कपिलवस्तुमा भेटिए पुरातात्विक महत्वका तामाका सिक्का

काठमाडौं। कपिलवस्तुमा पुरातात्विक महत्वका तामाका सिक्का भेटिएका छन्। कपिलवस्तु नगरपालिका–५ बभनीस्थित आली खन्दा प्राचीन तामाका मुद्रा (सिक्का)सहित तामाको करुवा फेला परेको हो ।  तामाका सिक्कासहितको करुवा अलाउद्दिनको शासनकालका भएको अनुसन्धानकर्ताले अनुमान गरेका छन्।

कपिलवस्तुमा आली खन्दा २३ सयभन्दा बढी अरबी र फारसी लिपिमा लेखिएका तामाका सिक्का सहितको करुवा फेला परेको छ।सिक्का अलाउद्दिन राजाका पालाको १२र१३ औं शताब्दीको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
फेला परेका सिक्का र करुवा कपिलवस्तु संग्रहालयमा सुरक्षित राखिएको छ र थप अध्ययन अनुसन्धान भइरहेको छ।
करुवाभित्र २ हजार ३ सय १४ थान तामाका सिक्का भेटिएका छन् । सबै मुद्राको तौल ७ किलो ३४ ग्राम रहेको छ ।

 

पुरातात्विक बस्तु घरमा राख्न हुँदैन्, सरकारलाई नदिए कारवाही हुन्छ भन्ने हल्ला फैलिएपछि कोरीले गाउँकै पोखरी डिलमा लगेर राखेका थिए । पोखरी किनारमा करुवा रहेको सूचना पाएपछि उक्त वडाका अध्यक्ष दिरेपकुमार चौधरीले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डि.एसं.पि.रिपेन्द्र कुमार सिंहले हाँकलाई भने , “श्रावण ४ गते ती सिक्का सहितको करुवा भेटिएको थियो । हामीले संग्रहालयलाई बुझाएकाछौं । बाँकी कार्य संग्रहालयले गर्छ । ”

साउन ४ मा प्रहरी पुगेर मुद्रासहितको करुवा जिल्ला प्रहरी कार्यालय लगिएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित