क्रान्तिकारी महिला संगठन नेपालको गुलरिया नगर भेला सम्पन्न

गुलरिया । क्रान्तिकारी महिला संगठन नेपालको गुलरिया नगर भेला सम्पन्न भएको छ । बाँके जिल्लाको गुलरियामा २०८३ असोज २ गते सम्पन्न नगर भेलाले तारा थापाको नेतृत्वमा ९ सदस्य कमिटी गठन गरेको छ । भेलामा प्रमुख अतिथि क्रान्तिकारी महिला संगठन नेपालकी बाँके जिल्ला संयोजक छाँया श्रेष्ठ हुनुहुन्थ्यो भने अतिथिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बिपीन क्षेत्री, जिल्ला बाँकेपार्टी सचिव बिनय राना , थारू मुक्तिमोर्चा का ब्युरो संयोजक विशालको उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता तारा थापाले गर्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित