोचले नेपालमा नवप्रवर्तनको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।
यसैबीच, अर्किड इन्टरनेशनल कलेजले सूचना प्रविधि तथा व्यवस्थापनका विभिन्न शैक्षिक कार्यक्रमहरूमा समेत भर्ना खुला रहेको जनाएको छ। कलेजमा B.Tech in ArteEchchure,(AI), BIT, BSC,CSIT , BBA, BITM, BBM, BBA,MBA, BSWतथा BA IN psycchology कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
कलेजले कृत्रिम बुद्धिमत्ता (AI), डिप लर्निङ, डाटा साइन्स, कम्प्युटर भिजन, साइबर सुरक्षा, सफ्टवेयर इन्जिनियरिङ, इन्टरनेट अफ थिङ्स (IOT), रोबोटिक्स लगायतका अत्याधुनिक प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आधुनिक शिक्षण प्रणाली अवलम्बन गर्दै आएको जनाएको छ।
गौशाला, काठमाडौंस्थित कलेजले इच्छुक विद्यार्थीहरूलाई सम्बन्धित शैक्षिक कार्यक्रमहरूमा समयमै आवेदन दिन आग्रह गरेको छ। ज्बअपह् द्दण्द्दट मार्फत नेपाली युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रविधिगत चुनौतीहरूको समाधान विकास गर्न प्रेरित गर्दै नवप्रवर्तनमुखी समाज निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

