साम्राज्यवादको रबैयाले निम्ताउँदै छ विद्रोहको सुनामी

 

–नारायण प्रसाद भण्डारी

अहिलेको परिवेशलाई राम्रो सँग नियाल्दै जाँदा विश्व दृश्य परिदृश्य र मध्य पूर्बमा बदलिएको घटना ्रक्रमले डोनाल ट्रम नयाँ एबं खतरनाक हिटलर बन्ने सपना देखे पछि सपना पुरा गर्न आफु सत्तामा आएदेखि साम्राज्यवादका नयाँ हर्कत जसरी देखाउँदै गए ।सबैलाइ त्रसित र सर्तक बनायो । त्यति मात्र नभै उनले गर्न खोजेको लक्ष्यको वास्तविक रहस्य पनि छर्लगं हँुदै गयो कि उनको अन्तिम इच्छा चाहना भनेकै समाजवाद र समाजवादी चिन्तकहरुको अन्त्य थियो तर सोचे जस्तै ताके जस्तै हुन सकेन ।जति षडयन्त्रका तानाबाना रचिए जाल माहाजाल बुनिए त्यसको बिकल्पमा समाजवादी पक्षधरले पनि जाल काटदै षडन्त्रलाइ उदागों पार्दै असफल बनाउँन धेरै ठूला कसरतहरु नगरेका होइनन ।

 

साम्राज्यवादले युक्रेनलाई रुस संगं लडाइ रह्यो युक्रेनले नचाहँदा नचाहँदै पनि निरन्तर लडन बाध्य बनायो ।ठूलो क्षती भयो ।त्यसको असर वरपरका देशहरुमा प्रशस्तै परयो ।यहि बिचमा बगांला देश माथि जेनजीको नाममा देशै खरानी बनाउँने षडन्त्र हसिना लाइ देशै छोडनु पर्ने बाध्यताका तानाबाना रचियो ।यि सबै हर्कत भौगालिक हस्तक्षेप को बिरुद्धमा राष्ट्रवादी कदम चाल्न खोज्दा हसिनाको अबस्था र देशको अबस्था नै जोखिमपूर्ण बन्न पुग्यो त्यसपछि लगत्तै जेनजीकै नाममा नेपालको ऐतिहासिक सम्पदा देशको राजनैतिक उथल पुथल हुनमा सबै खाले नवउदारवाद साम्राज्यवाद दलाल पुँजीवाद दलाल संसदवादको परिणाम र बिचौलिया भारत अमेरिका परस्त दलाइलामा देसी बिदेसी दलाल एनजीओ आइएनजीओ राष्ट्रघाती अपराध सत्ताको बाघडोर बिभिन्न इशारामा नचाउँन खोज्ने भूमिगत शैलीका राज्यको मेरुदणडको रुपमा सन्चालित संघ सस्थाहरु लगाएत सबै मिलेर देशलाइ ४०,५० बर्ष पछाडि धकेल्ने काम भयो अमेरिका राष्टपति डोनाल्ले गरेको अर्को अपराध भेनेजुएलाका राष्ट्रपतिको दम्पती माथि गरिएको अपहरणको ज्यादति एबं इरानका बरिष्ठ नेता मुस्लिम धर्मालम्बि हरुका अभिभाबक खामिनीको बर्बर एबं अपराधिक हत्या लगाएतका कुकृत्य मुलक अपराध हरुनै साम्राज्यवादको नाइके डोनालट्रमका सिलसिलेवार अपराध हरु हुन ।यी घटना क्रमले देखाएका संकेत हरु ले कता र्निदेश गरिरहेको देखिन्छ भन्दा ।

 

अब छिटै छिटपुट बिद्रोहहरु एकमुष्ट बन्दै तेस्रो विश्वयुद्ध भयानक विश्वलाइ नै डगमगाउँने प्रकारको नयाँ खाले विद्रोह तिर संकेत गरिरहेको अनुभूति हुन्छ ।अब त्यस्तो खाले अबस्था किन हुन सक्छ ? भन्दा ट्रमले साना देश हरुलाइ बिरालो ले मुसो खेलाए जसरी खेलाउँने आफनो अनुकुलको शक्ति सन्तुलन गर्ने षडन्यत्रकारी कुटनीति पासोमा बल्झाउँने अबसर पाउना बित्तिकै ती देशहरु माथि हमला गर्ने सताउँने हत्या हिम्सा मच्चाउँने जसरी भए पनि आफनो काबुमा ल्याएर साम्राज्य बिस्तार गर्ने त्यसको नेतृत्व सकभर समाप्तै पार्ने नभए हरेक बाहनामा जेलमा सडाउँने योजनामै लागे जस्को एउटा उदाहरण को लागि अमेरिका र इरान बिचको युद्धकै बिचमा छोटो युद्ध बिरामको नाटक रचेर ट्रम चीन भ्रमण जानु भनेको दिनमै सूर्य अस्ताउँनु चन्द्रमा उदाएर दिनमै रात पार्नु जस्तै हो ।

 

कहिल्यै पनि समाजवादी बिचार एबं देशहरु प्रति नकारात्मै नकारात्मकले भरिएको दिमाग बोकेर षडयन्त्रका तानाबाना बुन्ने सामन्तवादको भारी ले थिचिएको नक्कली अनुहार लिएर चीनीया राष्ट्रपति संग हात मिलाउँन जानु नै नाटक थियो ।कहि कतै बाट भ्रममा पारेर इरान लाइ जालमा पार्न पाइन्छ की ?भन्ने उनको दाउँ थियो ।उनको अर्को षडयन्त्र भनेको भारतलाइ तर्साउँने नेपाललाइ बल्झाउँने र रुसलाइ समेत बन्धनको घेराबारमा पार्ने समेत योजाना बोकेर चीन छिरेका ट्रमको चालबाजी हरु माक्र्सवादी दर्शन अध्यन गरेका हरुले सजिलै बुझन सक्थे र बुझे पनि ।सायद चीन भ्रमणको उद्धेश्य रसियाले पनि राम्र संग बुझेको थियो ।त्यसैले पनि ट्रम ले सेटब्याक खायो ।इरान संगको अबसरवादी बार्ता पनि असफल भयो ।त्यसपछि ट्रमले पुच्छर सेप्न बाध्य भयो र बाघले अन्तिम जगंल छोडनु पर्दाको अन्मि समय बलेको बत्तिमा तेल बाती समाप्त हुदाँका बखत अन्तिममा झवाल्ल गरे जस्तै ट्रमको अब अन्तिम दिन गन्ति शुरु भएको छ ।

 

ट्रमको कर्तुक ब्यबहार सगं मध्य पूर्बका देश मात्र होइन ।विश्वका अधिकाश देशहरुले हतियार उठाउँन बाध्य हुने छन ।त्यहि अबस्था नै साम्राज्यवाद बिरुद्धको वारपारको नयाँ प्रकारको बिद्रोह हुने छ ।त्यो अबस्था भनेकै तेस्रो विश्व युद्धको रुप हुने छ ।हाल सम्मको निचोडलाइ बिश्लेषण गर्दा शासकको असफल्ता त्यति बेला देखि शुरु हुन्छ जति बेला शासकले गरि खाने बर्ग सहारा बिहिन गरिब एबं सर्बहारा बर्ग माथि सामन्तवादी तरिकाले दबाब मूलक अपमान मूलक नागरिकको बाँच्न पाउँने स्वतन्त्रता माथिको अधिकार कुन्ठित पार्ने हर्कत गर्न थाल्छ ।त्यति बेलाबाटै शासक भनाउँदा हरुको पतनका दिन शुरु हुन्छन ।बिद्रोहको जन्म बिजारोपण हुन्छ ।त्यो बिजले नै साम्राज्यवाद दलाल पुँजीवाद तानाशाह हरु लाइ खरानी पार्छ ।यो माक्र्सवादी द्धन्दात्मक भौतिकवादको बिज्ञान सम्मत प्रमाणीत शिद्ध भएको पक्ष हो ।

विश्वका धेरै उदाहरण देख्न सुन्न अध्यन गर्न पाइन्छ ।संसारमा माक्र्सवादको जन्म हुने कुरा कुनै खेलवाड थिएन ।तत्थ्य सत्य प्रयोगात्मक बैज्ञानीक एबं बिज्ञानले प्रमाणीत गरि देखायो ।अमेरिकाको सिकागो भन्ने शहरमा भएको मजदुर मालिक बिचको भयानक संर्घष,रुसमा लेनीनको नेतृत्वमा गरिएको सफल बिद्रोह चीनमा माओको नेतृत्वमा भएको दिर्घकालीन जनयुद्ध नेपालको पनि नेतृत्व द्धारा धोका बेइमानी अबसरवादी बिचारमा स्खलन आएता पनि १० दश बर्षे महान जनयुद्ध हद सम्म सफल भएको हो ।यिनी सबै गरिखाने बर्ग किसान मजदुर सर्बहारा बर्गले गरेका सफल ऐतिहासिक बलिदानी हरु हुन ।बिचार सगंको हतियार धेरै ओजीलो र बलियो हुन्छ सायद हारेको इतिहास कमै देखिन्छ ।

अन्तमा अहिले मध्य पूर्बमा इरान अमेरिका बिचको बार्ता भगं हुनु नेपालमा पनि जेनजी बिद्रोह को बलमाबनेको सरकारको रबैया करिब साम्राज्यवादको नाइके ट्रमको शासन संग मिल्दो जुल्दो नयाँ हिटलरी शासकको रुपमा देखिनु विश्वका कैैयौ दलाल पँुजीवादीहरुले प्रयोग गर्न खोजेको नवउदारवादी को दमन चक्र राणा पन्चे शैलीको एकदलिए निरङकुश क्रुर शासन लदाउँन खोजीनुले सायद नेपाली राजनीतिमा पनि फेरि एक पटक जनता एकजुट हुने बाताबरण बनाइदै छ ।जस्का धेरै उदाहरण देखिए जस्तै –
१) सुकुम्बासी माथिको ज्यादतीको कारण केही नागरिकको अनाहकमा ज्यान गुमेको छ ।
२)गरिब दुखी असहाय निसहायको पक्षमा न्याय सधै बिपक्ष भै दिन्छ ।
३)पुलिस प्रशासनको ब्यबहार जनमुखि जनहित नभै नागरिक हकहित बिपरित स्वतन्त्रता माथिको हस्तक्षेप दमनकारी गतिबिधि देखिन्छन साधारण गरिबका सानातिना पेशा ब्यबसाय माथिको बर्बरता ।कहिले डोकाका बस्तु हुर्राइ दिने कहिले अटो भिरबाट छर्राइदिने ।चलि रहेका यात्रु बाहक सानातिना साधन माथि ज्यादती गर्ने ।
४) देशको प्रधानमन्त्रि लगायतका मन्त्रिहरुका खोक्रा कोरा आस्वासन डोजर आतकंबाट सहारा बिहिन बनेका माथि गास बासको ब्यबस्थापन नगरेर भोक भोकै त्यसै माथि दमन लाठी चार्ज जस्ता हर्कत गरिनु ।संसदको रोस्टममा उभिएर हाल सम्मका प्रधानमन्त्रिले नबोलेका कुरा भारतको भूभाग नेपालले मिचेको छ भन्नु । एकै चोटि ५० ,६० हजारको सख्यामा कर्मचारी हटाउँन खोज्नु । प्रतिपक्षलाइ पेलेर अगाडि बढन खोज्नु ।संघ संगठन युनियन हकहित अन्याय बिरुद्ध एक हुने र सगंठित हुने संबैधानीक अधिकार बाट बन्चित गराउँन खोज्नु ।महगीं ले सिमा नाघनु अत्याबश्यक दैेनिक उपभोग्य बस्तुको बजारमा कालाबजारी हुनु र नियन्त्रण गर्न नसक्नु शुसिला कार्कीले राज्यलाइ पर्न जाने बिभिन्न प्रकारका ब्ययभार सम्बन्धि हटाइएका सेवा सुबिधा लगाएत र संसद स्वकीय सचिब राख्ने प्रावधान लाइ पून ब्यँुताएर राज्यमाथि पर्ने बेफजुलका खर्च सक्रिय बनाउनु ।सरकार द्धारा सए दिनमा गरिने छ भन्ने प्रतिबद्धताका काम अधुरा रहनु ।बैकमा पैसा राख्ने हरुलाइ उचित ब्याज दर दिनुको साटो नागरिकले दुखजिलो गरेर संकलन गरेको ब्याज माथि कर लगाउँनु ।आन्दोलन युद्ध संघर्षमा ज्यान गुमाउँने सहीद एब सहीद परिवार घाइते अपागं बेपत्ता को खोजी कार्य उनीहरुलाइ राज्य द्धारा दिइनु पर्ने सेबा सुबिधाको साटो बिभेद र अपमान गर्नु । देशमा आत्मदाहका घटना तिब्र रुपमा बढदै जानु लगाएतका दर्जनौ बिषयहरु नागरिक को हक अधिकार बिपरित हुँदै जानुले पनि जनताका आवाज बिरोधका अशं अशं टुक्रा टुक्रामा देशै भरिबाट उठेका छन ।यस्तै क्रीयाकलाप बढदै गएमा वा साम्राज्यवादी हर्कतका रबैयाहरु एथाबत रहेमा छिटपुटका बिरोध हरु बिद्रोहमा र ती बिद्रोहका रुप तेस्रो बिश्वयुद्धमा परिणत हुदै जाने छन । त्यतिबेला साम्राज्यवादको नाम निसाना नरहने गरिको शक्तिशाली सुनामी आउँने निश्चित छ । धन्यवाद ।

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित